देश

पुर्वानूमान वर्षाको प्रभाव: बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता

अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छभने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए । बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ… पुरा पढौ

सर्वदलीय बैठकः सबै दल, तीनै तहका सरकार र निजी क्षेत्रसमेतको समन्वयमा उद्धार, राहत र पुनःस्थापनाको काम गर्ने

असोज १३ काठमाण्डौं । अविरल वर्षाका कारण गएको बाढीपहिराले आवागमन अवरुद्ध भई गन्तव्यमा पुग्न नसकी अलपत्र परेका यात्रुलाई सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला यातायात व्यवसायी सङ्घ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पु¥याइने भएको छ । कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकले बाढीपहिरामा परी प्रभावित भएका र घाइते भएकालाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता,… पुरा पढौ

निगमले अन्तर्राष्ट्रिय उडानको टिकट लिएर छुटेका यात्रुबाट थप शुल्क नलिने

असोज १३ काठमाण्डौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएर छुटेका यात्रुबाट थप शुल्क नलिने जनाएको छ । काठमाडौँबाट २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएका तर अवरिल वर्षाका कारण निगमको अन्तर्राष्ट्रिय उडानहरू छुट्न गएका यात्रुले अक्टोबर ११ तारिखसम्म यात्रा गर्न चाहेमा थप शुल्क नलाग्ने व्यवस्था मिलाइएको जनाएको हो । प्रवक्ता रमेश पौडेलले निगमको अन्तर्राष्ट्रिय उडानमा टिकट लिएर छुटेका यात्रुलाई कुनै पनि थप शुल्क नलिने व्यवस्था मिलाइएको र यथाशीघ्र सम्पर्क गरी सो सेवा लिन… पुरा पढौ

माओवादी अध्यक्ष दाहालद्वारा दुई जनाको उद्धार गर्ने तामाङलाई सम्मान

असोज १३ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने युवा चणिकलाल तामाङलाई सम्मान गरेका छन् । आज तामाङलाई आफ्नै निवास खुमलटारमा बोलाएर उनले सम्मान गरेका हुन् । तामाङले शनिवार ललितपुर महानगरपालिका–२५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी छ वर्षीया मेघनालाई उद्धार गरेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल प¥याएको अवस्थामा तामाङले उर्लदो भेलमा हाम फालेर उद्धार गरेका थिए ।… पुरा पढौ

गण्डकीमा गठबन्धनको साझा संकल्प : गाँजालाई वैधानिकता, घरेलु मदिरालाई ब्राण्डिङ

पोखरा, असोज १३ गण्डकीमा सत्ता गठबन्धनले नीति तथा कार्यक्रमलाई नै साझा संकल्पको रुपमा अगाडि सारेका छन् । गण्डकीमा सत्ता गठबन्धनले नीति तथा कार्यक्रमलाई नै समेटेर ५९ बुँदे साझा संकल्प सार्वजनिक गरेका हुन् । कांग्रेस नेतृत्वको सरकारले पुरानै नेतृत्वको नीति तथा कार्यक्रम ल्याएको थियो । तत्कालीन समयमा प्रमुख प्रतिपक्षमा रहेको एमालेले कांग्रेसले ल्याएको सो नीति तथा कार्यक्रमलाई पुरानै कार्यक्रमको निरन्तरता भनेर टिप्पणी गरेको थियो । तर समय एकनास रहेन । कांग्रेस–एमालेबीच केन्द्रमा गठबन्धन भएपछि गण्डकीमापनि प्रतिपक्षमा रहेको एमाले सत्तापक्ष बन्यो ।… पुरा पढौ

प्राकृतिक विपदबाट हालसम्म एक सय ३२ को मृत्यु,६४ जना बेपत्ता र ६१ जना घाइते

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको सङ्ख्या एक सय ३२ पुगेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोसी प्रदेशमा १७ र मधेस प्रदेशमा दुई जनाको मृत्यु भएको छ । त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् । सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट तीन हजार छ सय २६ जनाको सकुशल उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । नेपाली सेनाको हेलिकप्टरबाट आज बिहानदेखि हालसम्म… पुरा पढौ

कृषि क्षेत्रमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्न कृषिमन्त्री अधिकारीको निर्देशन

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषिक्षेत्रमा भएको क्षति विवरण सङ्कलन गरी थप रणनीति बनाउन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका छन्। शनिबार आएको बाढीले कृषि क्षेत्रमा पारेको क्षतिका सम्बन्धमा आज कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको आकस्मिक बैठकमा मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा के–कति क्षति पु¥याएको छ यसको वास्तविक तथ्याङ्क चाँडो सङ्कलन गर्न निर्देशन दिएका हुन् । मन्त्री अधिकारीले भने, “बाढीले थुप्रै कृषिउपजमा क्षति पु¥याएको सुनिएको छ, यसलाई सम्बोधन गर्न आवश्यक छ ।” बैठकमा क्षतिको यकिन तथ्याङ्क… पुरा पढौ

असोज २५ मा बाँझापाटनमा कालरात्री फेस्टिभल

पोखरा । पोखरा १३, बाँझापाटनमा रहेको श्री सत्य युवा सेवा समितिले आउँदो असोज २५ गते १९ औं संस्करणको ‘कालरात्री म्युजिकल फेस्टिभल–२०८१’ आयोजना गर्ने भएको छ । श्री सत्य युवा सेवा समितिका अध्यक्ष हितमान गुरुङ अनुसार कालरात्री म्युजिक फेस्टिभलमा पूर्ण राई एण्ड दाजुभाइहरु,दी ड्रिमेज ब्याण्ड, नेपाल आइडलको अन्तिम ५ मा पुगेका मानव परियार, रोहनजंग कार्कीलगायतको प्रस्तुति रहने छ । सो कार्यक्रमको संचालन चाहिँ आयुष श्रेष्ठले गर्नेछन् । गीत–संगीतमार्फत् मनोरञ्जन प्रदान गर्नुका साथै युवाहरुलाई रचनात्मक कार्यमा लगाउने उद्देश्यले कालरात्री म्युजिक फेस्टिभल आयोजना… पुरा पढौ

नेपाली सेनाका दुई सहित पहिरोमा पुरिएरका चार जना अझै बेपत्ता

दोलखा, १३ असोजः दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका चार जना अझै बेपत्ता छन् । शनिबार बिहान गेट कन्ट्रोल गर्नका लागि बनाइएको दुईतले भवन माथिबाट खसेको पहिरोमा पुरिँदा नेपाली सेना गरुणदल गणका नरेन्द्रबहादुर पाल र शङ्कर चन्द, आयोजनामा कार्यरत कर्मचारीहरु नवलपरासी प्रतापपुरका ३५ वर्षे कृष्णप्रसाद चौधरी र दोलखा विगु गाउँपालिका–१ स्यालुका ३० वर्षे जयराम तामाङ बेपत्ता भएका थिए । जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले उक्त स्थानमा उद्धार टोली… पुरा पढौ

टि–ट्वान्टी क्रिकेटःनेपालले ओमानको सामना गर्दै

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ । शनिबार राति भएको उक्त शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो । ओमानको भने टि–ट्वान्टी क्रिकेट शृङ्खलामा यो पहिलो खेल हो । आज दुवै टोली शृङ्खलाको पहिलो जीतको खोजीमा छन् । यसअघि क्यानडामा भएको क्यानडा, ओमान र नेपालसम्मेलित त्रिकोणात्मक एकदिवसीय शङ्खलाको सबै खेलमा नेपाल पराजित… पुरा पढौ