देश

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज परिसूचक ५१ दशमलव ३७ अङ्कले घटेर दुई हजार छ सय ३० दशमलव ९१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ९१ प्रतिशतको गिरावट हो । आज तीन सय चार कम्पनीको एक करोड २७ लाख ४५ हजार सात सय ७७ कित्ता शेयर ६७ हजार छ सय ४८ पटक खरिदबिक्री भएको छ । आज नेप्सेमा रू पाँच अर्ब ९३ करोड ५६ लाख चार हजार आठ सय ४७… पुरा पढौ

काठमाडौँ महानगरपालिकाका पूर्वमेयर सिंहको निधन

काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको निधन भएको छ । उनको आज ८७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।नेपाली कांग्रेसका नेता सिंह पेटसम्बन्धी रोगको उपचारमा थिए । उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ सम्म निवास चक्सिबारीमा राखिने र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा दुई घन्टासम्म राखिने बताइएको छ । उनको आजै अन्त्येष्टि गरिनेछ । रासस पुरा पढौ

एनपिएलः पोखरालाई पाँच रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा

मंसिर ३० काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पाँच रनले हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सुदूरपश्चिमले दिएकोे एक सय ५४ रन लक्ष्य पछ्याएको पोखराले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो । पोखराका लागि एन्ड्रिज गौसले सर्वाधिक ३६ रन बनाए । उनले २१ बलमा दुई छक्का र चार चौकाको मद्दतले ३६ रन बनाएका हुन् । त्यस्तै, रेमन रेफरले ३३, किरण ठगुन्नाले ३२, दिनेश खरेलले… पुरा पढौ

पेट्रोलको मूल्य बृद्धि, डिजेल र मट्टितेल घट्यो

मंसिर ३० काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बृद्धि गरेको छ । निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलको मूल्य बढाएको हो । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलमा २ रुपैयाँ २८ पैसा बढेर र डिजेलमा १ रुपैयाँ ४८ पैसा घटेर आएको निगमले जनाएको छ । निगमको संचालक समितिको निर्णयअनुसार पेट्रोलमा २ रुपैयाँ बढाइएको छ भने डिजेल र मट्टितेलमा २ रुपैयाँ घटाइएको छ । पुरा पढौ

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

मंसिर ३० काठमाण्डौं । प्रधानसेनापति अशोकराज सिग्देल छिमेकी मुलुक भारतको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको निमन्त्रणामा छिमेकी मुलुकको भ्रमण सम्पन्न गरी फर्किएका प्रधानसेनापति सिग्देललाई बलाध्यक्ष रथी प्रदीपजङ्ग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । भारत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीयस्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरे । भारत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले त्यहाँका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल,… पुरा पढौ

नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा भेषराज

पोखरा, मंसिर ३० नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा भेषराज पौडेल चयन भएका छन् । माओवादी अन्नपूर्ण गाउँपालिकाको हालै भएको तेश्रो अधिवेशनले पौडेलको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका समिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनले उपाध्यक्षहरुमा शोभाखर अधिकारी, चिजकुमारी परियार र सूर्य परियार, सचिवमा शरणसिंह बि.क., सह–सचिवमा टेकप्रसाद अधिकारी र कोषाध्यक्षमा दिपशिखा गिरीलाई चयन गरेको छ । खबरदारी सभाका रुपमा गरिएको अधिवेशनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज दिननाथ शर्माले वर्तमान सरकारका कारण देशमा भ्रष्टाचार मौलाउनुका… पुरा पढौ

हिसान गण्डकीको अध्यक्ष शर्मा निर्विरोध निर्वाचित

पोखरा, मंसिर ३० उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकी प्रदेशको दोस्रो अधिवेशनले डा.रामजी शर्माको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । हिसान गण्डकी प्रदेशको हालै सम्पन्न अधिवेशनले कास्कीका शर्मालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । हिसान गण्डकीको बरिष्ठ उपाध्यक्षमा छविलाल कंडेल ( नवलपुर), उपाध्यक्षमा बालकृष्ण शर्मा (बागलुङ), सचिवमा डिल्लीराम अधिकारी (कास्की), कोषाध्यक्षमा टुवराज बास्तोला (कास्की), सह सचिवमा अशोक शाही (कास्की) र सह–कोषाध्यक्षमा दीपक शर्मा मरासिनी (स्याङ्जा)लाई चयन गरेको छ । त्यस्तै, सदस्यहरुमा लक्ष्मण कँडेल (नवलपुर), पम्फा गुरुङ… पुरा पढौ

नेपाल प्रिमियर लिग : विराटनगर काठमाण्डौसंग एक विकेटले स्तब्ध

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डौ गुर्खाजले विराटनगर किङ्ग्सलाई एक विकेटले हराएको छ । विराटनगरले दिएको एक सय १८ रनको लक्ष्य पछ्याएको काठमाण्डौले १८ ओभर एक बलमा नौ विकेट गुमाएर भेटायो । काठमाण्डौका प्रतिक श्रेष्ठले सबैभन्दा धेरै ३९ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै अनिल खरेल, बसिर अहमद र क्रिस सोलले समान दुई विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगरले १९ ओभर पाँच बलमा सबै विकेट गुमाएर एक सय १७… पुरा पढौ

जनताको भरोसालाई टुट्न दिँदैनौँः अध्यक्ष प्रचण्ड

मंसिर २९ रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको भरोसालाई टुट्न नदिने बताएका छन् । रुपन्देहीको तिलोत्तमामा आज आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले पार्टीलाई थप एकताबद्ध बनाउँदै जनताको बीचमा लैजान र जनताको भावनालाई समेट्ने काममा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए । अध्यक्ष प्रचण्डले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र भएको उल्लेख गर्दै देशमा सुशासनका लागि अब समाजवादी नयाँ आन्दोलन गरिने बताए । “माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम… पुरा पढौ

नवलपुरको नमूना सदरमुकाम निर्माणमा देखिएका समस्या समाधान गर्छु : उपप्रधानमन्त्री सिंह

मंसिर २९ नवलपरासी । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणमा देखिएका समस्या समाधान गर्ने विश्वास दिलाएका छन् । नवलपुरको कावासोतीमा जिल्ला समन्वय समिति नवलपुरले आज आयोजना गरेको नमूना सदरमुकाम निर्माणसम्बन्धी अन्तरक्रियामा मन्त्री सिंहले सदरमुकाम निर्माणका लागि बजेटको व्यवस्था भए पनि रूख कटानको विषयले गर्दा काम अघि बढ्न नसकेको भए पनि यसको गाँठो फुकाउन आफूले पहल गर्ने बताए । रूख कटानको विषय र भूमिको विषयमा सम्बन्धित मन्त्रीसँग समन्वय गरी सदरमुकाम निर्माणमा देखिएको प्राविधिक समस्या समाधानमा… पुरा पढौ