देश

विश्वकप क्रिकेटः भोलि नेपालले दक्षिण अफ्रिकासंग खेल्दै

जेठ ३२ काठमाण्डौं । अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ अन्तर्गत नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाको सामना गर्दैछ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनेछ । नेपालले दक्षिण अफ्रिकासँग सिनियर टोलीमा पहिलोपटक खेल्न लागेको हो । नेपाललाई विश्वकपको दोस्रो चरणमा पुग्नका लागि पनि दक्षिण अफ्रिकाविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ । विश्वकपमा दक्षिण अफ्रिका समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ ।… पुरा पढौ

पोखराको पर्यटन पूर्वाधार निर्माणमा बजेट अनुदार देखियो : सांसद भट्टराई

जेठ ३१ पोखरा । कास्की क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले सरकारले भर्खरै विनियोजन गरेको बजेट पोखराको पर्यटन पूर्वाधार निर्माण , अन्तराष्ट्रीय उडान र खानेपानी समस्याको सम्वन्धमा अनुदार देखिएको बताएकी छन् । भट्टराईले भर्खर मात्र पोखरा पर्यटकिय राजधानी घोषणा भैसकेको अवस्थामा सो विषयले बजेटमा प्राथमिकता नपाउनु दुखद भएको भन्दै पोखरामा अन्तराष्ट्रीय उडान संचालन गर्ने कुनै ठोस योजना नसमेटिनु चिन्ताको बिषय भएको उल्लेख गरिन् । भट्टराईले शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ को वन तथा… पुरा पढौ

फ्लोर क्रस गर्ने देवकोटा पदमुक्त

पोखरा, जेठ ३२ फ्लोर क्रस गर्ने गण्डकी प्रदेश सभा सदस्य फडिन्द्र देवकोटा पदमुक्त भएका छन् । फ्लोर क्रस गरेर कांग्रेस मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका हुन् । प्रदेश सभाको शुक्रबारको बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको जानकारी गराए । यसअघि देवकोटालाई नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले कारवाही गर्ने निर्णय गरेको थियो । मंगलबार स्पष्टिकरण सोधेको माओवादीले शुक्रबार कारवाही गर्ने निर्णय गरेर प्रदेश सभा सचिवालयलाई जानकारी गराएको थियो । पदमुक्त… पुरा पढौ

पृथ्वीराजमार्गमा सवारी दुर्घटनाः घाइते २० मध्ये पाँचजना गम्भीर

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ । नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो । कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको एकजना प्रत्यक्षदर्शीले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन् । बसमा… पुरा पढौ

क्रिकेट संघ कास्कीलाई थाहै नदिई प्रदेश स्तरीय पुरुष क्रिकेट प्रतियोगितामा सहभागिता जनाउँदै कास्की

पोखरा, जेठ ३० पोखरामा शुक्रबारदेखि प्रदेश स्तरीय पुरुष क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा हुने प्रतियोगितामा गण्डकी प्रदेशका ८ वटा जिल्लाका टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगितामा कास्की जिल्लालेपनि सहभागिता जनाउँदैछ । तर प्रतियोगितामा सहभागिताबारे कास्की जिल्ला क्रिकेट संघ बेखबर छ । किनकी जिल्ला खेलकुद विकास समितिले क्रिकेट संघलाई जानकारी नै नदिई टिम पठाएको छ । प्रतियोगिता आयोजक गण्डकी खेलकुद परिषदले क्रिकेट संघ सँगको समन्वयमा खेलाडी छनौट गरेर टिम पठाउन भनेपनि जिल्ला खेलकुद समितिले एकल रुपमा मनोमानी… पुरा पढौ

नेप्सेमा उच्च अङ्कको कारोबार

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिँदा कारोबार रकम भने उच्च देखिएको छ । नेप्से परिसूचक छ दशमलव ३७ अङ्कले बढेर दुई हजार एक सय २१ दशमलव ६२ को विन्दुमा कायम भएको छ । आज तीन सय १२ कम्पनीको एक करोड २९ लाख ५० हजार चार सय सात कित्ता शेयर ७४ हजार आठ सय ५८ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ८९ करोड ४० लाख ८९ हजार दुई सय ४५ बराबरको कारोबार भएको छ ।… पुरा पढौ

अधिकारकर्मीहरु भन्छन्ः दलितमाथि विभेदसँगै हिंसा हुन थाल्यो

काठमाडौं । दलितमाथि पछिल्लो समय विभेदभन्दा पनि हिंसा हुन थालेको दलित अधिकारकर्मीहरुले टिप्पणी गरेका छन् । कुनैबेला छोईछिटो गर्नेसम्मको मात्रै विभेद गर्ने समाजले पछिल्लो समय दलितलाई मार्ने सम्मको क्रियाकलाप गर्न थालेकोप्रति उनीहरुले चिन्ता व्यक्त गरेका छन् । दलितका लागि दलित अभियान नेपालले दैलेखमा गरेको विशेष जागरण सभामा अधिकारकर्मीहरुले दलितहरुले आफ्नो न्यायको लडाँई एकताबद्ध भएर लड्नुपर्ने बेला आएको बताएका हुन् । कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिस्वकर्माले मानिसलाई जबर्जस्ति दलित बनाएर राज्यले अपराध गरेको बताए । उनले दलितको समस्या… पुरा पढौ

राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनकमा भाग लिन जेनेभा प्रस्थान

जेठ २९ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ उच्चस्तरीय बैठकको उद्घाटनसत्रमा हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको मञ्चमा भाग लिन आज अपराह्न जेनेभा प्रस्थान गरेका छन् ।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिदाइ गरे । त्यसअवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो ।राष्ट्रपतिको बिदाइका लागि विमानस्थलमा राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ… पुरा पढौ

नेपालले विश्वकपको दोस्रो खेल श्रीलङ्कासँग खेल्ने

जेठ २९ काठमाण्डौं । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफनो दोस्रो खेलमा नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार भोलि बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ । सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलङ्का पहिलो पटक आमनेसामने हुन लागेका हुन । त्यसो त उमेर समूहमा भने यी दुई टोलीबीच पटक–पटक भेट भएको थियो । नेपालले टेष्ट राष्ट्र श्रीलङ्कालाई हराउँदै आफनो विश्वकप यात्रालाई अगाडि बनाउने कोसिसमा रहनेछ… पुरा पढौ

‘पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं’ र ‘पहिले घरदेश अनि परदेश कार्यक्रम सञ्चालन गरिने

प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि पोखरालाई केन्द्र बनाएर ‘पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं’ कार्यक्रम लागू गर्ने जनाएको छ । गण्डकी प्रदेश सरकारले मंगलबार ल्याएको नीति तथा कार्यक्रममा सो कार्यक्रम लागु गर्ने उल्लेख भएको हो । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएकाले सोहि अनुरुप नीतिगत सुधार एवम् पर्यटनमैत्री वातावरण निर्माणमापनि जोड दिईने नीति तथा कार्यक्रममा उल्लेख छ । उसले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘पहिले घरदेश अनि परदेश कार्यक्रम सञ्चालन गर्नेपनि जनाएको छ । जसका लागि पर्यटकीय गन्तव्यको पहिचान, पर्यटकीय उपजको विविधिकरण,… पुरा पढौ