देश

गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका आठ चरा

गुल्मी । रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन् । नेपाल पक्षी संरक्षण सङ्घले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा फेलापरेका सङ्घका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए । मदाने वन क्षेत्रमा भेटिएका थप नयाँ प्रजातिका चरामा चाकासूचक, कालोकण्ठे भुइँरोबिन, श्यामश्वेत अर्जुनक, कालो बुङ्गेचरी, आली चुइँया र हिमाली लेकचरी र रेसुङ्गा वन क्षेत्रमा सानो सेतो बकुल्ला नामको नयाँ प्रजाति फेला परेको परियोजना अधिकृत पन्थीले बताए । वर्षमा दुईपटक म्याकिनन्स… पुरा पढौ

बालुवा उत्खनन र चोरी निकासी रोक्न सांसदहरुको माग

साउन २९ काठमाण्डौं । सांसद राजेन्द्रप्रसाद पाण्डेले गैरकानुनी रुपमा बालुवा उत्खनन र चोरी निकासी गर्ने गिरोहलाई कारबाहीको माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले वर्खामा अवैधरुपमा त्यस्ता गतिविधि बढेकाले रोक्नुपर्नेमा जोड दिए । सांसद असिम शाहले अधिकांश युवाहरु विदेशीने गरेको उल्लेख गर्दै स्वदेशमै रोजगारीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।ख सांसद रामप्रकाश चौधरीले मधेस प्रदेशमा बजेट पनि कम भएको र गरिबीको रेखामुनि धेरै जनता भएर प्रदेश हरेक कुरामा पछाडि परेको बताए । सांसद प्रेम सुवालले नेपालीले विदेशमा सम्पत्ति राख्न… पुरा पढौ

युवालाई उद्यमशील बनाउने योजना बन्दैछन्ः प्रधानमन्त्री

साउन २९ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज काठमाण्डौंमा आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा उनले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति बढाउन सरकार क्रियाशील रहेको बताएका हुन् । देशमा रोजगारीका अवसर नहुँदा युवावर्ग विदेशिने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्ने जोखिम रहेकाले युवाहरूलाई यसतर्फ सोच्न आग्रह गरे । उनले हाल जनसङ्ख्या वृद्धि दर… पुरा पढौ

सबै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने सरकारको घोषणा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् । विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेहरुलाई आज सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि अङ्गदान केन्द्र स्थापनाको विषय समेटिएको बताए ।“मानव अंगदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उपकेन्द्र सञ्चालन हुनेछन्”, उनले भने, “तत्काल कोशी प्रदेशबाट यो काम थालिनेछ ।” भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अङ्ग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने तयारी… पुरा पढौ

हिमालय एयरलाइन्सले भदौ ४ गतेदेखि कुवेतमा पुनःउडान गर्ने

साउन २८ काठमाण्डौँ । हिमालय एयरलाइन्सले आगामी भदौ ४ गतेदेखि कुवेतमा सिधा उडान पुनःसुरु गर्ने भएको छ । कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले आफ्नोे सिधा उडान पुनःसञ्चालन गर्न लागेको हो । यसअघि एयरलाइन्सले सन् २०२२ को १५ जुलाईमा कुवेतमा उडान भर्न सुरु गरेको भए पनि बीचमा प्राविधिक कारण देखाई स्थगन गरेको थियो । काठमाडौँ–कुवेत–काठमाडौँमा पुनःसुरु गरिएको उडानले पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने एयरलाइन्सले विश्वास लिएको छ । एयरलाइन्सका लागि कुवेतका लागि जनरल… पुरा पढौ

पार्टीभित्र भइरहेको बहसले राम्रै गरेको छः अध्यक्ष प्रचण्ड

साउन २८ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र भइरहेको बहसले राम्रै गरेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले पार्टीभित्रको बहसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए । पार्टीभित्र पुस्तान्तरणको विषयमा बहस सुरु भएको सन्दर्भमा सञ्चारकर्मीले सोधेको जिज्ञासमा उनले भने, “केही हुँदैन, सबै मिलेर जान्छ । तपाईंहरुलाई हो टेन्सन, हामीलाई केही छैन ।” पार्टी केन्द्रीय कार्यालयमा जारी स्थायी समितिको बैठकमा आज पाँच जना नेताहरुले पार्टी निर्माण, साङ्गठनिक संरचना, समसामयिक… पुरा पढौ

सिमलताल घटनाका पीडित परिवारलाई राहतका लागि आवश्यक कागजात पेस गर्न प्रशासनको अनुरोध

साउन २८ पर्सा । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरामा परेर हराइरहेको एञ्जल डिलक्स बसमा सवार मृतक तथा बेपत्ताका परिवारलाई राहतका लागि आवश्यक कागजात पेस गर्न जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज सार्वजनिक सूचना जारी गरी यहाँका चार वटा स्थानीय तहलाई आफ्नो पालिकाका मृतक र बेपत्ता भएका परिवारलाई राहत रकमको लागि आवश्यक कागजातसहित सिफारिस गर्नसमेत अनुरोध गरेको छ । विसं २०८१ असार ३१ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले बाढीपहिरो जस्ता विपद्जन्य घटनाका कारण… पुरा पढौ

कांग्रेस केन्द्रीय समितिको अर्काे बैठक भदौ ७ गते

साउन २८ काठमाण्डौँ । यही साउन २३ गतेदेखि प्रारम्भ भएकोे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न ११ प्रस्तावित विषयमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेक्रम जारी छ । मङ्गलबारदेखि सङ्घीय संसद्का बैठक नियमित भएका र आगामी साता विभिन्न चाडपर्व भएकाले कांग्रेसले अर्काे बैठक आगामी भदौ ७ गते बिहान ११ बजेका लागि निर्धारण गरिएको पार्टी कार्यालयले जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा आज केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, डा मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता परियार, प्रदीप… पुरा पढौ

यूवा दिवसको अवसरमा ६ युवालाई एमाले कास्कीको सम्मान

साउन २८ पोखरा । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेकपा (एमाले)कास्कीले विभिन्न क्षेत्रका ६ जना युवालाई सम्मान गरेको छ । पोखरामा सोमबार आयोजित कार्यक्रममा गायन, स्वास्थ्य, शिक्षा, खेलकुद र कानुन क्षेत्रका गरेर ६ जनालाई सम्मान अवार्ड दिएर सम्मान गरिएको हो । सम्मानित हुनेमा नेपाल आइडलका विजेता करण परियार,फर्स्ट रनरअप सलोमी गुरूङ, राष्ट्रिय भलिबल टोलीकी कप्तान अरूणा शाही, डाक्टर विकास गौचन, प्राध्यापक शुष्मा रञ्जित र अधिवक्ता कुञ्जनी परियार प्यासी छन् । सम्मानित भएका करण बर्दियाका हुन् भने बाँकी पाँच जना कास्कीसहित गण्डकी… पुरा पढौ

पोखरामा भएको स्कुल बस दुर्घटनाको प्रतिवेदन : विहान ८ः३० अगाडि स्कुल बस सञ्चालनमा रोक, गति कम गर्न सुझाव

पोखरा, साउन २८ पोखरामा केहि दिन अघि भएको स्कुल बस दुर्घटना ब्रेक फेल भएका कारण भएको निश्कर्ष निकालिएको छ । पोखरा महानगरपालिकाले गठन गरेको स्कुल बस दुर्घटना अध्ययन समितिले पोखरा–१७ विरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको ग.१क.६२१९ नम्बरको बस ब्रेक फेल भएका कारण दुर्घटनामा परेको निश्कर्षसहितको प्रतिवेदन बुझाएको हो । यहि साउन १४ गते पोखरा–२१ रामदीबाट विरौटातर्फ आउने क्रममा विहान ८ः५० बजे डुङ्खु मोडमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । सो दुर्घटनामा एकै परिवारका आमा छोरासहित दुई जनाको मृत्यू भएको थियो… पुरा पढौ