देश

अवस्था परिवर्तन भएन भन्नेलाई प्रधानमन्त्रीको टिप्पणी : आँखा देख्दैनन् कि कान सुन्दैनन् ?

पोखरा, माघ ३ प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अवस्था परिवर्तन भएन भन्नेप्रति कडा टिप्पणी गरेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई विहीबार पोखरामा सम्बोधन गर्दै उनले अवस्था परिवर्तन भएन भन्नेहरु आँखा नदेख्नेहरु हुन् कि कान नसुन्ने हुन् भनेर टिप्पणी गरेका हुन् । कोहि मान्छेहरु व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन, जस्ताको तस्तै छ भनिराख्या छन्,उनले भने,‘उनीहरु आँखा देख्दैनन् कि कान सुन्दैनन् ? मलाई थाहा छैन ।’ उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी एमएस उत्तिर्ण भएकोलाई जनताको अवस्था… पुरा पढौ

शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको बताए छन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीले भन्दै आएको ‘सर्वे भवन्तु सुखिनः’को आधुनिक रुप ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्यलाई ध्यानमा राखेर आफूले काम गरिरहेको स्पष्ट गरे । उनले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको… पुरा पढौ

समाजवादी मोर्चाले माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने

माघ २ काठमाण्डौं । समाजवादी मोर्चा नेपालले मोर्चा गठनको आश्यकता र औँचित्यता प्रष्ट्याउन यही माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको बैठकले सो निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादृर विश्वकर्माले जानकारी दिए । बैठकले समाजवादी मोर्चाको गतिविधि, सीमा र आगामी कार्यक्रमसम्बन्धी प्रतिवेदनलाई पूर्णता दिने निर्णय गरेको छ । यही माघ १० देखि १२ गतेसम्म उक्त प्रतिवेदनलाई अन्तिमरुप दिएर शीर्ष नेतासमक्ष हस्तान्तरण गर्ने निर्णय गरेको उनले जानकारी… पुरा पढौ

अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा

माघ २ काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातमा आफ्ना पार्टी सदस्यको संलग्नता भएमा कारबाही गर्ने बताएको छ । आज काठमाडौँ जिल्ला अदालत परिसरभित्र सहकारी बचत अपचलन विषयको बहस भएपश्चात अदातलबाट निस्किने क्रममा त्रिपाठीमाथि हातपात भएको थियो । उक्त घटनाप्रति ध्यानार्कषण जनाउँदै रास्वपाले प्रेस विज्ञप्ति जारी गरेको छ । रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले राजनीतिक दलको लागि यस किसिमको व्यवहार स्वीकार्य नभएको भन्दै यस विषयमा पार्टीको अनुशासन विभागको ध्यानार्कषण भएको बताएका छन् । “यस विषयमा पार्टीको… पुरा पढौ

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली

माघ २ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेश ल्याइएको बताएका छन् । सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ तथा सरोकार भएका पक्षसँगको सघन छलफलपछि अध्यादेश ल्याइएको बताए । सरकारको सिफारिसमा हालै राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएका अध्यादेशका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले जारी गर्नैपर्ने भएकाले बहुतै सावधानी र मेहनताका साथ अध्यादेश सिफारिस गरिएको बताए । “सरकार टिकाउने मात्रै हाम्रो काम होइन, सरकार त आफँै… पुरा पढौ

बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग

माघ २ काठमाण्डौं । सङ्घीय गणतन्त्र जर्मनीले सर्लाही, रौतहट र काभ्रेपलाञ्चोकमा केही महिनाअघिको बाढी तथा आगलागीबाट प्रभावित भएकाहरुको सहयोगार्थ रु एक करोड ४१ लाख प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यहाँस्थित जर्मनीको राजदूतावासमा आज नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्ज र हार्ट वल्र्डवाइड नामक स्वास्थ्य सेवा प्रदायक संस्थाका सह प्रमुख सूर्य भट्टले अनुदान सहायता रकम प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । अनुदान सहायता रकमबाट हार्ट वल्र्डवाइडले जिल्लाका बाढी तथा अग्नि पीढितका साथै महिला, सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य तथा… पुरा पढौ

सभापति लामिछानेलाई साठी लाख धरौटीमा रिहा गर्न आदेश

माघ २ काठमाण्डौं । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा रु ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उक्त आदेश गरेको हो । गोरखा मिडिया नेटवर्कमा कानुनविपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट रु पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० लगेको प्रहरीको अनुसन्धानमा उल्लेख थियो । सभापति लामिछानेविरुद्ध रु पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० बिगो माग दाबी गरिएको थियो । सभापति… पुरा पढौ

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८३ अङ्कले बढेर दुई हजार पाँच सय ९५ दशमलव ९६ को बिन्दुमा कायम भएको हो । आज दुई सय ९९ कम्पनीको एक करोड सात लाख ४५ हजार चार सय २७ कित्ता शेयर ६३ हजार तीन सय ७७ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ८२ करोड ४९ लाख चार हजार एक सय ३४ को कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ समूह शून्य… पुरा पढौ

सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक आँैस सुनको मूल्य दुई हजार छ सय ७५ दशमलव १८ अमेरिकी डलर कायम भएको छ । स्थानीय बजारमा प्रतितोला सुनमा रु चार सयले वृद्धि भएको छ । आइतबार सोही परिमाणको पहेँलो धातु रु एक लाख ५५ हजारमा खरिदबिक्री भएको थियो । आज एक तोला सुनको मूल्य रु एक लाख ५५ हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ… पुरा पढौ

विपिन जोशीको रिहाइको प्रयासमा परराष्ट्रमन्त्री राणा

अतिवादी हमास समूहको नियन्त्रणमा रहेका भनिएका नेपाली युवक विपिन जोशीको रिहाइका लागि सरकारले कूटनीतिक क्रियाशीलतालाई निरन्तर जारी राखेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन आग्रह गरिरहेका छन । यसै क्रममा अन्तर्गत उनले आज बिहान कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग फोनवार्ता गरेकी हुन । खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन । परराष्ट्रमन्त्रीले कतारका मन्त्री डा खुलाइफीसँगको… पुरा पढौ