देश

कास्की मोर्डनाइज्ड एकेडेमीमा नव आगन्तुकलाई स्वागत

पोखरा । कास्की मोडेनाइज्ड एकेडेमीले विद्यालयमा नवनियुक्त शिक्षक विद्यार्थीलाई स्वागत तथा सम्मान गरेको छ । पोखरा–१४ चाउथेस्थित एकेडेमीले दुई दिवसीय कार्यक्रम गर्दै स्वागत तथा सम्मान गरेको हो । सोही अवसरमा विद्यालयले गत शैक्षिक सत्रमा उत्कृष्ट स्थान हाँसिल गर्नेहरुलाई पुरस्कार वितरण गरेको छ । सो अवसरमा शैक्षिक पुरस्कार, उकृष्ट मनिटर, उत्कृष्ट सरसफाई, अनुशासन एवं सबैक्षेत्रमा उत्कृष्ट प्रमाणीत हुने विद्यार्थीहरुलाई ‘अल राउण्डर अफ द इयर –२०८०’ बाट पुरस्कृत गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य राम बहादुर मोचीले नव आगन्तुक… पुरा पढौ

‘भानु साहित्य उद्यान’ निर्माणार्थ प्रारम्भिक रेखाचित्र सार्वजनिक

तनहुँको भानु नगरपालिका–४ स्थित आदिकवि भानुभक्त आचार्यको जम्मस्थल चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ निर्माण गरिने भएको छ । नगरप्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे र प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले संयुक्त रुपमा रेखाचित्रको बुधबार सार्वजनिक गरेपछि निर्माण प्रक्रिया अघि बढाइएको हो । वरिष्ठ कलाकार अशोकमान सिंहद्वारा नेपालका राष्ट्रिय विभूति भानुभक्त आचार्यको स्मृतिमा उद्यानको परिकल्पना गरिएको भानु नगरपालिकाले जनाएको छ । भानु साहित्य उद्यानको भविष्यको वास्तविकता कस्तो हुने भन्ने विषयमा निर्माण गरिएको परिकल्पनाको प्रारम्भिक तस्वीर (रेखाचित्र) स्केच गरिएको हो । आयोजनाका… पुरा पढौ

महिला एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि आज २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा क्यानले २८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । उक्त प्रतियोगिता आगामी जुलाई १९ देखि २८ तारिखसम्म श्रीलङ्कामा हुँदैछ । छनोट हुने अन्य नेपाली सदस्यहरुमा सबनम राई, रुबिना क्षेत्री, सीता रानामगर, खुशी डङ्गोल, विन्दु रावल, कविता कुँवर, रुबी पोदार, लक्ष्मी साउद यशोदा विष्ट,… पुरा पढौ

अन्तर्राष्ट्रिय कछुवा संरक्षण दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय कछुवा संरक्षण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संसारमा पाइने करिब तीन सय प्रजातिमध्ये ६१ प्रतिशत कटुवा अति सङ्कटापन्न सूचीमा छन् । पृथ्वीमा कछुवा नभए जलीय र स्थलीय पारिस्थिकीय प्रणाली बिग्रने विज्ञहरूको सुझावसँगै अमेरिकन ‘कछुवा उद्धार’ नामक संस्थाले सन् २००० देखि विश्व कछुवा संरक्षण दिवस मनाउन थालेको हो । नेपाल सरकारले आधिकारिक रूपमा कछुवा संरक्षण दिवस मनाउने गरेको नभए पनि सम्बन्धित संस्थाले दुई दशक यतादेखि हरेक अङ्ग्रेजी महिना मे २३ का दिन यो दिवस मनाउँदै… पुरा पढौ

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती

किराँत समुदायको प्रमुख चाड साकेला (उभौली) आजदेखि औपचारिक रूपमा सुरु भएको छ । किराँत समुदायमा ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गर्दै महिना दिनसम्म साकेला (उभौली) मनाउने प्रचलन छ । साकेला उभौलीका अवसरमा परम्परागत वेशभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला सिली नाच्ने गरिन्छ । घरघरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूिमको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र… पुरा पढौ

कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति

कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका लागि पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डको ४४ किलोमिटर सडकमा भौतिक प्रगति ५० प्रतिशत पुगेको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डको ४४ किलोमिटरमा कालोपत्रको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ भने मालढुङ्गा–बलेवाखण्डको १० किमी सडकमा पूर्वाधारको कामले तीव्रता पाएको हो । बागलुङ खण्डको ५४ किमी सडकमा कालोपत्रका लागि आवश्यक पूर्वाधार जस्तै सडक चौडा पार्ने, मेसिनरी पर्खाल, कल्र्भट र ग्याबिन जालीलगायतका पूर्वाधार निर्माण… पुरा पढौ

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणाले दिगो विकासले लिएको लक्ष्यअनुरुपको प्रगति नभएको भन्दै लक्ष्य पूरा गर्नका लागि सबैको सहकार्य आवश्यक रहेको बताएकि छिन । बुधबारदेखि यहाँ सुरु ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञको अन्तर्राष्ट्रिय संवाद’को दोस्रो दिनको ‘जलवायु न्याय, समानता र स्थानीय आवाजः लिङ्ग र युवा’ विषयक सत्रमा उनले दिगो विकासको सम्बन्धमा संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको प्रतिवेदन हेर्दा दिगो विकासको लक्ष्य सन्तोषजनक नरहेको बताइन । जलवायुले ल्याएको चुनौती पहिल्याएर उनीहरुको क्षमता बढाउनुपर्नेमा उनको भनाइ छ… पुरा पढौ

‘बुद्धजयन्तीले राष्ट्रिय एकता मजबुत बनाउन प्रेरित गरोस्’: सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले बुद्ध जयन्तीले मुलुकमा शान्ति, राष्ट्रिय एकता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन । दुई हजार पाँच सय६८ औँ बुद्ध जयन्तीका अवसरमा सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा आज पनि बुद्धका उपदेशहरू प्रासङ्गिक रहेका तथा अहिंसा नै शान्ति र मैत्रीका आधारशिला हुन् भनेका छन । अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको जन्मस्थानको प्रचारप्रसार गर्नसके मुलुकमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग पुने विश्वास पनि उनले सन्देशमा व्यक्त गरेका छन… पुरा पढौ

२५६८ औँ बुुद्धजयन्ती , लुम्बिनीमा विशेष समारोह हुँदै

आज २५६८ औँ बुुद्धजयन्ती एवं लुम्बिनी दिवस । बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह हुँदैछ । बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्र नभई सबैको साझा उत्सव भएको बताउँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले पवित्र लुम्बिनीको विकास गर्ने आफ्नो सङ्कल्प सुनाउँदै त्यस निम्ति समाजका सबै वर्गको सहयोग अपरिहार्य भएको बताए । विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका… पुरा पढौ

सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री प्रचण्ड

जेठ ९ लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको शिक्षामा विश्वास गरे व्यक्ति, समुदाय र राष्ट्रहरूबीच रहेका विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत पुग्ने बताएका छन् । आज २५६८औँ बुद्धजयन्तीको पूर्वसन्ध्यामा आज आयोजित चित्रकला प्रदर्शनी कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बुद्धका शाश्वत वाणी विश्वमा झनै सान्दर्भिक हुँदै गएको बताए । “बुद्धको शाश्वत अहिंसा, करुणा र आन्तरिक शान्तिको सन्देश आजको विश्वमा झन् सान्दर्भिक भएको छ”, प्रधानमन्त्री प्रचण्डले भने, “म विश्वस्त छु, बुद्धको शिक्षाको विश्वासपूर्ण अनुसरणले व्यक्ति, समुदाय र राष्ट्रहरूबीच विवाद समाधान… पुरा पढौ