देश

राजनीतिक कोर्ष बदल्ने बेला आएको छः अध्यक्ष प्रचण्ड

मंसिर २२ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक कोर्ष बदल्नुपर्ने बेला आएको बताएका छन् । माओवादी केन्द्र गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिको आज दोस्रो अधिवेशनको उद्घाटन गर्दै शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्ष बदल्न सकिने धारणा राखे । अध्यक्ष दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद नभई विज्ञ व्यक्ति मन्त्री बन्ने व्यवस्थामा गए मात्रै आफ्नो पार्टीले उठाउँदै आएको जनताको गणतन्त्र सुदृढ गर्न सकिने बताए ।… पुरा पढौ

फेवातालमा माछा घट्दा जलारी समुदायको पेसा सङ्कटमा

पोखरा–१८ खपौँदी निवासी ८० वर्षीया मिश्री जलारी जीवनको उत्तरार्धमा पनि फेवातालका माछा बिक्री गर्न पोखरा बजार पुग्नुछिन् । जाल थापेर निस्केका माछा बिक्री गर्न उनी पोखरा बजारमा जान थालेको पनि ६७ वर्ष बितिसकेको छ । उनी भन्छिन्, “तेह्र वर्षको उमेरमा विवाह भयो, श्रीमान् पनि उमेर छदै बित्नुभयो, दुई छोरा छन्, उनीहरु पनि भिन्दै बस्छन्, छोराहरुले जाल थापेर मारेका माछा बिक्रीको लागि पोखरा जान्छु । पछिल्ला वर्ष जालमा माछा पर्न पनि कम भइसकेको छ, दशौँ वर्ष भयो स्थानीय जातमा शहर, असला… पुरा पढौ

कालीगण्डकी करिडोर: काभ्रेभिरमा ‘रक एंकरिङ’ गरेर सडक विस्तार

भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत सबैभन्दा जोखिमयुक्त र साघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार, पहिरो र कटान रोकथामका लागि ‘रक एंकरिङ’ गरिएको छ । साँघुरो अवस्थामा रहेको काभ्रेभिरको सडकलाई ‘रक एंकरिङ-रक नेलिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । तल बग्ने कालीगण्डकीले बनाएको खोच र बिस्फोटक पदार्थको प्रयोग गरी भित्ता काटेर सडक फराकिलो बनाउदाँ पहाड थर्किएर कमजोर भई थप पहिरो खस्ने जोखिम देखिएपछि रक एंकरिङ… पुरा पढौ

पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरु

मंसिर २१ काठमाण्डौं । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । यसअघि गत जेठदेखि विभिन्न मितिमा निर्वाचनको कार्यक्रम तोकिए पनि सदस्यता वितरण विवादका कारण स्थगित भएको थियो । गत असोजमा भक्तपुरमा सम्पन्न जिल्ला शाखा, प्रतिष्ठान अध्यक्षहरुको भेलाले यसअघि शाखाको सिफारिसमा प्रदेश समितिले टुङ्ग्याएको सदस्यताकै आधारमा निर्वाचन कार्यक्रम अघि बढाउन गरेको निर्णय अनुसार आज उम्मेद्वारी दर्ता भएको हो । विभिन्न पदमा उम्मेद्वारी दिनेको सूची आजै सार्वजनिक गर्ने गरी अहिले निर्वाचन समितिले तयारी गरिरहेको महासङ्घका कार्यवाहक अध्यक्ष… पुरा पढौ

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

मंसिर २१ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका छन् । प्रधानमन्त्री ओलीले आज अस्पताल पुगेर राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गरे । प्रोस्टेटसम्बन्धी समस्याका कारण केही दिनदेखि अस्पतालमा उपचाररत राष्ट्रपति पौडेलको उपचारमा सङ्लग्न चिकित्सकसँग प्रधानमन्त्री ओलीले उपचारको सम्पूर्ण विवरणबारे जानकारी लिएका थिए ।यही मङ्सिर १९ गते अस्पताल भर्ना भएका राष्ट्रपति पौडेलको आधुनिक प्रविधिबाट शल्यक्रिया गरिएको थियो भने… पुरा पढौ

राष्ट्रपतिको स्वास्थ्यमा सुधार

मंसिर २१ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएका उनको यही मङ्सिर १९ गते शल्यक्रिया भएको थियो । अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको उल्लेख छ । रासस पुरा पढौ

एनपिएलः पोखराको पहिलो जित

नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पोखराले पहिलो जित हात पारेको हो । लुम्बिनीले जितका लागि दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ दशमलव पाँच ओभरमा एक विकेट पनि नगुमाएर पूरा गरेको हो । पोखराको जितमा दुवै ओपनरको सानदार प्रदर्शन रह्यो । पोखराका लागि एन्ड्रिज गौसले शतकीय पारी खेले । उनले ५५ बलमा पाँच छक्का र १२ चौका… पुरा पढौ

आइतबारदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न सकिने

काठमाडौँ । निर्वाचन आयोगले आइतबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता सुरु गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएकामा सो उपनिर्वाचन सम्पन्न भई परिणामसमेत प्राप्त भइसकेकाले नियमित मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुरु गर्न लागिएको आयोगले जनाएको छ । कुनै व्यक्ति पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै जिल्लामा बसोबास गरिरहेको भए पनि निजले मतदाता… पुरा पढौ

सुनको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । तर चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला रू एक लाख ५० हजार सात सयमा कारोबार भएको सुन आज घटेर रू एक लाख ५० हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला रू ६ सय घटेको हो । यसैगरि, चाँदीको मूल्य भने प्रतितोला रू १० ले बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला रू एक हजार आठ सय ९० मा कारोबार… पुरा पढौ

आज विवाह पञ्चमी पर्व

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम–सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने… पुरा पढौ