देश

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री दाहालको आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन । उनले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याए । एकहत्तरौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारको ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ अभियानलाई सघाउन आग्रह गरेका हुन । विश्वव्यापी जलवायु परिवर्तनका कारण तापक्रमको वृद्धिसँगै सगरमाथालगायतका हिमालहरू यसको असरको चपेटामा पर्दै गएका उल्लेख गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तनका असरलाई घटाउने तथा हिमालका फोहोर व्यवस्थापनलगायत चुनौती थपिएका बताए… पुरा पढौ

पश्चिम तराईमा तीन दिनसम्म तातो हावा चल्ने

आगामी तीन दिनसम्म मुलुकको पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना छ । गर्मीको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आजदेखि तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको… पुरा पढौ

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । यस अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको अवसरमा उक्त दिवस मनाउने गरिएको छ । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ । नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख अर्थात् आजकै दिन पहिलोपटक सगरमाथामा पाइला राखेका थिए । शेर्पा र हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो… पुरा पढौ

समावेशी समाज निर्माण नभएको गण्डकी प्रदेश स्तरिय नागरिक सम्मेलनको निश्कर्ष

पोखरा, जेठ १५ गण्डकी प्रदेश स्तरिय नागरिक सम्मेलनले देशमा समावेशी समाज निर्माण हुननसकेको निश्कर्ष निकालेको छ । पोखरामा दुई दिनसम्म चलेको प्रदेश स्तरिय नागरिक सम्मेलनले सामाजिक न्यायसहितको समावेशी समाज निर्माण गर्ने चाहना रहेपनि त्यो हुन नसकेको निश्कर्ष निकालेको मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर आयोजक गैरसरकारी संस्था महासंघ (गैसस)ले जानकारी दिएको हो । सम्मेलनपछि जारी २१ बुँदे घोषणा पत्रको ११ औं बुँदामा भनिएको छ,‘देशमा नागरिकहरुको चाहना ः सामाजिक न्यायसहितको समावेशी समाज निर्माण गर्ने रहेको तर विभिन्न घटना क्रमले देशमा भ्रष्टाचार तथा… पुरा पढौ

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब

जेठ १५ काठमाण्डौं । सरकारले आर्थिक वर्ष २०८१/८२ को मा कर्मचारीको तलब, भक्ता र अन्य सुविधा बढाएको छैन । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्र्रस्तुत आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा कर्मचारीको तलब, भत्ता र अन्य सुविधाको विषयमा केही पनि उल्लेख गरिएको छैन । गत आवमा पनि कर्मचारीको तलब, भत्ता र अन्य सुविधा वृद्धि भएको थिएन । रासस पुरा पढौ

बजेट वक्तव्यः औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने

जेठ १५ काठमाण्डौं । सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताए । “औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ”, उनले भने । रासस पुरा पढौ

अमोर सेवा बालगृहमा बृहत फेदीखोला-पोखरा सम्पर्क समाजको स्वास्थ्य शिविरसँगै खाद्यान्न सहयोग

पोखरा, जेठ १५ बृहद फेदीखोला पोखरा सम्पर्क समाजले स्याङ्जाको अमोर सेवा बालगृहमा मंगलबार स्वास्थ्य शिविर सञ्चालनसँगै खाद्यान्न सहयोग गरेको छ । समाजले मंगलबार स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नम्बर–१ मा अवस्थित अमोर सेवा बालगृहमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै नगद तथा खाद्यान्न सहयोग गरेको हो । गणतन्त्र दिवसको अवसर पारेर समाजको आयोजनामा भएको स्वास्थ्य शिविरमा गण्डकी मेडिकल कलेज पोखराका बालरोग चिकित्सक डा.रेशम रानाले बालगृहमा आश्रित ३४ जना बालबालिकाहरुको निःशुल्क स्वास्थ्य जाँच गरेका थिए । सो अवसरमा उनीहरुलाई आवश्यक औषधीसमेत वितरण… पुरा पढौ

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने

जेठ १५ काठमाण्डौं । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१÷८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर–बुटवल–पोखरा–भरतपुरलाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गरिने उल्लेख छ । यस परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिने छ ।… पुरा पढौ

बजेट वक्तव्यः प्रदेश र स्थानीय तहका लागि रु पाँच खर्ब ६७ अर्ब विनियोजन

जेठ १५ काठमाण्डौँ । सङ्घीय सरकारबाट हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटबाट आगामी आर्थिक वर्ष २०८१÷८२ मा प्रदेश र स्थानीय तहका लागि रु पाँच खर्ब ६७ अर्ब बराबर हस्तान्तरण हुने अनुमान गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्मा प्रस्तुत गर्नुभएको बजेट वक्तव्यअनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा वित्तीय समानीकरण अनुदानतर्फ सङ्घीय सरकारले प्रदेशका लागि रु ६० अर्ब तथा स्थानीय तहका लागि रु ८८ अर्ब विनियोजन गरिएको छ । सशर्त अनुदान प्रदेशका लागि रु २५ अर्ब ८४ करोड… पुरा पढौ

बजेट वक्तव्यः अर्थमन्त्री पुनद्वारा आगामी आर्थिक वर्षको बजेट प्रस्तुति सुरु

जेठ १५ काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुति सुरु गरेका छन् । यसअघि आज दिउँसो १ बजेका लागि निर्धारित संसदको संयुक्त वैठक दुई घण्टा पर अर्थात् अपराह्न ३ बजेका लागि सारिएको थियो । सहकारीको रकम हिनामिनाका सम्बन्धमा नेपाली कांग्रेसलगायतका प्रतिपक्षी दलले संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गर्दै आएका थिए । सोही समिति गठनको कार्यादेश टुंगो लगाउनका लागि आजको बैठक दुई घण्टा पर… पुरा पढौ