एक दशक अघिसम्म ‘लाहुरेहरुको जिल्ला’ भनेर चिनिने म्याग्दीका ग्रामीण क्षेत्रमा पछिल्लो समय कृषि, पशुपालन तथा व्यवसाय सञ्चालन हुन थालेका छन् । एक दशक अघिसम्म ग्रामीण अर्थतन्त्र विदेशमा दुःख गरी पठाएको विप्रेषणको भरमा धानिएकामा पछिल्ला केही वर्षयता कृषि तथा व्यवसायमार्फत सबल बन्दै जान थालेका हुन् । जिल्लामा व्यावसायिक तरकारीखेती, पशुपालन, दुग्ध व्यवसाय, सीपमूलक तालिम, साना तथा कुटिर घरेलु उद्योग, पर्यटक लक्षित घरबास (होमस्टे), सडकको पहुँच, जडीबुटी तथा वनपैदावारले ग्रामीण अर्थतन्त्र बलियो बन्दै गएको हो । सहकारी संस्था, बैङ्क तथा वित्तीय संस्थाहरू,…
पुरा पढौ