देश

पोखराबाट ध्वनी प्रदुषण गर्ने करीब २ हजार प्लाष्टिकका बाजाहरु बरामद

पोखरा, चैत २९ पोखराबाट ध्वनी प्रदुषण गर्ने करीब २ हजार प्लाष्टिकका बाजाहरु प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले ध्वनी प्रदुषण गर्ने १ हजार ९ सय १५ वटा प्लाष्टिकका बाजाहरु बरामद गरेको जनाएको हो । कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका वडा नम्बर–३ स्थित तेर्सापट्टीका विभिन्न स्थानमा बेच्न राखिएका ७१५ वटा साना तथा ठूला प्लाष्टिकका ध्वनी प्रदुषण गर्ने बाजाहरु बरामद गरिएको छ । त्यस्तै पोखरा–६ लेकसाईडबाट १२०० वटा ध्वनी प्रदुषण गर्ने साना तथा ठूला प्लाष्टिकका बाजाहरु बरामद गरिएको जिल्ला… पुरा पढौ

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिकारी नियुक्त

पोखरा, चैत २९ गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा कृष्णप्रसाद अधिकारी नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले लमजुङ जिल्ला बेसीसहर नगरपालिका वडा नम्बर–१ निवासी अधिकारीलाई गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । यसअघी गण्डकी प्रदेश सरकारको मंगलबार बसेको मन्त्री परिषद बैठकले अधिकारीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख भट्टले अधिकारीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ । पुरा पढौ

पर्यटन राजधानी पोखराः जाग्दै आशा, बढ्दै लगानी

अङ्ग्रेजी नयाँ वर्षमा भएको पर्यटकको उल्लेख्य उपस्थितिले उत्साहित भएका पर्यटनको राजधानी पोखराका पर्यटन व्यवसायी नेपाली नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा देखिन थालेको चहलपहलबाट थप खुसी छन् । बहत्तरको भूकम्पपछिका विभिन्न आरोह–अवरोह भोग्दै कोरोना कहरसम्मले तहसनहस बनाएको यहाँको पर्यटनमा आगामी दिनका लागि आशाका किरण चम्किन थालेको महसुस भएको छ । पोखरामा पर्यटनलक्षित पूर्वाधार विकासकै क्रममा हालसम्म रू छ खर्बभन्दा बढी लगानी भइसकेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको अनुमान छ । उनका अनुसार समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा रू सात खर्बभन्दा बढीको… पुरा पढौ

गण्डकीमा टुक्राउँदै मन्त्रालय, बढाउँदै संख्या

पोखरा, चैत २९ गण्डकी प्रदेशमा मन्त्रालय टुक्राउने प्रक्रिया पुनः शुरु भएको छ । यसअघि गण्डकीमा मन्त्रालय संख्या १२ घटाएर ७ मा झारिएको थियो । पृथ्वी सुब्बा गुरुङको पालामा सरकार टिकाउन मन्त्रालय संख्या बढाएर १२ पु¥याइएको थियो । त्यसलाई वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेश सरकारको नेतृत्व गरेका कृष्णचन्द्र नेपाली पोखरेलको पालामा यथावत राखिएको थियो । तर २०७८ सालको निर्वाचन पश्चात बनेको खगराज अधिकारी नेतृत्वको सरकारले मन्त्रालय संख्या घटाएर ७ मा झारेको थियो । मन्त्रालय संख्या बढ्दा खर्च बढेको र यहि कारण संघीयतामाथि… पुरा पढौ

ल्वाङ्ग घलेल स्वास्थ्य चौकीको जीर्ण भवनबाट सेवा प्रदान गरिँदै,सेवाग्राहीलाई त्रास

अन्नपूर्ण । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित ल्वाङ्ग घलेल स्वास्थ्य चौकीको जीर्ण भवनबाट सेवा प्रदान गरिँदै आइएको छ । साविकको ल्वाङ्ग घलेल गाविसमा विसं २०४५ मा स्थापन भएको उक्त स्वास्थ्य चौकी विसं २०७२ को भूकम्पले भत्किँदा जीर्ण बनेको थियो । “स्वास्थ्य चौकी आफैँ घाइते छ । बिरामी भएर जाँदा पनि निकै डर हुन्छ”, माछापुच्छ्रे–९ सैतीघट्टकी धनमाया तामाङले दुखेसो सुनाए । घर नजिकै रहेको उक्त स्वास्थ्य चौकी जीर्ण भए पनि अहिलेसम्म नयाँ नबनेको उनले गुनासो गरे । “जाँच्न जाँदा पनि कतै भत्किएर… पुरा पढौ

आज इदउलफित्र मनाइँदै

इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ । इस्लाम धर्मावलम्बीहरु आजदेखि रोजा बसेर र विविध कार्यक्रम गरेर इदउलफित्र पर्व मनाउने गर्दछन् । एक महिनासम्म सञ्चालन हुने यो पर्वमा मुुसलमानहरु दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानहरुले उर्दू क्यालेण्डरअनुसार सूर्योदय हुनुभन्दा पहिलेअर्थात् बिहानको नमाज पढ्नुअगावै केही खानेकुरा खाई प्रारम्भ हुन्छ भने बेलुकाको नमाज (मगरिब) को आजान सुनेपछि रोजा खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि… पुरा पढौ

दबाब र प्रभावमा नपरी प्रभावकारी काम गर्नुस् : गृहमन्त्री लामिछाने

चैत २८ जनकपुर । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले स्थानीय प्रशासनले दबाब तथा प्रभावमा नपरी कानुन कार्यान्वयनमा दक्षतापूर्ण र प्रभावकारीरूपमा काम गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन् । नेपाल सरकार, गृह मन्त्रालय र मधेस प्रदेश, गृह, सञ्चार तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा आज जनकपुरधाममा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीपछि सञ्चारकर्मीसँग कुरागर्दै गृहमन्त्री लामिछानेले वर्तमान सरकारले राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने उल्लेख गर्दै सोहीअनुसार जनहितमा काम गर्न निर्देशन दिए । गृहमन्त्री लामिछानेले मधेश प्रदेशको सुरक्षा संवेदनशीलता, खुला… पुरा पढौ

कोशी प्रदेशसभाको अधिवेशन आव्हान

चैत २८ विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको अधिवेशन आव्हान गरेका छन् । कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरुले चैत २६ गते लिखित अनुरोध गरी अधिवेशन आव्हान गर्न अनुरोध गरेका थिए । सोही अनुरोधको आधारमा प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम विसं २०८१ वैशाख ६ गते दिनको १ बजे कोशी प्रदेशसभा हल विराटनगरमा अधिवेशन आह्वान गरेकोे प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित आजको विज्ञप्तिमा उल्लेख छ ।… पुरा पढौ

सोह्रौँ योजनाको मस्यौदामाथि गठबन्धन दलसँग छलफल

चैत २८ काठमाण्डौं । मस्यौदा निर्माणको अन्तिम चरणमा रहेको सोह्रौँ पञ्चवर्षीय आवधिक योजनाबारे राष्ट्रिय योजना आयोगले सत्ता साझेदार दलहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा सत्तारुढ दलका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेको हो । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री दाहालसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का… पुरा पढौ

उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

चैत २८ काठमाण्डौं । निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरेको छ । इलाममा मा १२ राजनीतिक दलका १२ जना र आठ स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएकामा स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएका छन् । बाँकी १९ जनाको अन्तिम नामावली प्रकाशन भई चुनाव चिह्न प्रदान गरिएको हो । बझाङमा १२ राजनीतिक दलबाट १२ जनाको… पुरा पढौ