देश

गाँजा खेतीका लागि गण्डकी प्रदेशले आवश्यक कानून बनाउने

गण्डकी प्रदेशले गाँजा खेतीको आवश्यक कानूनी व्यवस्था गर्ने जनाएको छ । गण्डकी प्रदेश सरकारले मंगलबार ल्याएको नीति तथा कार्यक्रममा गाँजा खेतीका लागि आवश्यक कानून बनाईने उल्ल्ेख छ । तर औषधीजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनका लागि यस्तो व्यवस्था गर्न लागिएको प्रदेश प्रमुख डिल्लीराज भट्टले बताए । सरकारले माटो परीक्षण तथा मलको गुणस्तर नियमन सम्बन्धी कार्यक्रमलाई थप सघन बनाउन ‘मोवाइल माटो अस्पताल’ सञ्चालन गर्नेपनि जनाएको छ । यसैगरी एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री स्मार्ट कृषि फर्मको सम्भाव्यता अध्ययन गरी सामुहिक… पुरा पढौ

पर्यटन प्रवद्र्धनका लागि ‘राउण्ड फेवा, भ्यू फेवा’ र चंखपुरदेखि मग्रेबगरसम्म ट्रस ब्रिज निर्माणका लागि पहल गरिने

प्रदेश सरकारले फेवाताल वरीपरीको पदमार्गलाई प्रवद्र्धनका लागि ‘राउण्ड फेवा, भ्यू फेवा’ कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रदेशको नीति तथा कार्यक्रममा सो कार्यक्रमलाई निरन्तरता दिइएको हो । त्यस्तै, फेवाताल सिरानको चंखपुरदेखि मग्रेबगरसम्म पर्यटकीय आकर्षणका रुपमा ट्रस ब्रिज निर्माणका लागि पहल गर्ने जनाएको छ । प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि पोखरालाई केन्द्र बनाएर ‘पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं’ कार्यक्रम लागू गर्ने जनाएको छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएकाले सोहि अनुरुप नीतिगत सुधार एवम् पर्यटनमैत्री वातावरण निर्माणमापनि जोड दिईने नीति तथा… पुरा पढौ

गण्डकीमा ‘अर्गानिक गाउँ’ बनाईने, बाँदरले गर्ने क्षेती कम गर्न ‘कृषि हेरालो’ राखिने

गण्डकी प्रदेशले अर्गानिक गाउँ निर्माण गर्ने जनाएको छ । गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा अर्गानिक गाउँ निर्माण गर्ने उल्लेख गरिएको हो । जसका लागि नमूना गाउँ छनौट गरिने र तीमध्ये उपयुक्त स्थानलाई अर्गानिक गाउँ घोषणा गरेर राष्ट्रिय अन्र्तराष्ट्रिय बजारसँगको आबद्धता स्थापित गरिने प्रदेश प्रमुख डिल्लीराज भट्टले बताए । त्यस्तै, सरकारले बाँदरबाट हुने क्षेत्री न्यूनिकरणका लागि ‘कृषि हेरालो’को व्यवस्था गर्ने भएको छ । बाँदरको अतिक्रमबाट अत्यन्त प्रभावित क्षेत्रमा बालीनालीको संरक्षण गर्न समुदाय, स्थानिय तह र प्रदेश सरकारको साझेदारीमा कृषि हेरालो कार्यक्रम… पुरा पढौ

पुरानै योजना र कार्यक्रमलाई निरन्तरता दिदै ल्यायो गण्डकीले नीति तथा कार्यक्रम

पोखरा, जेठ २९ गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पुरानै ढर्रामा आएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पुरानै योजना र पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको हो । गण्डकीको नीति तथा कार्यक्रममा पूर्वाधारतर्फ प्रदेश गौरव, प्रादेशिक लोकमार्ग, स्थानिय तहको केन्द्र जोड्ने, एक निर्वाचन क्षेत्र ः एक सडक कार्यक्रमलाई निरन्तरता दिइएको छ । साथै सो सडक अन्तर्गत पर्ने क्षेत्रमा सडक पुल निर्माणका लागि प्राथमिकता दिईनेपनि जनाइएको छ । यसैगरी, पोखरामा सुविधा सम्पन्न… पुरा पढौ

विश्वासको मत दिएका मनाङे र फडिन्द्रलाई मन्त्री पद उपहार

पोखरा, जेठ २९ गण्डकी प्रदेशमा मन्त्री परिषद बिस्तार भएको छ । विश्वासको मत पाएको भोलिपल्टै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री परिषद बिस्तार गरेका हुन् । मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिने स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङे र फ्लोर क्रस गरेर विश्वासको मत दिएका नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद फडिन्द्र देवकोटालाई मन्त्रीमा नियुक्त गरेका हुन् । नियुक्त भएका मन्त्रीहरुले मंगलबार सपथग्रहण गरेका छन् । उनीहरुलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सपथ खुवाएका हुन् । मुख्यमन्त्री पाण्डेले मन्त्रीहरुको कार्य विभाजनसमेत… पुरा पढौ

फिफा विश्वकप २०२६ छनोटः आज नेपाल र यमन भिड्ने

काठमाडौँ । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । साउदी अरेबियाको दमामको प्रिन्स मोहमद बिन अफद मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ११ः४५ बजेदेखि सुरु हुनेछ । यमनले आफ्नो होम गेम साउदी अरेबियामा सारेको हो । विश्वकप छनोटको दोस्रो चरणमा लगातार पराजित नेपाल आज यमनविरुद्धको खेलमा पहिलो जितको खोजीमा मैदानमा उत्रनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आफ्नो टोलीले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । त्यस्तै नेपाली… पुरा पढौ

ग्रामीण जनजीवनलाई जीवित राखेका बागलुङको दिजगाउँ

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिजगाउँले ग्रामीण जनजीवनलाई जीवित राखेको छ । ढोरपाटन नगरपालिका–९ मा पर्ने यो गाउँ शान्त वातावरण, स्वच्छ हावापानी र मनोरम प्राकृतिक सुन्दरताले भरिए पनि विकासका हिसाबले भने निकै पछाडि परेको छ । तर पनि यहाँको मौलिकताले पर्यटकलाई पर्खिरहेको छ । दिजगाउँ प्रकृति र मौलिकतासँग रमाउन चाहनेका लागि उत्कृष्ट गन्तव्य हो । ढोरपाटन उपत्यका हुँदै निसेलढोर जाने सडकको पारिपट्टि रहेको यस गाउँका स्थानीयको आफ्नै परम्परा, कला, संस्कृति र रीतिरिवाज छन् । मगर समुदायको… पुरा पढौ

वर्तमान सत्ता गठबन्धन पूरा कार्यकाल जान्छ : प्रधानमन्त्री प्रचण्ड

जेठ २८ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकालसम्म जाने विश्वास व्यक्त गरेका छन् । भारतको दुईदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धन पूरा कार्यकाल जाने बताएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल आइतबार भारत भ्रमणमा गएका थिए । भारत भ्रमणका क्रममा राजदूत फिर्ता गरिएका विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले त्यसलाई संयोगको सङ्ज्ञा दिए । उनले… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय फुटबलको उपाधि कास्कीलाई

जेठ २८ पोखरा । गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्की जिल्लाले जितेको छ । पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनलमा तनहुँलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधि संगै कास्कीले नगद २ लाख जितेको छ भने उपविजेता तनहुँले नगद १ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ । निर्धारित समयमा दुबै टिम गोल गर्न असफल बने पछि खेल टाइब्रेकरमा धकेलिएको थियो । कास्कीकातर्फबाट सरोज गुरुङ, योगेश गुरुङ, आर्यन गिरी र आयूष्मान गुरुङले गोल गर्दा राजकुमार कुंवरको… पुरा पढौ

राष्ट्र समृद्ध बनाउन एकताबद्ध निर्णायक शक्ति आवश्यक छ : अध्यक्ष ओली

जेठ २८ काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र समृद्ध बनाउन एकताबद्ध राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताएका छन् । धुलिखेलमा आज आयोजित एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीको ११औँ अधिवेशन उद्घाटन गर्दै उनले एकताबद्ध राष्ट्रिय शक्ति निर्माण नभएसम्म समृद्धिको अभियानमा व्यवधान गर्नेलाई परास्त गर्न नसकिने बताए । उनले ‘मिसन ०८४’ मार्फत राष्ट्रिय शक्ति निर्माण गर्ने सङ्कल्पसहित एमालेले अभियान सुरुआत गरिसकेको बताए । “राष्ट्रिय शक्ति निर्माण नभएसम्म सुशासनसहितको समृद्धि प्राप्त गर्न सकिँदैन, त्यसैले निर्णायक तहमा राष्ट्रिय शक्तिको… पुरा पढौ