देश

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा

कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य वस्तुबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरिएका मस्र्त तथा तस्वीर बुधबारदेखि नदीमा लगी सेलाइन्छ । आजका दिन… पुरा पढौ

विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छः मन्त्री भण्डारी

भदौ ३१ काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले न्यून उत्पादकत्व र कमजोर प्रतिस्पर्धाको समस्या समाधान गर्न नेपालले विदेशी लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण र व्यापार विस्तारमा ध्यान दिन जरुरी रहेको बताएका छन् । नेपाल र संयुक्त राज्य अमेरिकाबीच गठित व्यापार तथा लगानी ढाँचा सम्झौता परिषद् (टिफा काउन्सिल)को आज काठमाडौँमा सातौँ सम्मेलनको उद्घाटन समारोहमा उनले व्यापार सहजीकरणमा वृद्धि गरी नेपाली वस्तुको बजार पहुँचमा सुधार हुने अपेक्षा गरे । “नेपालको भूपरिवेष्ठित स्थिति र आर्थिक स्थितिले अन्तर्राष्ट्रिय व्यापारमा केही गम्भीर चुनौती निम्त्याएको… पुरा पढौ

सङ्घीय संसदको चालु अधिवेशन अन्त्य

भदौ ३१ काठमाण्डौं । सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु चौथो अधिवेशन आज रातिदेखि अन्त्य हुने बताए । “नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ भदौ ३० गतेको सिफारिसमा सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन २०८१ साल भदौ ३१ गते राति १२ बजेबाट लागू हुनेगरी अन्त्य भएको छ”, राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुहुँदै… पुरा पढौ

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

भदौ ३१ काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पेस भएको छ । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गरेका हुन् । मुलुकको समग्र वित्तीय प्रणाली र सहकारी क्षेत्रमा देखिएका समस्याका सम्बन्धमा कानुन विपरीत बचतकर्ताहरुको बचत रकम दुरुपयोगबारे संसदीय छानबिन समितिको माग भएबमोजिम गत जेठ १५ गते सात सदस्यीय संसदीय छानबिन विशेष समिति गठन भएको थियो । प्रतिवेदन पेस… पुरा पढौ

प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णय

भदौ ३१ काठमाण्डौँ । संवैधानिक परिषद्को आजको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले भावी प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन् । सर्वोच्च अदालतका वर्तमान प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आगामी असोज १९ गते पदावधि सकिँदैछ । न्याय परिषद्ले रिक्त प्रधानन्यायाधीश पदमा वरिष्ठतम् न्यायाधीशमध्येबाट नाम सिफारिस गरेर संवैधानिक परिषद्मा पठाएको थियो । आज सिफारिस भावी प्रधानन्यायाधीश… पुरा पढौ

गण्डकीकी संस्थापक प्रेस रजिस्टार भण्डारीले सम्हालिन् कार्यभार

पोखरा, भदौ ३१ गण्डकी प्रदेशकी संस्थापक प्रेस रजिष्टार बिमला भण्डारीले सपथ लिएकी छिन् । गण्डकी प्रदेशमा आमसञ्चार ऐन आएपछि पहिलो प्रेस रजिष्टार बनेकी भण्डारीले सोमबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष सपथ खाएकी हुन् । सपथग्रहण लगत्तै उनले कार्यभार सम्हालेकी छिन् । यससँगै गण्डकीमा प्रेस रजिस्टारको कार्यालयले औपचारिक रुपमा काम थालेको छ । प्रेस रजिष्टार नियुक्त गर्ने र सो को कार्यालय स्थापना गर्ने गण्डकी प्रदेश दोश्रो प्रदेश बनेको छ । यसअघि वागमती प्रदेशले मात्रै प्रेस रजिष्टार नियुक्त गरेको थियो । प्रेस रजिष्टारले… पुरा पढौ

गण्डकी प्रादेशिक क्रिकेट संघका साधारण सभामा खेलाडी, प्रशिक्षक र व्यवस्थापक सम्मानित

पोखरा, भदौ ३१ गण्डकी प्रादेशिक क्रिकेट संघको साधारण सभामा खेलाडीहरुलाई सम्मान गरिएको छ । संघले साधारण सभाको अवसरमा क्रिकेट खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको हो । कार्यक्रममा नेपाल–ए टिमका खेलाडी तथा गण्डकीका कप्तान विपीन खत्री, यू–१९ को एसिया कप खेलेर फर्किएको दीपक डुम्रे, सुवास भण्डारी र अर्जुन कुमाललाई जनहि १०÷१० हजारसहित सम्मान पत्रले सम्मान गरिएको हो । सम्मानित खत्री, भण्डारी र कुमाल कास्कीका हुन् भने डुम्रे नवलपुरका हुन् । त्यस्तै संघले महिला एसिया कप त्रिकेटमा नेपाली टिमको सहायक प्रशिक्षका रुपमा… पुरा पढौ

व्यवस्थापनका अब्बल विद्यार्थीलाई प्रतिभा माविको सम्मान

पोखरा, भदौ ३१विभिन्न विश्वविद्यालय र कलेजले लिएको व्यवस्थापन संकाय अन्तर्गत स्नातकतहको प्रवेश परीक्षामा उत्कृष्टता हाँसिल गरेका प्रतिभा माविका विद्यार्थीलाई सोमबार विद्यालयले सम्मान गरेको छ । पूर्ण छात्रवृत्ति सहित प्रवेश परीक्षा उत्तिर्ण गरेका प्रतिभाका ९३ जना विद्यार्थी सोमबार सम्मानित भएका थिए । सम्मानित विद्यार्थीले प्रतिभा माविबाट १२ कक्षा उत्तिर्ण गरेका थिए । व्यवस्थापन संकाय अन्तर्गत बिआइटी, बिएससी सिएसआईटी, सिए, बिबिए, बिएचएम, बिसिएस, बिआईएममा ती विद्यार्थीले पूर्ण छात्रवृत्ति सहित प्रवेश परीक्षा उत्तिर्ण गरेका थिए । विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, विद्यालयका… पुरा पढौ

नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो

यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५० अङ्कले घटेको नेप्से परिसूचक आज ५७ दशमलव ०३ अङ्कले घटेको छ । नेप्से परिसूचक दुई दशमलव १६ प्रतिशतको गिरावटपछि आज दुई हजार पाँच सय ८० दशमलव ७६ को बिन्दुमा झरेको छ । परिसूचक करिब दुई महिनापछि दुई हजार पाँच सयको बिन्दुमा ओर्लिएको हो । आज विभिन्न तीन सय १२ कम्पनीका एक करोड ७० लाख ६१ हजार आठ सय सात कित्ता शेयर ९२… पुरा पढौ

सुनको मूल्यमा नयाँ कीर्तिमान, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु पाँच सयले वृद्धि भई कीर्तिमान कायम गरेको छ । महसङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ५७ हजार तीन सय निर्धारण भएको छ जबकी आइतबार प्रतितोला रु एक लाख ५६ हजार आठ सयमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले… पुरा पढौ