देश

राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको होः प्रधानमन्त्री ओली

पुस ३ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनुपरेको बताएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको हो भने । “हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ ।”, प्रधानमन्त्री ओलीले भने, “ नेकपा एमाले र नेपाली कांग्रेस समाज… पुरा पढौ

बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह

पुस ३ काठमाण्डौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सहयोग गर्न कतार सरकारसँग आग्रह गरेका छन् । नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग आज भएको भेटमा उनले बालबालिकाको स्वास्थ्योपचारमा केन्द्रित उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माणमा कतार सरकारको सहयोगको अपेक्षा आफूले गरेको बताए । बालबालिकाको उपचार गर्ने देशको सबैभन्दा ठूलो अस्पतालमा सेवा विस्तार गर्न भवनसहितका संरचना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेको छ । यसै सन्दर्भमा स्वास्थ्यमन्त्रीले कतारी… पुरा पढौ

पोखरामा भोलि र पर्सी फेवा सम्वाद हुने

पोखरा, पुस ३ पर्यटकीय राजधानी पोखरामा भोलिदेखी फेवा सम्वाद हुने भएको छ । त्रिभूवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालय अन्तर्गतको चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा विहीबार र शुक्रबार पोखरामा फेवा सम्वाद कार्यक्रम हुने भएको हो । पोखराको पर्यटकीय केन्द्र फेवातालको नामबाट राखिएको फेवा सम्वाद कार्यक्रममा ‘विश्वव्यापी औद्योगिक स्थानान्तरण अन्तर्गत दक्षिण एसियाका विकल्पहरू’बारे बहस हुने जनाइएको छ । पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम पोखरा–६ बुलौंदीस्थित पोखरा ईभेन्ट सेन्टरमा हुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी… पुरा पढौ

संघीयता कार्यान्वयन गर्ने ऐन नहुँदा संघीयता कमजोर बनेको सभामुखहरुको निश्कर्ष

पोखरा, पुस ३ प्रदेश सभामुखहरुले संघीयता कार्यान्वयन गर्ने ऐन नआउँदा संघीयता कमजोर बनेको निश्कर्ष निकालेका छन् । पोखरामा मंगलबार र बुधबार चलेको अन्तर व्यवस्थापिका सम्मेलनमा सहभागी सभामुखहरुले संघीयता कार्यान्वयन गर्ने ऐनको अभावमा संघीयता नै कमजोर बनेको निश्कर्ष निकालेका हुन् । त्यसैले चाँडो भन्दा चाँडो संघीयता कार्यान्वयन गर्ने ऐन पारित गरेर कानून बनाईदिन उनीहरुको आग्रह छ । यसअघि मुख्यमन्त्रीहरुको सम्मेलन र अन्तर प्रदेश बैठकमापनि यहि विषय उठेको थियो । संघीय संसदले प्रहरी ऐन, निजामती ऐनलगायतका ऐन नल्याउँदा संघीयता कमजोर बनेको गुनासो… पुरा पढौ

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज पुँजीबजार परिसूचक पाँच दशमलव ६० अङ्कले घटेर दुई हजार छ सय २८ दशमलव २६ को बिन्दुमा कायम भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा तीन सय १४ कम्पनीको ८१ लाख ४७ हजार तीन सय २० कित्ता शेयर ४९ हजार चार सय २१ पटक खरिदबिक्री भएको छ । पछिल्ला दिनहरूमा नेप्सेमा कारोबार रकम निरन्तर घटिरहेको छ । आज पनि कारोबार रकम रू चार अर्ब २७ करोड ८२ हजार… पुरा पढौ

शिक्षकको तलब मासिक उपलब्ध गराउन शिक्षामन्त्री भट्टरार्ईको निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टरार्ईले शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताएका छन्। आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ‘विद्यालय शिक्षा विधेयक–२०८०’को छलफलमा उनले शिक्षकको नियमित रूपमा शिक्षकहरूलाई तलबको व्यवस्था गरिने बताए। “३९ स्थानीय तहले शिक्षकको तलब नदिएको भन्ने मन्त्रालयमा गुनासो आएको थियो”, उनले भने, “हामीले ती स्थानीय तहका प्रमुखलाई नियमित रूपमा तलबको व्यवस्था गर्न निर्देशन दिएका छौँ । ” साथै उनले विद्यालय शिक्षकको दरबन्दी पुनरावलोकन गरिने बताए। बाल विकास शिक्षा कार्यक्रमलाई व्यवस्थित… पुरा पढौ

चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स एनपिएलको क्वालिफायरमा प्रवेश

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा कर्णाली याक्स चितवन राइनोजलाई २१ रनले पराजित गर्दै प्रतियोगिताको दोस्रो क्वालिफायरमा पुगेको छ । यस जितसँगै कर्णाली याक्सले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित टोलीसँग बिहीबार खेल्नेछ । पहिलो क्वालिफायर खेल आज दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । यस खेलको विजेता टोली भने प्रतियोगिताको फाइनमा पुग्नेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज कर्णाली याक्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको चितवन राइनोज… पुरा पढौ

स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणाली मार्फत् उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. राजकुमार पाण्डेले परिपत्र जारी गर्दै सरकारी अस्पताल, मेडिकल कलेज र सबै सामुदायिक निजी अस्पताललाई पत्राचार गरी नर्सिङको न्यूनतम सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेका हुन। विशेष गरेर नर्सिङको सेवा सुविधाबारे मन्त्रालयमा गुनासो आएपछि परिपत्र जारी गरिएको महाशाखा प्रमुख डा पाण्डेले बताए । यसैगरी मन्त्रालयले तोकिएको समयभन्दा बढी कार्यका लागि अतिरिक्त भत्ताको… पुरा पढौ

सबै तहका सरकार जनकेन्द्रित हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

पुस २ ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकार शासक नभई जनताकेन्द्रित एवं सेवामैत्री हुनुपर्नेमा जोड दिएका छन् । ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले वर्तमान सरकार उत्तरदायी भएर जनताका समस्या समाधान तथा विकासका चाहना पूरा गर्नेतर्फ प्रतिबद्ध भएर लागेको बताए । “स्थानीय सरकार विगतको जस्तो कर उठाउनका लागि मात्र होइन, हाल यो नागरिक मैत्री पनि भएको छ, सूचना तथा सञ्चार प्रविधिको उपयोगबाट विकृति हटाउने काम भएका छन्, व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन… पुरा पढौ

एनपिएल विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने

पुस २ काठमाण्डौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीले रू एक करोड १० लाख पुरस्कार प्राप्त गर्ने भएको छ । यही पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रू ५१ लाख प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रू २५ लाख प्राप्त गर्दा चौथो स्थान हासिल गर्ने टोलीले रू १५ लाख पुरस्कार प्राप्त गर्नेछन् ।… पुरा पढौ