देश

एसिया कप ट्रायथलनको उपाधि ईसमेल र ईड्डालाई

पोखरा, बैशाख १४ एसियन ट्रायथलन च्याम्पीयनसीप (एसिया कप) पुरुषतर्फको उपाधि ईजिप्टका सिफेलडिन ईसमेलले जितेका छन् । पोखरामा शनिबार भएको एसिया कप ट्रायथलमा उनले स्विमिङ ९ मिनेट १२ सेकेण्ड, साईक्लिङ २९ मिनेट १४ सेकेण्ड र दौड १६ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । सो स्पर्धामा अष्ट्रेलियाका ब्रुक्लिन हेनरीले स्विमिङ ९ मिनेट १६ सेकेण्ड, साईक्लिङ २९ मिनेट २७ सेकेण्ड र दौड १६ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै द्वितीय, जापानका मिट्सुहो मोचीजुकीले स्विमिङ ८ मिनेट २९ सेकेण्ड, साईक्लिङ २९ मिनेट… पुरा पढौ

पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा विद्यार्थी दीक्षित

वैशाख १४ मोरङ । पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने सात हजार आठ सय ५६ विद्यार्थी दीक्षित भएका छन् । आज आयोजित दीक्षान्त समारोहमा कला सङ्कायमा स्नातक तहमा ८२ र स्नातकोत्तर तहतर्फ ७६ जनालाई दीक्षान्त उपाधि प्रदान गरियो । कानुन सङ्कायमा स्नातकतर्फ दुई सय ६४ र स्नातकोत्तर एक सय सात, शिक्षाशास्त्र सङ्कायतर्फ स्नातक तहमा छ सय ३६ र स्नातकोत्तरतर्फ एक सय ६७, व्यवस्थापन सङ्कायमा स्नातक तहतर्फ एक हजार पाँच सय ४२, स्नातकोत्तरतर्फ सात सय ६० र… पुरा पढौ

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

वैशाख १४ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई समाजवादी क्रान्ति र आर्थिक रूपान्तरणको कार्यदिशा भएको कम्युनिष्ट मान्यतामा आधारित बलियो पार्टीका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । पार्टी निकट युवा सङ्घद्वारा आज आयोजित कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलन टुटफुट हुँदा जनतामा निराशा र आक्रोश बढेको बताए । समाजका आधारभूत आवश्यकतालाई सम्बोधन गर्न सही नीति, सिद्धान्त, कार्यक्रमको खाँचो औँल्याउँदै उहाँले समाजमा विधमान सबै प्रकारका भेद्भावका अन्त गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने उल्लेख… पुरा पढौ

गृहमन्त्रीसँग सहकारीसम्बन्धी समस्या समाधान गर्न पिडितको आग्रह

वैशाख १४ काठमाडौँ । सहकारीसम्बन्धी समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने पहल गरकोमा सहकारीपीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले धन्यवाद दिएका छन् । आज सिंहदरबारमा गृहमन्त्री लामिछानेसँग भएको भेटमा सहकारीपीडितले सहकारीसम्बन्धी समस्या समाधान चाँडो गर्न सुझाव दिएको गृहमन्त्री लामिछानेको सचिवालय सदस्य प्रतिभा रावलले जानकारी दिए । गृहमन्त्री लामिछानेले सहकारीका कारण नागरिकको घरबास उठ्ने अवस्था आएकाले आफूले त्यसलाई टुलुटुलु हेरेर बस्न नसक्ने बताए । सरकारले सहकारी ठगका नाममा रहेको सम्पत्ति र उनीहरुले आफ्ना आफन्तका नाममा बनाएको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम… पुरा पढौ

नया वर्षको अवसरमा सर्वेश्वर व्यवसायी समिति पोखरा, कास्कीको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन सम्पन्न

पोखरा, बैशाख १४ पोखराको नम्बर वान होलसेल मार्केटका रुपमा स्थापित सर्वेश्वर व्यवसायी समिति पोखराले शुभ–कामना आदानप्रदान तथा क्यालेण्डर विमोचन गरेको छ । समितिले एक कार्यक्रम आयोजना गरेर नेपाली नया वर्षको अवसरमा शुभ–कामना आदानप्रदान तथा क्यालेण्डर विमोचन गरेको हो । कार्यक्रममा उद्योगी व्यवसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति, सर्वेश्वर व्यवसायी समिति पोखराका अध्यक्ष तुलबहादुर थापा (राजन)सहितका अतिथि तथा समितिका सल्लाहकारहरुले संयुक्त रुपमा नया वर्ष २०८१ सालको क्यालेण्डर विमोचन गरेका थिए । सो अवसरमा सहभागीहरुले नया वर्षको अवसरमा… पुरा पढौ

पोखरामा भोलिदखि दक्षिण एसियाली ट्रायथलन च्याम्पीयनसीप

पोखरा, बैशाख १४ पोखरामा भोलिदेखि दक्षिण एसियाली ट्रायथलन च्याम्पीयनसीप हुने भएको छ । नेपाल ट्रायथलन एशोसियसन (एनटिए)को आयोजनामा भोलिदेखि पोखरामा पुरुष तथा महिला ट्रायथलन एसिया कपको चौथों संस्करण तथा दक्षिण एसियाली ट्रायथलन च्याम्पीयनसीप हुन लागेको हो । कोरोनाका कारण दुई वर्ष रोकिएपछि यस वर्ष हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको आयोजक नेपाल ट्रायथलन एशोसियसन (एनटिए)ले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगितामा १५ देशका ३८ पुरुष र २४ महिला गरी कुल ६२ जनाले भाग लिने प्रतियोगिता संयोजक… पुरा पढौ

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

सरकारले यही वैशाख १६ गते (आइतबार) देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए । यसअघि ती सात जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन गरिए पनि सफल नभएपछि पुनः अभियान सञ्चालन गर्न थालेको हो । अभियान दुई हप्तासम्म सञ्चालन हुनेछ ।… पुरा पढौ

हालसम्म ५० जिल्लामा डढेलो, विकराल बन्दै वन क्षेत्र

गण्डकी । वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा डढेलो फैलिएको छ । सो दिन देशभर गरी तीन सय ६० ठाउँमा डढेलो लागेको विभागका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिए । त्यसमध्ये ५९ डढेलोका घटना संरक्षित क्षेत्रमा भएको उनको भनाइ छ । “बिहीबारको तथ्याङ्कमा सबैभन्दा बढी प्रभावित जिल्ला प्यूठान देखिएको छ”, वन अधिकृत श्रेष्ठले भने, “संरक्षण क्षेत्रअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र बढी प्रभावित छन् ।” बिहीबार सातवटा संरक्षण क्षेत्र तथा राष्ट्रिय निकुञ्जमा डढेलो लागेको विभागले… पुरा पढौ

आज देखि देशभर कक्षा १२ को परीक्षा

देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा सुरु भएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । बोर्डले देशभर एक हजार पाँच सय २५ र देशबाहिर जापानमा एक गरी कुल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको थियो । जापानको परीक्षा केन्द्रमा पनि इमेलबाट प्रश्नपत्र पठाएर परीक्षा सञ्चालन भएको छ ।… पुरा पढौ

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

वैशाख १३ काठमाण्डौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ । विभागले बुधबार नै पत्राचार गरी नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी महासङ्घ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई हवाइ टिकटमा नै खाना, खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरिएको जनाएको हो । मलेसिया तथा मध्यपूर्वका मुलुकहरूमा वैदेशिक रोजगारीका लागि जाने श्रमिकले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने र… पुरा पढौ