देश

‘आइपिभी’ खोप आफ्ना बालबालिकालाई लगाउन सरकारको आग्रह

काठमाडौँ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाले पोलियोविरुद्धको ‘आइपिभी’ खोपको प्रभावकारिता रहेकाले आफ्ना बालबालिकालाई लगाउन आभिभावकलाई आग्रह गरेको छ । आजदेखि देशभरिका बालबालिकालाई लगाउन सुरु गरिएको आइपिभी खोपको प्रभावकारिता ९८ प्रतिशत रहेको अध्ययन देखाएकाले छुटेका सबैले अनिवार्य खोप लगाउनुपर्ने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले बताए । “खोपको प्रभावकरिता उच्च रहेको छ । त्यसैले ढुक्क भएर अभिभावकले आफ्ना बालबालिकालाई स्कुलमा गएर खोप लगाउनुहुन आग्रह गरिरहेका छौँ”, उनले भने, “पोलियोविरुद्धको खोप नलगाएका बालबालिकामा यसको जोखिम रहेकाले खोप… पुरा पढौ

सरकारको आगामी आवको नीति तथा कार्यक्रम पारित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१र०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको प्रस्ताव बैठकले बहुमतले पारित गरेको हो । बैठकमा प्रधानमन्त्री दाहालले “राष्ट्रपतिले २०८१ जेठ १ गते मङ्गलबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आव २०८१÷०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रधानमन्त्री दाहालले… पुरा पढौ

कार्यादेश टुङ्गोमा पुर्‍याउन बसेको शीर्ष नेताबीचको बैठक सकियो, भोलि फेरि बस्ने

जेठ १२ काठमाण्डौं । सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आइतबार बैठक बस्ने भएको छ । आजको बैठकमा उक्त विषयमा टुङ्गो लाग्न नसकेपछि बैठक आइतबार बस्ने तय भएको हो । कार्यादेशमा टुङ्गो लाग्न सहमति जुट्न नसकेपछि बैठक पुनः आइतबार बस्ने सहमति भएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए । आज दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री… पुरा पढौ

कार्यादेश टुङ्गोमा पुर्‍याउन शीर्ष नेता बैठकमा

जेठ १२ काठमाण्डौं । संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गोमा पुर्‍याउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ । शीर्ष नेताबीचको उक्त बैठकले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने कार्यादेशमा सहमति जुटाउने छ । सङ्घीय संसद्का दुवै सदनमा जारी गतिरोध अन्त्य गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु प्रतिनिधि सम्मिलित कार्यदलमा सहमति जुटाउने अन्तिम बिन्दुमा पुगेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताए । सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले भने, “निकास निकाल्न अन्तिम बिन्दुमा… पुरा पढौ

किमाथाङ्कासहित १४ नाका पुनः सञ्चालनमा

जेठ १२ सङ्खुवासभा । सङ्खुवासभाको किमाथाङ्कासहित चीनसँग जोडिएका १४ वटै नाका आजदेखि पुनः सञ्चालनमा आएका छन् । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द गरेको थियो । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्वतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा आज आयोजित एक समारोहबीच किमाथाङ्कासहित नेपाल–चीन सीमामा रहेका १४ वटै नाका पुनः सञ्चालनमा आएको संयुक्त रूपमा घोषण गरे । नाका सञ्चालनको घोषणा कार्यक्रममा चीनको छेन्ताङ पुगेर फर्किने क्रममा सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग… पुरा पढौ

राजनीति र सञ्चार क्षेत्र शंकारहित हुनुपर्छ : मुख्यमन्त्री अधिकारी

जेठ १२ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले राजनीति र सञ्चार क्षेत्र शंका रहित हुनुपर्ने बताएका छन् । शनिबार नेपाल पत्रकार महासंघ कास्कीको १७ औँ साधारण सभा एवं १२ औं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले दुवै क्षेत्र अझै खारिन बाँकी रहेको प्रष्ट पारे । एकोहोरो रुपमा लाग्दा एक रथका दुई प्राङ्गाको रुपमा रहेका दुवै क्षेत्र शंकाको घेरामा पर्ने तर्क उनको छ । ‘हामी कानून र विधिका कुरामा एकतावद्ध भएर जान्छौ । तर, हामीलाई तपाईले सचेत गराउनैपर्छ’ उनले भने… पुरा पढौ

कोरोनाको नयाँ भेरियन्टः सङ्क्रामक तर घातक कम

नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ सङ्क्रामक भए पनि कडा खालको नभएको बताइएको छ । सरुवा रोग विशेषज्ञ डा सागरराज भण्डारीले अहिले देखिएको नयाँ भेरियन्ट मानिसमा चाँडो सरे पनि घातक नभएको बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमितमध्ये ४२ जना व्यक्तिको ‘जिन सिक्वेन्सिङ’ गर्दा ‘केपी.१’ ‘केपी.२’ ‘केपी.३’ र ‘केपी.४’ पुष्टि भएको थियो । “यो प्रजातिको भेरियन्टले मानिसलाई लामो समयसम्म रुघाखोकी लगाउने भए पनि त्यति घातक छैन,” उनले भने, “तर दीर्घरोगी भएका बिरामीले सतर्कता अपनाउनु पर्दछ ।”… पुरा पढौ

सहकारी छानबिनसम्बन्धी संसदीय समितिको कार्यादेशमा सहमति हुन्छः कानुनमन्त्री गिरी

कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीको रकम हिनामिनासम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यादेश र क्षेत्राधिकारमा आइतबारसम्ममा सहमति जुट्ने बताएका छन । गृहजिल्ला पर्वत आएका मन्त्री गिरीले नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यादेशसहित समिति बन्नुपर्ने प्रमुख प्रतिपक्षी दलको अडानका कारण समिति गठनमा विलम्ब भएको बताउँदै सत्तार र प्रतिपक्ष लचिलो भएर टुङ्गोमा पुग्नुपर्छ भने । उनले आइतबारको संसद् बैठक अघि नै सहमति हुने र संसद्का कामकारबाही सञ्चालन हुने बताए । बचतकर्ताको हिनामिना भएको रकम फिर्ता गर्ने प्रावधानसहित सहमति… पुरा पढौ

लगातार घाटामा गएपछि अण्डाको लागत मूल्यको खोजी

पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वैज्ञानिक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेसँगै लागत मूल्यको खोजी गरिएको हो । नेपाल कुखुरा व्यवसायी मञ्चको अग्रसरतामा पोल्ट्री विज्ञ डा तिलचन्द्र भट्टराई, कृषि तथा वन विज्ञान विश्व विद्यालयका सहप्राध्यापकहरु डा रेवन्त भट्टराई, डा सुविर सिंह, उपप्राध्यापक डा अनन्त दाहाल र डा विष्णु पोखरेल समूहले अण्डाको वैज्ञानिक लागत मूल्य निकालेको हो । मञ्चका निवर्तमान अध्यक्ष… पुरा पढौ

ग्रील तथा स्टिलजन्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न महासंघको ध्यानाकर्षण

काठमाण्डौँ । ग्रीलजन्य फलाम र निर्माण सामाग्रीको अनियन्त्रित रूपमा भएको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रील उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालले सो नियन्त्रणका लागि माग गरेको छ । अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा वृद्धि नभएको अवस्थामा पनि नेपाली बजारमा केही सीमित उद्योगी र सरकारमा रहेका मानिसहरूको आपसी मिलेमतोमा ग्रीलजन्य फलामको मूल्य बढाइएको भन्दै महासंघले आपत्ति जनाएको हो । देशभर सञ्चालित ११ हजारभन्दा बढी ग्रील उद्योग त्यसमा कार्यरत करिब एक लाख ६० हजार… पुरा पढौ