देश

सूर्य दर्शन सहकारी प्रकरणमा जिवी, रवि, छविसहित ६३ प्रतिवादी, रविमाथि करीब २८ करोड गैरकानूनी रुपमा आर्जन गरेको आरोप

पोखरा, पुस ७ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि करीब २८ करोड रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोपमा मुद्धा दर्ता भएको छ । सहकारी ठगीको आरोपमा पक्राउ परेर दुई महिना लामो अनुसन्धानपछि जिल्ला सरकारी वकील कार्यालय कास्कीले लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा मुद्धा दर्ता गरेको हो । सरकारी वकीलको कार्यालयले लामिछाने पत्नी पौडेलबिरुद्धपनि मुद्दा दायर गरेको छ । गोर्खा मिडिया नेटवर्क प्रालिमा सहकारीको रकम लगेर अपचलन गरेको आरोपमा पक्राउ… पुरा पढौ

माछा पालनमा जोडिदै गुँदे मत्स्य सहकारी

पुस ६ पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नं २६ मा स्थित गुँदे वातावरण संरक्षण तथा मत्स्य सहकारीले सेयर सदस्यको आय आर्जनमा सहयोग पुग्ने गरि माछा पालनलाई अगाडी वढाउने भएको छ । सहकारीको शनिबार सम्पन्न पाचौं वार्षिक साधारण सभाका बक्ताहरुले वडा भित्र रहेका तीन वटा तालको उचित रुपमा संरक्षण गर्दै यस क्षेत्रको पर्यटन विकास संगसंगै आय आर्जनका लागि स्थानिय निकाय र समुदायको सहकार्यमा माछा पालनलाई अगाडी बढाउन पर्ने सुझाव राखेका हुन् । यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा… पुरा पढौ

एनपिएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?

पुस ६ काठमाण्डौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आर्कषक पुरस्कारको रूपमा रहेकोे कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन् । नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका हुन् । एनपिएलमा उत्कृष्ट प्रदर्शन गरेका ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै करिब रु ६२ लाख मूल्य पर्ने ओमोडा ‘इ’ फाइभ डिएलएक्स कार प्राप्त गरेका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान), ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले संयुक्त… पुरा पढौ

एनपीएल विजेता जनकपुर बोल्टसलाई प्रधानमन्त्री ओलीको बधाई

पुस ६ काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । “आजको खेलमा सुदूरपश्चिम रोयल्सको पनि राम्रो प्रदर्शन थियो । यससँगै नेपाली क्रिकेटको महापर्व आज सम्पन्न भएको छ । एनपिएलमा सहभागी सबै टिम र आयोजक तथा व्यवस्थापक सबैलाई धन्यवाद !!” प्रधानमन्त्रीले सामाजिक सञ्जालमा भनेका छन् । आज भएकोे फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणकोे एनपिएलको उपाधि जितेको हो । जनकपुरले प्रतियोगितामा ट्रफीसहित एक करोड १०… पुरा पढौ

पहिलो संस्करणको एनपिएलको उपाधि जनकपुर बोल्ट्सलाई

पुस ६ काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो । जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो । जनकपुरलाई उपाधि दिलाउने क्रममा ओपनरद्वय लाहिरु मिलान्था र आशिफ शेखले पहिलो विकेटका लागि महत्वपूर्ण ७३ रनको साझेदारी गरे । जनकपुरको जितमा मिलान्थाले आक्रामक अर्धशतकीय पारी… पुरा पढौ

विश्व शान्तिका लागि योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली युद्ध र अशान्तिबाट त्रस्त विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताएका छन् । विश्व ध्यान दिवस, २०८१ का अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज सैनिक मञ्च–टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हतियारको बदला हतियारकै प्रयोगबाट विश्वमा शान्ति कायम नहुने भएकाले सकारात्मक चिन्तनका साथ ध्यान र योगलाई अपनाउन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले सभ्य संस्कृति र सकारात्मक चिन्तनका साथ शारीरिक र मानसिक ध्यानलाई नियमित रुपमा गर्नुपर्ने र यसप्रकारको ज्ञानलाई विद्यालय र… पुरा पढौ

एनपिएल: उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् । दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रदै छन् । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । रासस पुरा पढौ

डिसेम्बर २१: आज विश्व ध्यान दिवस मनाइँदै

संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् । डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ । राष्ट्रसङ्घले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने निर्णयको यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका छन् । नेपाल सरकारले पनि… पुरा पढौ

सर्वोच्चको आदेशपछि दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा

पुस ५ काठमाण्डौं । साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई सर्वाेच्च अदालतको आदेशपछि हाजिर जमानीमा आज रिहा गरिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वाेच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सारङ्गा सुवेदीको संयुक्त इजलासले निजलाई रिहा गर्न आदेश दिएको हो । उक्त आदेशअनुसार प्रसाईँलाई हाजिर जमानीमा उपस्थिति हुने गरी छाडिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । प्रसाईँमाथि अनुसन्धान भने जारी रहेको छ । अदालतको आदेशपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट रिहा भएका प्रसाईँले… पुरा पढौ

सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा जिवीसहित १९ जनाबिरुद्ध पुरक मुद्धा दर्ता, रवि, छविलगायतबिरुद्ध आईतबार मुद्धा दर्ता हुने

पोखरा, पुस ५ पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा १९ जनाबिरुद्ध शुक्रबार पुरक अभियोजन दर्ता भएको छ । कास्की जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबहादुर राई (जिवी)सहित १९ जनाबिरुद्ध कास्की जिल्ला अदालतमा पुरक अभियोजन दर्ता गरेको हो । पुरक अभियोजन दर्ता भएकाहरु पक्राउ पुर्जी जारी भई पक्राउ परेका र फरार अभियुक्तहरु छन् । कास्की जिल्ला सरकारी वकीलको कार्यालयले पहिलो चरणमा १९ जनाबिरुद्ध पुरक अभियोजन दर्ता भएको जनाएको छ । बाँकीबिरुद्ध आईतबार मुद्धा दर्ता हुने कास्की जिल्ला सरकारी… पुरा पढौ