देश

आज ११५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइँदै

‘सबै महिला तथा बालिकाको लागि ः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइदैछ । सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ । विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनले पनि अन्तरराष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन् ।विश्वभरी विभिन्न… पुरा पढौ

संविधान कार्यान्वयन र आवश्यकताअनुसार संशोधन सरकारको कर्तव्य होः प्रधानमन्त्री

फागुन २३ सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यकतानुसार परिमार्जन गर्दै जाने सरकारको सोच रहेको स्पष्ट पारेका छन् । कर्णाली प्रदेशसभाको बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदान र सङ्घर्षको आधारमा निर्मित नेपालको संविधानले सबैलाई समान अधिकारका साथै सबैको प्रतिस्पर्धा र क्षमता प्रदर्शनको अवसर प्रदान गरेकाले यसको रक्षा, कार्यान्वयन तथा देश र जनताको हितमा आवश्यक संशोधन सरकारको कर्तव्य भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठनपूर्व नेकपा… पुरा पढौ

आगामी आवको बजेटबारे दुई मन्त्रालयसँग छलफल

फागुन २३ काठमाण्डौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छुट्टा–छुट्टै छलफल गरेको छ । छलफलका क्रममा अर्थ मन्त्रालयले आगामी वर्षको बजेटका लागि निरन्तरता दिनुपर्ने कार्यक्रम, परिमार्जित गर्नुपर्ने कार्यक्रम, स्थगित गर्नुपर्ने कार्यक्रम, हटाउनुपर्ने कार्यक्रम र नयाँ कार्यक्रमबारे तयारी गरी अघि बढ्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको छलफलका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य बीमा कार्यक्रम, आधारभूत अस्पताल, स्वास्थ्य प्रतिष्ठानहरुको दायित्व, स्वास्थ्य क्षेत्रको जनशक्तिलगायतका विषयमा… पुरा पढौ

नेपालमै अब केही हुन्छ भन्ने सन्देश दिन : राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन

फागुन २३ काठमाण्डौं । सरकारले मुलुकको ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ भन्ने नारासहित यही फागुन २६ देखि काठमाडौँमा दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ । उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने सन्दर्भमा अन्तरतह र निकायबीच समन्वय र सहकार्य गर्ने सम्मेलनको प्रमुख उद्देश्य रहेको छ । मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजजार तथा सामाजिक सुरक्षामन्त्री शरतसिह भण्डारीले आन्तरिक रोजगारको सम्भावना पहिल्याउन र व्यवस्थापनका लागि ठोस… पुरा पढौ

पोखरा महानगर टि–२० क्रिकेट प्रतियोगितामा अरण्यज्योतिको पहिलो जित

पोखरा, फागुन २३ पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोतिगामा अरण्यज्योति क्रिकेट क्लवले पहिलो जित दर्ता गरेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिता अन्र्तगत शुक्रबार भएको खेलमा अरण्यज्योतिले गण्डकी स्पोर्टस क्लवलाई ९५ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । यसअघि उद्घाटन खेलमा अरण्यज्योतिले कास्की क्रिकेट क्लवसँग ७४ रनको पराजय बेहोरेको थियो । टस जितेर गण्डकी स्पोर्टस क्लवले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको अरण्यज्योतिले निर्धारित २० ओभरमा… पुरा पढौ

पाल्पा डढेलोः चार सामुदायिक वनमा लागेको अझै नियन्त्रणमा आएन

तानसेन । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करिब एक सय ७० हेक्टरमा फैलिएका चार वटा सामुदायिक वनमा क्षति भएको छ । डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो । आगो निभाउन नेपाली सेना, सशस्त्र… पुरा पढौ

सहकारीका समस्या सम्बोधन गर्न अध्यादेश : मन्त्री अधिकारी

फागुन २१ काठमाण्डौं । प्रतिनिधिसभाले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई बहुमतले स्वीकृत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो । यसअघि रास्वपाका सांसद चन्दा कार्कीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो । अध्यादेश अस्वीकार गर्ने सूचना प्रस्तुत गर्नेक्रममा उठेका प्रश्नको जवाफ दिँदै सहकारीमन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका विकृति निराकरण गर्न… पुरा पढौ

पोखरा महानगरपालिका टि–२० क्रिकेट प्रतियोगिता : लेखनाथले लेकसाईडलाई हरायो

एक पुरुष अर्को पुरुषलाई प्लेयर अफ दी म्याच प्रदान गर्दै गरेको तस्बिर छ ।
पोखरा, फागुन २१ पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत बुधबार भएको खेलमा लेखनाथ क्रिकेट क्लव बिजयी भएको छ । लेखनाथले लेकसाईड क्रिकेट क्लवलाई २८ रनले पराजित गर्दै प्रतियोगितामा बिजयी शुरुवात गरेको हो । लेकसाईड क्रिकेट क्लवले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको लेखनाथ क्रिकेट क्लवले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रन बनाएको थियो । लेखनाथका लागि सचिन पौडेलले २३ बलमा सर्वाधिक ३४ रन र साहिल पौडेलले १६ बलमा २६ रनको योगदान दिए… पुरा पढौ

के कार्वनको व्यापार गर्न सकिन्छ ? पोखरामा भयो सरोकारवालासँग छलफल

पोखरा, फागुन २१ पोखरामा कार्वन व्यापार परियोजना सम्बन्धि तीन दिने कार्यशाला भएको छ । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय र अर्थ मन्त्रालयले गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयसँगको समन्वय एवम् युएनडिपीसँगको सहकार्यमा सरोकारवालाहरुका लागि सो कार्यशाला गरेको हो । कार्यशालामा कार्वन व्यापार सम्बन्धि परियोजनाबारे सरोकारवालाहरुलाई जानकारी गराउँदै यसमा उनीहरुको धारणा मागिएको थियो । कार्वन उत्सर्जनका कारण जलवायु परिवर्तनमा गम्भीर असर परिरहेको तथ्याङ्क प्रस्तुत गर्दै आयोजकले त्यसको न्यूनिकरणका लागि कार्वन व्यापार आवश्यक रहेकोमा जोड दिएका थिए । त्यसका लागि कार्वन… पुरा पढौ

अमेरिकाबाट आठ नेपाली फिर्ता, ‘सोधपुछ’का लागि प्रहरीका जिम्मा लगाईयो

काठमाडौँ । आधिकारिक कागजात नभएका अवस्थामा नियन्त्रणमा लिई संयुक्त राज्य अमेरिकाले नेपाल फर्काइ दिएका आठ नेपाली नागरिकलाई थप ‘सोधपुछ’का लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ । अमेरिकाको ‘चार्डट’ विमानबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनीहरुलाई अध्यागमक प्रक्रिया पूरा गरी सोधपुछका लागि प्रहरीको जिम्ममा लगाइएको विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ । आठ जना नेपाली अमेरिकाको चार्टड विमानबाट काठमाडौँ फर्काइएका हुन् । अर्का एक नेपाली पनि आजै कतार एयरवेजको नियमित उडानबाट ‘डिपोर्ट’ भएर काठमाडाँै आइपुगेको विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत यज्ञराज अर्यालले… पुरा पढौ