पोखरा, असार ३० रोजगारीको शिलशिलामा ईजराईल गएर फर्किएका पोखरेलीहरुको साझा संस्था ईजराईल रिटर्न पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ चयन भएका छन् । केहि समय अघिमात्र गठन भएको समाजको प्रथम अधिवेशनले तदर्थ समितिका संयोजक श्रेष्ठलाई नै अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा तदर्थ समितिकै उपाध्यक्ष सुनिता पन्त पौडेल चयन भएकी छन् । पौडेल होटल व्यवसायी महासंघकी केन्द्रीय सदस्य हुन् । त्यस्तै, समाजको सचिवमा अर्जुनप्रसाद पौडेल, सहसचिवमा दीपा शर्मा चापागाईं, कोषाध्यक्षमा सूर्यनाथ ढुंगाना र सहकोषाध्यक्षमा मेनुका क्षेत्री चयन भएका छन् । यसैगरी…
पुरा पढौ