देश

संगठनको निर्णयबिरुद्ध जाने ५ जनालाई अखिल क्रान्तिकारीले गर्यो साधारण सदस्यसमेत नरहने गरि कारवाही

पोखरा, चैत ५ नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले संगठनको निर्णयबिरुद्ध जाने ५ जनालाई कारवाही गरेको छ । अखिल क्रान्तिकारी गण्डकी प्रदेशले स्ववियु निर्वाचनमा संगठनको निर्णबिरुद्ध गएर फरक संगठनसँग गठबन्धन गर्ने मनिष बराल, सन्देश पौडेल, सन्तोष दाहाल, किरण खड्का र सुदर्शन पराजुलीलाई कारवाही गरेको हो । उनीहरु सबैलाई साधारण सदस्यसमेत नरहने गरि कारवाही गरिएको अखिल क्रान्तिकारी गण्डकी प्रदेश अध्यक्ष त्रिदेव गुरुङ र प्रमुख सचिव सुजन बास्तोलाद्वारा मंगलबार साँझ जारी विज्ञप्तीमा जनाइएको छ । साधारण सदस्यसमेत नरहनेगरी कारवाहीमा परेका मनिष बराल अखिल… पुरा पढौ

पोखरामा घरको कम्पाउन्ड भित्र भेटिएकाे बाघकाे सकुशल उद्दार

पोखरा, ५ चैत्र । पोखरा महानगरपालिका वडा नं. ७ मा आज दिउँसो एक घरमा बाघ भेटिएको छ । स्थानिय शोभाचन्द्र बरालको घरको कम्पाउन्ड भित्र बाघ भेटिएको हो । मंगलबार दिउँसो करिब ३ बजे बाघ देखिएपछि स्थानीयले डिभिजन वन कार्यालय ै फाेन गरेर जानकारी गराएका थिए। सूचना प्राप्त भएपछि डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत हरिप्रसाद गौतमको नेतृत्वमा गएको टोलीले तत्कालै उद्धार प्रक्रिया अघि बढाएको थियो। टोलीले बाघलाई सुरक्षित रूपमा नियन्त्रणमा लिँदै पचभैया वन्यजन्तु उद्धार केन्द्रमा स्थानान्तरण गरेको छ। दिन दहाडै… पुरा पढौ

पोखरा–छेन्दु ऐतिहासिक व्यवसायिक चार्टर्ड उडान शुरु

पोखरा, चैत ५ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक पोखरा–छेन्दु चार्टर्ड उडान भएको छ । पोखरा पर्यटन परिषदको पहलमा आज पहिलो पटक पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यवसायिक उडान भएको हो । सिचुवान एयरलाईन्सको विमानमा आज १२६ जना पोखरेली छेन्दू गएका छन् । दिउँसो १२ः४५ बजेको उडानमा उनीहरु त्यसतर्फ प्रस्थान गरेका थिए । यसअघि सो जहाज १२७ जना चिनिया पर्यटक बोकेर दिउँसो ११ः४५ बजे पोखरा विमानस्थलमा अवतरण भएको थियो । सोहि विमानले पोखरेली पर्यटक बोकेर छेन्दू उडेको हो । पोखराबाट पहिलो… पुरा पढौ

नेप्से परिसूचकमा निरन्तर गिरावट

यो साताको कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । अघिल्लो साता पनि लगातार घटेर नेप्से परिसूचक अन्तिम कारोबार दिन केही अङ्कले बढेको थियो । तर यो साता कारोबारका सबै दिन पुनः परिसूचक ओरालो लागेको छ । आज नेप्से परिसूचक सात दशमलव ६६ अङ्कले घटेर दुई हजार छ सय ९७ दशमलव ०४ को बिन्दुमा कायम भएको छ । आज तीन सय १३ कम्पनीको ८२ लाख ३७ हजार नौ सय दुई कित्ता शेयर ५० हजार… पुरा पढौ

पि.एन. क्याम्पसमा आज मतदान नहुने, भोलि विहान ८ बजेदेखि मतदानको समय तोकियो

पोखरा, चैत ५ देशकै सबैभन्दा धेरै विद्यार्थी रहेको पृथ्वीनारायण क्याम्पस पोखरामा आज मतदान नहुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव अन्तर्गत मंगलबार मतदानको समय तोकिएपनि मतपत्रमा देखिएको त्रुटीका कारण स्थगित भएको छ । स्थगित मतदान भोलि बुधबार विहान ८ बजेदेखि शुरु हुने पिएन क्याम्पसका निर्वाचन अधिकृत प्रा.डा.रामचन्द्र पोखरेलले जनाएका हुन् । मतपत्रमा अखिल छैठौंको रेजा लगाउने बक्स छुटेपछि मंगलबारका लागि तय भएको मतदान स्थगित भएको सूचनामा उल्लेख छ । मतपत्र छाप्न ढिलाईहुँदा मतदानमा ढिलाई भएका कारण मतदानको समय… पुरा पढौ

नेविसंघको अवरोधका बाबजुद डब्लुआरसीमा मतदान जारी

पोखरा, चैत ५ नेपाल विद्यार्थी संघ संस्थापन ईतर पक्षको अवरोधको बाबजुद इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन जारी छ । सचिव पदमा उम्मेद्वारी दिन पाउनुपर्ने भन्दै अनसनसहित गेटमा तालाबन्दी गरेर नेविसंघले पु¥याईरहेको अवरोधका बाबजुद मतदान जारी राखिएको हो । मूल गेटमा ताला लगाएपनि क्याम्पसको तल्लो गेटबाट विद्यार्थीलाई प्रवेश गराएर मतदान भइरहेको छ । क्याम्पस भित्र छात्रावासमा बसेका विद्यार्थीहरुले विहानैदेखि मतदान गरेपनि गेट बाहिर रहेकाले दिउँसो २ बजेपछि मात्रै मतदान गर्न पाएका हुन् । यसअघि नेविसंघको… पुरा पढौ

सुनको मुल्य हालसम्मकै उच्च , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

आज सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको भाउ एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले बढेको हो । हिजो सुनको भाउ एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि चैत्र एक गते शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँ पुगेको थियो । यस्तै आज… पुरा पढौ

तनहुँमा च्याउ खाएर बिरामी भएकामध्ये एक जनाको ज्यान गयो

तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेकामध्ये एक जनाको उपचारका क्रममा ज्यान गएको छ । म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शुक्रवार बेलुका च्याउ खाँदा १० जना बिरामी परेका थिए । नारायणको पोखरामा उपचारका क्रममा हिजो ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । बिरामी परेका नौ जनाको अवस्था भने खतरामुक्त छ । सर्वलाङ बस्ने ३० वर्षीय नारायणको बारीमा उम्रिएको च्याउ शान्तिटोल मामाघरमा लगेको… पुरा पढौ

समाचार प्रभाव : माछापुच्छ्रेमा रोकियो अवैध क्रसर चलाउने धन्दा

पोखरा, चैत ४ माछापुच्छ्रेमा गाउँपालिकाका अवैध क्रसर उद्योग सञ्चालनमा रोक लागेको छ । एभरेस्ट आवाज डटकम र एभरेस्ट एफएममा निरन्तर फलोअप समाचार लेखेपछि माछापुच्छ्रेमा गाउँपालिकाले अवैध रुपमा सञ्चालित गण्डकी एग्रोगेट, फेउसरका बराह क्रसर उद्योग, जेके क्रसर उद्योग र सेती गण्डकी क्रसर उद्योगलाई बन्द गराएको हो । अवैध रुपमा सञ्चालित यी क्रसर उद्योगहरुले गाउँपालिकालाई करीब ५० करोड रुपैयाँ राजश्व तिर्न बाँकी छ । तर बारम्बार ताकेता गर्दापनि कर नतिरेपछि गाउँपालिकाले ती क्रसर उद्योगहरु तथा त्यहाँबाट दहत्तरबहत्तर (ढुंगा, गिट्टी, बालुवा) बन्द गर्न… पुरा पढौ

स्ववियु निर्वाचन: नेतृत्व स्थापित गर्ने थलो

विद्यार्थीलाई नेतृत्व निर्माण गर्ने थलोको रुपमा चिनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन देशभरिका अधिकांश क्याम्पसमा हुँदै छ । त्रिविले प्रत्येक दुई-दुई वर्षमा गर्ने स्ववियु निर्वाचन मङ्गलबार हुँदै छ । निर्वाचनका लागि विभिन्न राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन सहभागी हुँदैछन् । निर्वाचनका माध्यमबाट विद्यार्थीले वैचारिक नेतृत्व चयन गर्नेछन् । निर्वाचनमा अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिँदै छन् । स्ववियु निर्वाचनको तयारी पूरा भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य… पुरा पढौ