चाडपर्व नजिकिएसँगै पोखरा महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ। म्याद गुज्रिएका सामान बिक्रीवितरण हुने, उपभोग्य वस्तुमा बढी मूल्य लिने तथा उपभोक्ता ठगिने गरेको गुनासो बढेपछि महानगरले बजार अनुगमन सुरु गरेको हो। महानगरपालिकाले मंगलबार पोखराका बिरौटा, पृथ्वीचोक, सिद्धार्थचोक, बसपार्क, सांग्रिलाचोकलगायत क्षेत्रमा सञ्चालित मासु तथा माछा पसलमा अनुगमन गरेको छ। पोखरा महानगरपालिकाका उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा अनुगमन गरिएको हो।महानगरको पशु विकास अधिकृत एवं पशु शाखा प्रमुख पवन पाण्डेका अनुसार दसैँ–तिहारजस्ता ठूला चाडपर्वमा माछा तथा मासुको खपत बढ्ने…
पुरा पढौ