देश

गोरखाको चुम उपत्यका पुगेका पर्यटक अलपत्र

भ्रमणका क्रममा गोरखाको चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन् । आइतबार गएको बूढीगण्डकी बाढीले विभिन्न ठाउँका पुल तथा पदमार्ग बगाएपछि पर्यटक अलपत्र परेका हुन् । हिँडडुल गर्न तथा गन्तव्यतर्फ जान नपाएपछि पर्यटक त्रासमा रहेका स्थानीय होटल व्यवसायी उपसमितिका संयोजक गणेश कार्कीले बताए । कतिपयलाई आज बिहानैदेखि नेपाली सेनाको ठूलो हेलिकप्टरले उद्धार गरिरहेको उनले जानकारी दिए । मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापका अनुसार चुम उपत्यकामा अहिले ८० भन्दा बढी पर्यटक छन् । कतै पनि जान नपाएपछि पर्यटकहरू आत्तिएका छेकम्पारका होटल… पुरा पढौ

कालिका बहुमुखी क्याम्पसको ३५ औं क्याम्पस सभा सम्पन्न

कालिका बहुमुखी क्याम्पस पोखराको ३५ औं क्याम्पस सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै क्याम्पसका संरक्षक ले.कर्नेल जे. पि. क्रसले कालिका क्याम्पसबाट प्राप्त शिक्षाको ज्योती देश, विदेश सम्म फैलिएको बताउँदै खुशी व्यक्त गरेका छन् । उनले ब्रिटिस इन्डियन आर्मीमा रहँदा, सेवा प्रवेशको सुरुवाती दिनहरूमा कुनै नेपाली सिपाहीले नामसमेत स्पष्टसँग भन्न नसक्दाको क्षणलाई स्मरण गरे । त्यही प्रेरणा र चेतनाका कारण नेपालमा आई शिक्षाको क्षेत्रमा योगदान पु¥याउने दृढ निर्णय लिएको उनले स्मरण गरे । क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण के.सी.ले… पुरा पढौ

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा रु एक करोड चार लाख ८५ हजार ४९८ सहयोग जुटेको छ । गाउँपालिकाले विपदबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याएको थियो । पालिकाले सो कोषमा सहयोगका लागि सार्वजनिक आह्वान गरेकामा पर्यटन व्यवस्थापन समिति, स्थानीय सङ्घसंस्था, व्यवसायी, राजनीतिक दल तथा व्यक्तिहरुबाट नगद सहयोग रकम रु एक करोड चार लाख ८५ हजार ४९८ सहयोग जम्मा भएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए । उनका अनुसार प्राप्त भएको रकम यसबाट तत्काल… पुरा पढौ

नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि चाप बढ्ेको छ । सामान्य अवस्थामा पनि देवी मन्दिरमा भीड लाग्ने गरेकामा आज दसैँको दोस्रो दिन भएकाले भक्तजनको लर्को लागेको हो । राजधानीका गुह्येश्वरी, जयबागीश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बङ्गलामुखी, टोखा चण्डेश्वरीलगायत मन्दिरमा भक्तजनको लाम लागेको छ ।पोखराका विन्ध्यवासिनी, ताल बराही, अकलालगायतका शक्तिपीठमा पनि भक्तजनको घुईचो लागेको छ । शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वाजापताकाले सिँगारिएको छ… पुरा पढौ

अनुचित प्रभावमा नपरी जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँ समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात् गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाइ निर्देशन दिए । उनले भने, “पेसागत आचरण र अनुशासन कायम गर्दै, संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही रूपमा पालना गर्नु,गराउनु व्यक्तिको पेसागत सफलता रक्षा गर्न अहमं आवश्यकता पर्दछ । जिम्मेवारीप्रति… पुरा पढौ

गुरुङ गहना घर प्रालिको रक्तदानमा ११४ युनिट रगत संकलन

गुरुङ गहना घर प्रा.लि. न्यूरोड, पोखराले आईतबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय १४ युनिट रगत संकलन भएको छ । गुरुङ गहना घर प्रा.लि.को पाँचौँ वार्षिकोत्सव तथा घटस्थापनाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा अघिल्लो वर्षमाजस्तै यस वर्ष पनि १ सय १४ युनिट नै रगत संकलन भएको सञ्चालक सीमा गुरुङले जानकारी दिईन् । रक्तदान कार्यक्रममा रक्तदान गर्न ग्राहक तथा शुभेच्छुकहरु स्वतःस्फूर्त रुपमा सहभागी भएका थिए । गुरुङ गहना घरको परिसर, न्यूरोडमा विहान ७ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म चलेको रक्तदान कार्यक्रमको अवसर… पुरा पढौ

अल्ट्रा ट्रेल रेसमा पुरुषतर्फ मनकुमार रोका र महिलातर्फ कल्पना बुढा प्रथम

सन्देश श्रेष्ठपोखरा, असोज २५ पोखरामा सम्पन्न अल्ट्रा ट्रेल रेसको उपाधि मनकुमार रोका मगर र कल्पना बुढा मगरले जितेका छन् । नेपालीको सेनाको पश्चिम पृतना हेडक्वाटर बिजयपुर र नेपाल भूतपूर्व खेलाडी मञ्चको संयुक्त आयोजनामा आईतबार पोखरामा सम्पन्न अल्ट्रा ट्रेल रेसमा पुरुषतर्फ रोका मगर र महिलातर्फ बुढा मगरले उपाधि चुमेका हुन् । शाहवंशीय इतिहाससँग जोडिएका पोखराका पाँच कोटहरु कास्कीकोटसहित सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुँकोटलाई साहसिक खेलकुदको गन्तव्य बनाउँदै पोखराको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित ५० किलोमिटरको अल्ट्रा ट्रेल रेस प्रतियोगितामा ५… पुरा पढौ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३५ शैयाको सघन उपचार सेवा सुरु

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ३५ शैयाको सघन उपचार सेवा सुरु भएको छ । यसअघि १० शैयाको मात्रै सेवा रहेकोमा २५ शैया थप गरी सेवा बिस्तार गरिएको अस्पतालले जनाएको छ ।बिस्तारित सेवाको आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा.नारायण सिंह गुरुङ, डीन सह प्रा. डा. डेविड श्रेष्ठ र निर्देशक सह प्रा. डा. झपिन्द्र पोखरेलले शु्ुभारम्भ गरेका छन् । सेवा अन्र्तगत १६ शैया आई. सि. यू., १ शैया आइसोलेसन आई. सि. यू र ८ शैया सि.सि यूका लागि व्यवस्था गरिएको जनाईएको… पुरा पढौ

बूढीगण्डकीमा बाढी: पाँच जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित

गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीचमा खसेको ठूलो पहिरोका कारण बूढीगण्डकीमा गएको बाढीमा परी दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुव्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङ निवासी उनीहरू भेडीगोठमा रहेकाबेला बेपत्ता भएका हुन् । “बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे र पक्की पुल, विद्युत्का खम्बा तथा टेलिफोन टावरमा क्षति पुर्‍याएको छ”, प्राधिकरणका प्रवक्ता शान्ति महतले भनिन, “धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालि र आसपासका सातदेखि आठ वटा… पुरा पढौ

गजलकार स्व.प्रकट पगेनीको शालिक अनावरण

गजलकार स्वर्गीय प्रकट पगेनी शिवको अर्धकदको शालिक अनाबरण गरिएको छ । कास्कीको देउराली स्थित ठुलो बन पाखाको हरित पार्कमा पगेनीको शालिकको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शनिबार अनावरण गरेका हुन् । शालिक अनाबरण गर्दै, पालिका अध्यक्ष ओझाले गजलकार पगेनीको नेपाली साहित्यको क्षेत्रमा बहुविधामा योगदान रहेको उल्लेख गरे । उनले स्व. पगेनीले पछिल्लो समय रचना गर्नुभएका श्रृंगारिक रसका गजल चर्चामा रहेको उल्लेख गर्दै, गित र मुक्तकमा पनि अब्बल रहेको भन्दै स्मरण गरे । प्रकट पगेनी शिव स्मृति प्रतिष्ठानका अध्यक्ष टिकाराम पगेनीको… पुरा पढौ