देश

आज सुनको मूल्य रु नौ सय र चाँदीको मूल्य रु १० ले वृद्धि

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । आज प्रतितोला सुनको मूल्य रु नौ सय र चाँदीको मूल्य रु १० ले बढेको हो । मङ्गलबार प्रतितोला रु एक लाख ६९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रु एक लाख ७० हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदी प्रतितोला रु एक हजार नौ सय ५० मा किनबेच हुँदैछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय… पुरा पढौ

पोखरा महानगर दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगितामा कास्की क्रिकेट क्लवको बिजयी शुरुवात

एकजना पुरुष माईक लिएर बोलिरहेका छन् । उनको पछाडि क्रिकेटका पदाधिकारी तथा खेलाडीहरु छन् ।
पोखरा, फागुन २० पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ मा कास्की क्रिकेट क्लवले बिजयी शुरुवात गरेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा आजदेखि लेखानाथस्थित ईडेन हेभेन क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा अरण्यज्योति क्रिकेट क्लवलाई ७४ रनले पराजित गर्दै कास्की क्रिकेट क्लवले बिजयी शुरुवात गरेको हो । टस जितेर पहिले व्याटिङमा उत्रिएको कास्की क्रिकेट क्लवले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो… पुरा पढौ

श्रमिकलाई न्यूनतमभन्दा कम पारिश्रमिक दिइए दण्डनीय हुनेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका छन्। नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)द्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नर्सले पनि न्यूनतम पारिश्रमिक पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन नपाईने बताए । श्रमिकको मन प्रशन्न नभइकन उद्योग–व्यवसायका काम सहजरूपमा अघि बढ्न नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले श्रमिक रोजगारदातामा रुपान्तरण हुनसक्ने… पुरा पढौ

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला रू एक हजार चार सय र चाँदी प्रतितोला रू २५ बढेको हो । सोमबार प्रतितोला रू एक लाख ६८ हजार एक सयमा कारोबार भएको सुन आज बढेर प्रतितोला रू एक लाख ६९ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी आज चाँदी प्रतितोला रू एक हजार नौ सय ४० मा किनबेच हुने महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ९२… पुरा पढौ

‘केआइआइटी विश्वविद्यालयमा रहस्मय मृत्यु भएकी प्रकृतिलाई न्याय दिलाउँछौँ’

फागुन १९ काठमाण्डौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउने विश्वास दिलाएकी छन् । प्रकृतिको मृत्युपछि शोकमा रहेका उनका बुबाआमा र आफन्तजनलाई आज भैरहवामा भेटेर समवेदना प्रकट गर्दै मन्त्री डा देउवा र गृहमन्त्री रमेश लेखकले यस्तो बताएका हुन् । मन्त्री डा देउवाले मृत्युको प्रकृतिका बुबाआमा र आफन्तजनलाई सत्यतथ्य पत्ता लगाई दोषीमाथि कानुनबमोजिम कडा कारबाहीका लागि आफूले सुरुदेखि नै कूटनीतिक पहल जारी राखेको बताइन् । उनले प्रकृतिको मृत्यु र… पुरा पढौ

नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजका मेरुदण्ड हुन् : राष्ट्रपति पौडेल

फागुन १९ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताएका छन् । ‘सर्वोदय सेवाश्रम’द्वारा स्थापित ‘नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार’ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुणहरू अनिवार्य भएको बताए । उनले भने, “जब कुनै समाजले नैतिकता, अनुशासन र इमानदारीलाई सम्मान गर्छ, त्यहाँ शान्ति, सहअस्तित्व र सकारात्मक परिवर्तनको जग मजबुत हुन्छ ।” राष्ट्रपति पौडेलले प्रकृति र मानवबीचको गहिरो सम्बन्धलाई आत्मसात् गर्दै,… पुरा पढौ

केपी ओली कप फुटबलमा मछिन्द्रको ह्याट्रिक

फागुन १९ काठमाण्डौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्र फुटबल क्लबले तेस्रो केपी ओली कप पुरुष फुटबल च्याम्पियनसिपमा ह्याट्रिक गरेको छ । आज भएको फाइनल खेलमा मछिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । त्रिपुुरेश्वरस्थित दशरथ रङ्गशालमा सम्पन्न फाइनल खेलको पहिलो हाफमा १–० गोलको अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा थप अर्को गोल गर्दै आर्मीलाई २–० गोलअन्तरले हराउन सफल भयो । जितसँगै मछिन्द्रले रु १५ लाख ११ हजार एक सय ११ तथा उपविजेता आर्मीले रु… पुरा पढौ

लिट्रेचर फेष्टिभल : साहित्यिक कम गैरसाहित्यिक बढी

पोखरा, फागुन १९ पोखरामा हालै सम्पन्न नेपाल साहित्य महोत्सव (लिटरेचर फेस्टिभल)को चर्चा परिचर्चा सर्वत्र छ । फेवाताल किनार वाराहीघाटमा चारदिनसम्म आयोजित महोत्सवमा विभिन्न शीर्षकमा गर्मागर्मी बहस भए । बहसमा आर्थिक, सामाजिक, राजनीतिकसँगै साहित्यिक विषयवस्तु समेटिए । तर साहित्य महोत्सवमा साहित्य कम राजनीतिक, आर्थिक बहस बढी भएको चर्चा चुलिएको छ । जसले गर्दा साहित्य महोत्सव माथि नै प्रश्न उठेका छन् । खास गरेर साहित्य महोत्सव साहित्यिक बहसमा केन्द्रीत हुनुपथ्र्यो, महोत्सवको उद्देश्य नै त्यहि नै बताईएको थियो । तर आयोजकको कमजोरी हो… पुरा पढौ

पर्वतको जलजलामा दश श्ययाको अस्पताल निर्माण

पर्वतको जलजला गाउँपालिका–३ मल्लाज माझफाँटको भुरतुलामा १० श्ययाको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । ‘एक पालिका, एक अस्पताल’ कार्यक्रमअन्तर्गत जलजला गाउँपालिकाले मल्लाज स्वास्थ्य चौकी परिसरमा तीन वटा पक्की भवन निर्माण गरेको हो । भवनको ९५ प्रतिशत निर्माण कार्य पूरा भएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए । भवनको लागत मूल्यअभिवृद्धि करसहित रु नौ करोड ७३ लाख ६४ हजार ८१३ छ । पालिकालाई भवन हस्तान्तरण भएपछि सङ्घीय सरकारको सहयोगमा उपकरण र जनशक्ति व्यवस्थापन गरी अस्पताल सञ्चालन गर्ने योजना उपाध्यक्ष… पुरा पढौ

प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएका तीन विधयेकमा राष्ट्रियसभाको सहमति

फागुन १८ काठमाण्डौं । प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ । सभाको आजको बैठकमा यसअघि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेका थिए । यसैगरी, प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘विद्युतीय व्यापार विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि सहमति गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ । यसअघि उद्योग,… पुरा पढौ