देश

भारत भ्रमण पुरा गरि प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

जेठ २८ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, सांसद, सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीलगायतले स्वागत गरे । प्रधानमन्त्री प्रचण्डको स्वागतमा नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सरिक हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार अपराह्न नयाँदिल्ली प्रस्थान गरेका थिए… पुरा पढौ

असार दोस्रो साताभित्र एसइईको नतिजा आउने

जेठ २८ काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए । उनले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी अन्य काम तीव्र गतिमा भइरहेका बताए । “हामीले उत्तरपुस्तीका परीक्षण र अङ्क अभिलेखको काम सकेका छौँ । प्राविधिक त्रुटि नदेखिए केही दिन अगाडि… पुरा पढौ

फडिन्द्रले फ्लोर क्रस गरेपछि पाण्डेले पाए विश्वासको मत

पोखरा, जेठ २८ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा)का प्रदेश सभा सदस्य फडिन्द्र देवकोटाले फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका हुन् । पाण्डेलाई सत्तारुढ नेपाली कांग्रेसका २७ तथा राप्रपाका २, स्वतन्त्र सांसद दीपक मनाङेलेसमेत गरेर ३१ सांसदले विश्वासको मत दिए । सो संख्या प्रदेश सभामा रहेका सदस्यहरुको बहुमत भएकाले पाण्डेले विश्वासको मत पाएको सभामुख कृष्ण धितालले घोषणा गरे । पाण्डेले मागेको… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

पोखरा, जेठ २८ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा)का प्रदेश सभा सदस्य फडिन्द्र देवकोटाले फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका हुन् । पाण्डेलाई सत्तारुढ नेपाली कांग्रेसका २७ तथा राप्रपाका २, स्वतन्त्र सांसद दीपक मनाङेसमेतले गरेर ३१ जनाले विश्वासको मत दिए । सो संख्या प्रदेश सभामा रहेका सदस्यहरुको बहुमत पुगेकाले पाण्डेले विश्वासको मत पाएको सभामुख कृष्ण धितालले घोषणा गरे । पाण्डेले मागेको… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने निश्चित

पोखरा, जेठ २८ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउने निश्चित भएको छ । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा)का प्रदेश सभा सदस्य फडिन्द्र देवकोटाले फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने निश्चित भएको हो । पाण्डेलाई सत्तारुढ नेपाली कांग्रेसका २७ तथा राप्रपाका २, स्वतन्त्र सांसद दीपक मनाङेलेपनि विश्वासको मत दिएका छन् । विपक्षमा नेकपा एमालेका २२ र नेकपा माओवादी केन्द्रका ६ सांसदले मत दिए । पm्लोर क्रस गरेर विश्वासको मत… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई राप्रपाले विश्वासको मत दिने

पोखरा, जेठ २८ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विश्वासको मत दिने भएको छ । राप्रपा गण्डकी प्रदेश संसदीय दलका नेता पञ्चराम तमुले विश्वासको मत प्रस्तावउपर भइरहेको छलफलमा बोल्दै उनले आफूहरुले विश्वासको मत दिने बताएका हुन् । सरकार अस्थिर बन्दा प्रदेश कमजोर हुने भएकाले राप्रपाले मत दिने निर्णय गरेको उनले बताए । तर उनले सरकारको पर्फमेन्स भने सुधार्नुपर्ने बताए । चालु बजेट भन्दा पुँजीगत खर्च बढी राखेर बजेट ल्याउनपनि उनले सरकारलाई सुझाव दिए । पुरा पढौ

संसद विघटन हुनबाट जोगाउन विश्वासको मत दिनूस् : मुख्यमन्त्री पाण्डे

पोखरा, जेठ २८ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत मागेका छन् । गण्डकी प्रदेश सभाको सोमबार बसिरहेको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत मागेका हुन् । मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ५ मा जाँदा संसद विघटन हुने खतरा हुने भन्दै उनले उपधारा ३ मै आफूलाई विश्वासको मत दिन आग्रह गरे । विश्वासको मत माग्दै उनले को मुख्यमन्त्री हुने भन्दापनि संविधान र संघीयतालाई बलियो बनाउनु अहिलेको आवश्यक्ता भएको बताए । त्यसैले अस्थिरताको अन्त्य गरी स्थायीत्व प्रदान गर्नका लागिपनि… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीको सपथ समारोहमा

जेठ २७ नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएका छन् । प्रधानमन्त्री प्रचण्ड भारतीय राष्ट्रपति भवनको प्राङ्गणमा आज साँझ आयोजित विशेष समारोहमा सहभागी भएको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति द्रोपदी मुर्मुले पद तथा गोपनीयताको सपथ गराएकी छन् । सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री प्रचण्ड, श्रीलङ्काका राष्ट्रपति रणील विक्रमासिङ्गे, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथलगायत… पुरा पढौ

कर्णालीको झोलुङ्गे पुलमा अड्किएका ११ खच्चडको जिवितै उद्धार

जेठ २७ अछाम । कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ । दुई खच्चडको भने मृत्यु भएको छ । अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्कीजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएपछि आज बिहानदेखि १३ खच्चड पुलको बीच भागमा अड्किएका थिए । खच्चडलाई पुलको जाली काटेर कर्णालीमा खसाली उद्धार गरिएको अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । “पुलको जाली काटेर उद्धार गर्ने क्रममा दुई खच्चडको मृत्यु भएको… पुरा पढौ

नक्कली नोटसहित दुई जना काडमाण्डौंबाट पक्राउ

जेठ २७ काठमाण्डौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रु पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई जनालई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ बस्ने ४७ वर्षीया तारादेवी डङ्गोल र काठमाडौँ नागार्जुन नगरपालिका–५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “काठमाडौँ कलङ्कीस्थित सेतो खरायो रेष्टुराँ नजिक नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा हाम्रो परिसरबाट खटिएको विशेष प्रहरी टोलीले निजलाई… पुरा पढौ