देश

धादिङमा बस दुर्घटना, आठ जना घाइते

मंसिर २९ धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा बस दुर्घटना हुँदा आठजना घाइते भएका छन् । बस आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएको हो । बुटवलबाट काठमाडौँ आउँदै गरेको लु२ख ६६७६ नंको बस धादिङको गल्छी गाउँपालिका–६ सुत्केरी ढुङ्गामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी कपिलवस्तुको शिवराज नगरपालिका–३ का ४० वर्षीय गोपाल सुनार, ३९ वर्षीया अस्मिता आले, बारगङ्गा नगरपालिका–३ का ५४ वर्षीय जनक गौतम, सुर्खेतको गुर्भाकोट नगरपालिका–१… पुरा पढौ

एनपिएलः कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्ससामू जितका लागि एक सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८० रनको योगफल बनायो । उसका लागि कप्तान कुशल मल्लले अर्धशतकीय पारी खेले । उनले ४१ बल सामना गर्ने क्रममा तीन चौका र सात छक्का प्रहार गर्दै ७२ रनको योगदान दिए । रवि बोपाराले ३२ बल खेल्दै… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि राजदूत नियुक्त गरेका छन । नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरुलाई नियुक्त गरेका हुन। राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार प्रकाशमणि पौडेललाई गणतन्त्र पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको हो । रासस पुरा पढौ

निजी अस्पतालका नर्स र स्वास्थ्यकर्मीलाई पनि सरकारीसरह सेवासुविधा लागू गर्न निर्देशन

स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीको लागि न्यूनतम पारिश्रमिकको व्यवस्था कायम गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै स्वास्थ्य प्रतिष्ठान, सरकारी अस्पताल ,मेडिकल कलेज, सामुदायिक तथा निजी अस्पताललाई पत्राचार गर्दै न्यूनतम पारिश्रमिक लगायतका सुविधा उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयको परिपत्रमा भनिएको छ,“मेडिकल कलेज तथा स्वास्थ्य संस्थाबाट नर्सिङ् एवं अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक लगायतको सुविधामा अन्याय भएको भनि गुनासो आएको सो सम्बन्धमा स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य… पुरा पढौ

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रू एक हजार दुई सय र चाँदी प्रतितोला रू ६५ घटेको हो । बिहीबार सुन प्रतितोला रू एक लाख ५४ हजार दुई सयमा कारोबार भएकामा आज प्रतितोला रू एक लाख ५३ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी, चाँदी बिहीबार प्रतितोला रू एक हजार नौ सय २५ मा कारोबार भएकामा आज रू एक हजार आठ सय ६० मा किनबेच हुने महासङ्घले जनाएको छ । पुरा पढौ

आज देशभरको मौसम सफा रहने

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ भने राति मौसम सफा रहने छ । शनिबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ । रासस पुरा पढौ

मुग्लिन-पोखरा सडक पॉच दिन अवरुद्ध हुने

मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ । रासस पुरा पढौ

विपद् व्यवस्थापनमा सहकार्य आवश्यक : गृहमन्त्री लेखक

मंसिर २७ काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले अपराध नियन्त्रण, कानुन कार्यान्वयन र विपद् व्यवस्थापनमा तीनै तहका सरकार समन्वयात्मक ढङ्गबाट अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । बाग्मती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज आयोजित ‘शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी अन्तरप्रदेशस्तरीय कार्यशाला गोष्ठी’मा उनले संविधानले दिएको जिम्मेवारी र दायित्व कार्यान्वयन गर्न मिलेर काम गर्नुपर्नेमा जोड दिए । “यी काम हामीले समन्वयात्मक ढङ्गले गर्न सक्यौ भने मात्रै उद्देश्य हासिल गर्न सक्छौँ”, उनले भने । गृहमन्त्री लेखकले संविधानतः सहकारिता, समन्वय र… पुरा पढौ

परराष्ट्रमन्त्री डा देउवासँग युरोपियन युनियनका उच्च अधिकारीको भेट

मंसिर २७ पोखरा । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्राले भेटवार्ता गरेकी छन् । बेल्जियमको ब्रसेल्समा आज भएको सो भेटका अवसरमा नेपाल–यूरोपियन यूनियन सम्बन्ध, नेपालको आर्थिक सामाजिक क्षेत्रमा युरोपियन युनियनले पु¥याउँदै आएको सहयोग र आगामी दिनमा निरन्तर रहने साझेदारिताका बारेमा कुराकानी भएको थियो । नेपाल र युरोपियन युनियनले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्ष मनाइरहेको बारेमा उनीहरुबीच कुराकानी भएको थियो । नेपाल र युरोपियन युनियनबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको… पुरा पढौ

औषधि विधेयक अन्तिम चरणमा छ : स्वास्थ्यमन्त्री पौडेल

मंसिर २७ काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले औषधि विधेयक अन्तिम चरणमा रहेको बताएका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘औषधिको उत्पादन, वितरण, गुणस्तर तथा मूल्यका सम्बन्धमा’ भएको छलफलमा उहाँले आगामी संसद् अधिवेशनमा औषधि विधेयक प्रस्ताव गर्ने गरी तयारी अन्तिम चरणमा रहेको बताए । उनले भने, “यो विधेयकमा औषधिका विभिन्न पाटोहरु छन् । उत्पादनको सन्दर्भमा हाल नेपालमा एक सय ७३ औषधि उद्योगले औषधी उत्पादन गरिरहेका छन् । ती उद्योगबाट करिब ५० प्रतिशत हाराहारीमा उत्पादन हुन्छ ।… पुरा पढौ