देश

मधेश प्रदेशका चार स्थानीय तहमा खाद्य तथा पोषण कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस प्रदेशको थप चारवटा स्थानीय तहमा बाढी प्रभावितका लागि सङ्घीय सरकारद्वारा खाद्य तथा पोषण सुरक्षा कार्यक्रम विस्तार गरिएको छ । विश्व बैङ्कको सहयोगमा उक्त कार्यक्रम विस्तार गरिएको हो । मधेस प्रदेशको चारवटा जिल्लामा सो कार्यक्रम कार्यान्वयनमा थियो । हालै धनुषा र महोत्तरीको बाढी प्रभावित गाउँपालिकाका गरिब तथा विपन्न किसानलाई लक्षित गरी कार्यक्रम विस्तार गरिएको हो । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर एकाइ धनुषाका वरिष्ठ कृषि विकास अधिकृत युगलकिशोर तिवारीका अनुसार महोत्तरीको सम्सी, सोनमा र धनुषाको वटेश्वर… पुरा पढौ

जनप्रिय क्याम्पसलाई जग्गा उपलब्ध गराउन पहल गर्ने मन्त्री थापाको आस्वासन

पोखरा, २७ आइतबारगण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले जनप्रिय बहुमुखी क्याम्पसको भौतिक पूर्वाधारका लागि आवश्यक जग्गा उपलब्ध गराउन पहल गर्ने बताए ।क्याम्पसद्वारा आइतबार आयोजित स्वागत सम्मान कार्यक्रममा बोल्दै थापाले भने, ‘आफ्नै वडामा रहेको गुणस्तरीय र व्यावसायिक शिक्षा प्रदान गर्दै आएको क्याम्पसको सिनेटरका हैषियतले पनि आवश्यक जग्गा उपलब्ध गराउँछु । पदमा भए पनि नभएपनि क्याम्पसलाई सहयोग गुर्न मेरो दायित्व हो ।’ उनले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरी संघ सरकारको क्याबिनेटसम्म पहल गर्ने बताए । क्याम्पस सञ्चालक समितिका… पुरा पढौ

पेरिस ओलम्पिकमा सन्तोषी ७९औँ स्थानमा

काठमाडौँ । पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला म्याराथन विधामा नेपाली धाविका सन्तोषी श्रेष्ठले ७९औँ स्थान हासिल गरेकी छिन् । फ्रान्सको राजधानी पेरिसमा आज सम्पन्न स्पर्धामा सन्तोषीले निर्धारित दूरी दुई घण्टा ५५ मिनेट ६ सकेन्डको समय लगाउँदै पुरा गरिन् । ‘वाइल्ड कार्ड’मार्फत उनले पहिलो पटक ओलम्पिकमा सहभगिता जनाएकी हुन् । महिला म्याराथनमा ९२ धाविकाले प्रतिस्पर्धा गरेका थिए । उक्त विधाको उपाधि भने नेदरल्यान्ड्सकी सिफान हसनले जितेकी छिन् । उनले निर्धारित दूरी दुई घण्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गरिन् । यस्तै,… पुरा पढौ

नेप्सेमा परिसूचक ९४ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हालसम्मकै उच्च रकम कारोबार भएको छ । आज नेप्से परिसूचकमा उल्लेख्य वृद्धि देखिँदा कारोबार रकम उच्चतम विन्दुमा पुगेको हो । आज नेप्से परिसूचक ९४ दशमलव ५३ अङ्कले बढेर दुई हजार आठ सय ६० दशमलव ९१ को विन्दुमा कायम भएको छ । यो तीन दशमलव ४१ प्रतिशतको वृद्धि हो । तीन सय ३० कम्पनीको छ करोड तीन लाख २१ हजार तीन सय २३ कित्ता शेयर दुई लाख ७५ हजार दुई सय सात पटक खरिद… पुरा पढौ

एभरेस्टकर्मी दीपेन्द्र श्रेष्ठ कञ्चन पत्रकारिता पुरस्कारबाट सम्मानित

एभरेस्टकर्मी दीपेन्द्र श्रेष्ठ कञ्चन पत्रकारिता पुरस्कार–२०८१ बाट सम्मानित भएका छन्। नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित सो पुरस्कारबाट एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमका सम्पादक श्रेष्ठ सम्मानित भएका हुन्। सो अवसरमा नवलपुरकी पत्रकार कमला रानामगरपनि सम्मानित भइन्। फोनिजको स्थापना दिवसको अवसरमा आईतबार सुईखेतको रिभर भ्याली रिसोर्टमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, तमुधीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष कर्मकुमारी गुरुङ लगायतले सम्मान गरेका थिए । पुरस्कारको राशी जनही २५ हजारसहित दोसल्ला र सम्मान पत्र छ । पोखराका… पुरा पढौ

पोखरामा सम्पन्न लाखे नाच प्रतियोगितामा मोहरिया सिंहनाथ टोल प्रथम

पोखरामा भएको लाखे नृत्य प्रतियोगीताको उपाधि मोहरिया सिंहनाथ टोल समितीले जितेको छ । नेवाः खल पृथ्वीचोक कचा:को आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा मोहरिया सिंहनाथ टोल प्रथम भएको हो । प्रतियोगितामा रामकृष्ण टोल ल्याम्ह पुच दोस्रो भएको छ भने समाज कल्याण नेवा खल राजाको चौतारा तेस्रो भएको छ । प्रतियोगितामा गैह्रापाटन नेवा समाजले सान्त्वना स्थान प्राप्त गर्यो । प्रतियोगितामा २० टिमले सहभागिता जनाएका थिए । पुरा पढौ

आजको मौसम: देशभर मनसुनी वायुको प्रभाव

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा आज पनि सरदर स्थान आसपास रहेको छ । मनसुनी वायुको प्रभावका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेश र… पुरा पढौ

कसले शिलान्यास गर्ने भन्ने विवादले गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शिलान्यास कार्यक्रम स्थगित

पोखरा, साउन २५ को प्रमुख अतिथि बन्ने भन्ने विवादले गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शिलान्यास कार्यक्रम रोकिएको छ । गण्डकी विश्वविद्यालयले पोखरा–३२ मालमुल, स्यालटहरोमा निर्माण गर्न लागेको मुख्य प्रशासनिक भवनको शुक्रबार शिलान्यास गर्ने कार्यक्रम थियो । शिलान्यास गर्न नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ विहीबार नै पोखरा आएका थिए । तर अन्तिम समयमा शिलान्यास मन्त्री गुरुङले गर्ने कि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने भन्ने विवाद भएपछि शिलान्यास कार्यक्रम नै स्थगित भएको हो । गण्डकी विश्वविद्यालयले शिलान्यासका लागि… पुरा पढौ

महिला भलिबल फ्रेन्चाइज लिग टोलीको नाम सार्वजनिक

काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको महिला भलिबल फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग टोलीको नाम आज सार्वजनिक भएको छ । इन्फिनिटी ड्रिम्सद्वारा यहाँ आयोजित कार्यक्रममा प्रतियोगितामा विभिन्न छ फ्रेन्चाइज टोलीको सहभागिता हुने जानकारी दिइयो । जसमा काठमाडौँ, ललितपुर, गण्डकी, चितवन, कर्णाली र मधेसबाट टिम राखिएको छ । इन्फिनिटी ड्रिम्सले महिला फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल सङ्घसँग सात वर्षका लागि यसअघि नै सम्झौता गरिसकेको छ । लिग गरेवापत कम्पनीले भलिबल सङ्घलाई वार्षिक रु २५ लाख दिनेछ । उक्त… पुरा पढौ

पोखरामा डेंगुको जोखिम बढ्यो, बुधबार एकै दिन ४५ विरामी थपिए

पोखरा, साउन २४ पोखरामा डंगुको जोखिम बढेको छ । पोखरामा दिनहुँ डेंगु संक्रमितको संख्या बढेसँगै जोखिमपनि बढेको हो । यसअघिपनि पोखरा डेंगुको हट स्पट बनिसकेको ठाउँ हो । यस वर्षपनि संक्रमितको संख्या बढ्न थालेको भन्दै पोखरा महानगरपालिकाले सतर्कता अप्नाउन आग्रह गरेको छ । पोखरामा पछिल्लो चार महिनामा डेंगु संक्रमितको संख्या ३ सय ७१ पुगिसकेको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले पछिल्लो २४ घण्टामा ४५ जना डेंगुको संक्रमित थपिएको जानकारी दिए । पोखराकोपनि कोर सिटी… पुरा पढौ