देश

पोखरा महानगरपालिका दोस्रो अन्तर क्लब पुरुष टि–२० क्रिकेट प्रतियोगिता मंगलबारदेखि

पोखरा, फागुन १८ पोखरामा भोलिदेखि दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ हुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा मंगलबार फागुन २० गतेदेखि शुरु हुने प्रतियोगिता फागुन २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । प्रतियोगिता इडेन हेभेन क्रिकेट मैदान, लेखनाथमा हुने पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन पुनले जानकारी दिए । प्रतियोगितामा पोखराका विभिन्न ९ वटा क्लब सहभागि हुने पुनले बताए । उनका अनुसार प्रतियोगितामा माछापुच्छे क्रिकेट क्लब, लेखनाथ… पुरा पढौ

यात्रा र पर्यटन साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न

पोखरा, फागुन १८ यात्रा र पर्यटन सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ । पोखरा विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकाय र लिटेररी एसोसियसन अफ नेपालको संयुक्त आयोजनामा यात्रा र पर्यटन विषयक ४५औं अन्तर्राष्ट्रिय सम्मेलन पोखराको लेकसाईडमा आयोजना गरिएको हो । सम्मेलनमा विश्वका ६ देशका ४६ जना प्रमुख शोधकर्ताहरूले कार्यपत्र प्रस्तुत गरे । दुई दिनसम्म भएको सम्मेलनका विविध शत्रहरूमा यात्रा र पर्यटन साहित्यका क्षेत्रमा भएका विभिन्न पहलहरूको चर्चा गरिएको छ । सम्मेलनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै गण्डकी प्रदेश नीति तथा… पुरा पढौ

भारतीय गाडीलाई अस्थायी भन्सार पास अब पोखराबाटै

पोखरा, फाल्गुन १८ भारतीय गाडीहरुको अस्थायी भन्सार अबदेखि पोखराबाटै हुने भएको छ । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयबाटै अब भारतीय गाडीहरुको अस्थायी भन्सार म्याद थप हुने भएको हो । भारतीय गाडीहरु पोखरा आएका बेला भन्सार अवधी सकिएको अवस्थामा उनीहरुलाई अस्थायी भन्सार म्याद थप गर्न सकिने व्यवस्था गरिएको भन्सार एजेन्ट संघ कास्कीले जनाएको छ । उनले भने,‘पोखराबाटै गाडीको म्याद थप गर्ने व्यवस्था भइसकेको छ । सम्पूर्ण प्रक्रिया टुंगिइसकेको छ । अब एजेन्टहरुले आईडी र पासवर्ड पाउने वित्तिकै त्यो काम शुरु… पुरा पढौ

रमजान भोलिदेखि

फागुन १७ काठमाण्डौं । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमानहरू दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानहरूको उर्दू क्यालेण्डरअनुसार सूर्याेदयभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने… पुरा पढौ

संशोधनका नाममा संविधान उल्टाउने खेल भइरहेको अध्यक्ष प्रचण्डको आरोप

फागुन १७ सिरहा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट प्राप्त संविधान संशोधनका नाममा उल्टाउने खेल भइरहेको आरोप लगाए । जनतासँग माओवादी तराई–मधेस जनजागरण अभियानअन्तर्गत आज सिरहा सदरमुकाममा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले दशवर्षे जनयुद्धको जग र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउने प्रयास सफल हुन नदिइने बताए । “अहिले सरकारमा रहेका दलहरु नै संविधान संशोधनको कुरा गरेर नेपाली जनताको अधिकार सङ्कुचित गर्ने, दुई दलीय व्यवस्था कायम गर्नेतर्फ लागेका छन् । जनताको बलिदानबाट प्राप्त यो संविधान… पुरा पढौ

अन्नपूर्ण क्लिनिकल प्रालिले शुरु गर्यो शुलभ फार्मेसी सेवा

पोखरा महानगरपालिका वडा नम्बर १३ मियापाटनमा रहेको अन्नपूर्ण क्लिनिकल प्रालिले सुलभ फार्मेसी सेवापनि सुरु गरेको छ । ६ वर्ष अघिदेखि सञ्चालनमा आएको प्रालिले सर्वसाधारणलाई होलसेल मूल्यमै औषधी उपलब्ध गराउन फार्मेसी सेवा सञ्चालनमा ल्याएको हो । यस्तो खालको फार्मेसी नेपालमै पहिलो पटक स्थापना भएको प्रालिको दाबी छ । फार्मेसीको शुक्रबार पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोला र पोखरा १३ का वडाध्यक्ष किरण बरालले संयुक्त रुपमा उद्घाटन गरे । अन्नपूर्ण क्लिनिकलमा प्रदेशकै पहिलो रेफरेन्स ल्याब युआरएलको शाखासहित भिडियो एक्सरे, ओपिडी, मुटुको भिडियो… पुरा पढौ

आज शून्य भेदभाव दिवस, समुद्री घाँस दिवस पनि आजै

आज शून्य भेदभाव दिवस हो । समुद्री घाँस दिवस पनि आजै परेको छ । विश्वबाट सबै प्रकारका भेदभाव अन्त्य गर्ने तथा त्यसप्रति विश्वव्यापी ऐक्यबद्धता जनाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा शून्य भेदभाव दिवस मनाउन थालिएको हो । सोही विश्वसंस्थाको आह्वानमा समुद्रको पारिस्थितिक प्रणाली संरक्षणका निम्ति चेतना जगाउन सन् २०२२ देखि विश्व घाँस दिवस पनि मनाउन प्रारम्भ भएको हो । यसबाट जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्न तथा तटीय क्षेत्रका मानिसलाई बाढी र आँधीबेहरीको जोखिमबाट जोगाउन समुद्री घाँस महत्वपूर्ण मानिएको छ । राष्ट्रसङ्घका अनुसार… पुरा पढौ

राष्ट्रपति पौडेल पोखरामा

राष्ट्रपति रामचन्द्र पौडेल पोखरा महानगपालिका–१८ सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा सहभागी हुनसराङकोट आइपुगेका छन। नेपाली सेनाको हेलीकप्टरमा आएका उनले सराङकोटमा स्थापित पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालयको उद्घाटन गर्ने कार्यक्रम छ । सराङकोटमा यही फागुन १४ गतेदेखि श्रीमद्भागवत ज्ञानमहायज्ञ भइरहेको छ । रासस पुरा पढौ

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । यहाँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन् । कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौँका लागि आएका कतार एयरवेजका क्यूआर६५२ जहाज कलकता डाइभर्ट गरिएको छ । त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट भएका छन् । मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द भएको छ । मौसमका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन् । कार्यालयका अनुसार काठमाडौँ–पोखरा, काठमाडौँ–भरतपुर, काठमाडौँ–नेपालगञ्ज,… पुरा पढौ

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य तोलामा २२०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार घटेर १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । पुरा पढौ