देश

आदर्श कपको तयारी पूरा, उद्घाटन खेलमा आयोजक र तनहुँ खेल्ने

पोखरा, मंसिर १९ पोखराको लेखनाथमा यहि मंसिर २२ गतेदेखि आदर्शक कप फुटबल प्रतियोगिता हुने भएको छ । आदर्श युवा क्लव लेखनाथको आयोजनामा ‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता’ भन्ने मूल नाराका साथ हुने प्रतियोगिता मंसिर २८ गतेसम्म सञ्चालन हुने बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । ६ वर्षपछि हुन लागेको यो प्रतियोगिता आदर्श कपको २५ औं श्रृंखला हो । २०७५ सालमा २४ औं आदर्श कप भएपश्चात कोभिड–१९, मन्दीलगायतका कारणले हुन नसकेको अवस्थामा यस वर्षदेखि पुनः निरन्तरता… पुरा पढौ

नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घटेर दुई हजार सात सय ५० दशमलव ८७ को बिन्दुमा कायम भएको हो । आज तीन सय २० कम्पनीको दुई करोड तीन लाख ३२ हजार ६६ कित्ता शेयर ९६ हजार छ सय ७७ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब १३ करोड २४ लाख ६८ हजार नौ सय छ बराबरको कारोबार भएको छ । जलविद्युत् समूह शून्य दशमलव ५९, उत्पादन तथा प्रशोधन शून्य दशमलव १४… पुरा पढौ

नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा आज सम्झौता भएको छ । बेइजिङमा आज भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका हुन । चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा रहेको तेस्रो दिन यो सम्झौता भएको हो । रासस पुरा पढौ

आज देशभरको मौसम सफा रहने

आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । त्यसैगरी, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । बिहीबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैलाई अनुरोध गरेको छ । रासस पुरा पढौ

टिकटकले हटायो छ हजार ७८ भिडियो

मंसिर १८ काठमाण्डौं । टकटकले नेपालमा दुई महिनामा कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोष्ट गरेका छ हजार ७८ भिडियो हटाइएको छ । अप्रिल र जुन महिनामा पोष्ट भएका उक्त भिडियोमध्ये ९९ दशमलव १ प्रतिशत तुरून्तै हटाएको र ९३ दशमलव २ प्रतिशत भिडियो २४ घन्टाभित्र हटाएको टिकटकका प्रतिनिधिले जनाएका छन् । काठमाण्डाँैमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा टिकटकले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको थियो । कार्यक्रममा टिकटक प्रतिनिधि सिद्रा जलिलले टिकटकले नियमन गर्न बनाएको निर्देशिका… पुरा पढौ

राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

मंसिर १८ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शितल निवासमा मङ्गलबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष उक्त वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र संवर्द्धन भएमा मात्र मुलुकमा कानुनी राज्यको अवधारणा तथा बहुदलीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छ भने । “मानवअधिकारको सम्मान, संरक्षण र संवर्द्धन भएमा मात्र मुलुकमा कानुनी राज्यको अवधारणा तथा बहुदलीय लोकतान्त्रिक शासन… पुरा पढौ

रामजानकी विवाहपञ्चमी : अयोध्याबाट जनकपुरधाम आइपुगे जन्ती

मंसिर १८ धनुषा । रामजानकी विवाहपञ्चमीको अवसरमा भगवान् श्रीरामको जन्मभूमि अयोध्याबाट मङ्सिर १२ गते प्रस्थान गरेको जन्ती आज जनकपुरधाम आइपुगेको छ । करिब पाँच सय साधुसन्तको समूह रहेको सो जन्ती टोली सोमबार राति महोत्तरीको मटिहानीमा विश्राम गरेर आज जनकपुरधाम प्रवेश गरेको हो । जनकपुरधाम आइपुगेका जन्तीलाई उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले औपचारिक रूपमा स्वागत गरे । यस क्रममा सडकका दुवै किनारामा उभिएका स्थानीय बासिन्दाले ‘जय सियाराम’ को नारा लगाउँदै पुष्पवृष्टिका साथ जन्तीलाई सम्मान गरेका थिए । यसअघि महोत्तरीको मटिहानीमा नगरप्रमुख… पुरा पढौ

उपनिर्वाचनमार्फत माओवादीको ‘एजेन्डा’ र अभियान जनअनुमोदितः अध्यक्ष प्रचण्ड

मंसिर १८ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको नतिजाबाट आफ्नो पार्टीले अघि सारेका ‘एजेन्डा’ र अघि बढाउन खोजेको अभियानलाई जनअनुमोदन गरेको पुष्टि भएको बताएको छ । उपनिर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएपछि आज वक्तव्य जारी गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचित जनप्रतिनिधिको सङ्ख्या र जनमतका हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताभएका हुन् । आफ्नो नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई जनस्तरसम्म पु¥याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरका… पुरा पढौ

माओवादी केन्द्रप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेहो छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

मंसिर १८ तनहुँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपनिर्वाचनको परिणामले पार्टीमा जनताको आकर्षण रहेको प्रमाणित गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) शुक्लागण्डकी नगर कमिटीको आज दुलेगौडामा आयोजित नगरसम्मेलनको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले माओवादी सकियो भन्ने गलत भाष्य निर्माण गर्न खोजिएकामा उपनिर्वाचनको परिणामले त्यसलाई गलत सावित गरिदिएको बताए । उनले भने, “जनताको आशा र भरोसा माओवादी केन्द्रप्रति छ भन्ने पुष्टि भएको छ, माओवादी केन्द्र झनै बलियो भएर आएको छ ।” वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अब… पुरा पढौ

चीनले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने

मंसिर १८ बेइजिङ । चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी करिब रु नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भएको भेटवार्तामा राष्ट्रपति सीले नेपाललाई पाँच सय मिलियन आरएमबी अनुदान दिने घोषणा गरेका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच अत्यन्त सौहार्दपूर्णरूपमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध र हितका विविध विषयमा विस्तृत छलफल भएको जानकारी दिए । सहसचिव ढकालका अनुसार नेपाल र चीन पुराना… पुरा पढौ