देश

दयाशंकर स्मृति पत्रकारिता पुरस्कार एभरेस्ट एफएमका सम्पादक श्रेष्ठलाई अर्पण गरिने

पोखरा, २ चैत दयाशंकर स्मृति पत्रकारिता पुरस्कार पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जका सम्पादक दीपेन्द्र श्रेष्ठलाई अर्पण गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित तथा स्वर्गिय दयाशंकर पालिखेका परिवारद्वारा स्थापित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०७९ एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमका सम्पादक श्रेष्ठलाई अर्पण गरिने भएको हो । पुरस्कारको राशी नगद १ लाख १ हजार एक सय ११ रुपैयाँसहित दोषल्ला र सम्मान पत्र छ । यसअघि छनोट समितिले सिफारिस गरेको दुबै जनाको नाम महासंघ… पुरा पढौ

स्व. त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान

पोखरा, २ चैत नेपाल पत्रकार महासंघ कास्कीले स्व. त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान अर्पण गर्ने भएको छ । गतवर्ष पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेललाई प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०८० अर्पण गरिने भएको हो । पुरस्कारको राशी नगद १ लाख १ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्र र दोषल्ला रहेको छ । मरणोपरान्त सम्मान स्व. पौडेलका श्रीमती प्रतिभा अधिकारी पौडेलसँगै परिवारका सदस्यलाई अर्पण गरिने महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् । प्रधानमन्त्री पुष्पकमल दाहाल… पुरा पढौ

रसियन राष्ट्रपति चुन्न पोखराबाट १३ जनाले गरे मतदान

पोखरा, चैत २ रसियन राष्ट्रपति चुन्न पोखराबाटपनि मतदान भएको छ । रुसको आगामी ६ वर्षे कार्यकालका लागि नया राष्ट्रपति चुन्न शुक्रबारदेखि चुनाव शुरु भएको हो । रुसले विश्वभर रहेका रसियन नागरिकले मताधिकार प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले विश्वका १४४ देशमा मतदान गर्ने व्यवस्था गरेको छ । जसमा १८८ मतदान केन्द्र निर्धारण गरिएको रसियन न्यूज एजेन्सी तासले उल्लेख गरेको छ । नेपालमा काठमाडौं र पोखरामा मतदान केन्द्र तोकिएको छ । जस अनुसार पोखरामा चैत २ गते शुक्रबार मतदान भएको छ भने… पुरा पढौ

प्रतिभा माविद्वारा एक/एक लाख राशीसहित हरिवंश र प्रकाश सपुत सम्मानित

पोखरा, चैत २ बरिष्ठ कलाकार हरिवंश आचार्य र गायक तथा कलाकार प्रकाश सपुत पोखरामा सम्मानित भएका छन् । पोखराको प्रतिभा माविको प्रतिभा सम्मान कार्यक्रममा कलाकार द्वय आचार्य र सपुत सम्मानित भएका हुन् । प्रतिभाले हास्य कलाकार तथा चरित्र अभिनेता आचार्यलाई ‘विशेष प्रतिभा पुरस्कार–२०८० र सपुतलाई ‘प्रतिभा वर्ष युवा पुरस्कार–२०८०’बाट सम्मान गरेको हो । उनीहरुलाई राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिभा माविका अध्यक्ष नारायणप्रसाद पौडेल, संस्थापक प्राचार्य किरण सापकोटालगायतले नगद एक÷एक लाख राशीसहित ताम्रपत्र र दोषल्ला ओढाएर सम्मान गरे ।… पुरा पढौ

विद्यार्थी भर्ना अभियान सुरु हुनुअगावै पाठ्यपुस्तक पु¥याउने सरकारको तयारी

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ सुरु हुनअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने भएको छ । यसका लागि केन्द्रले यही चैत १५ गतेभित्र पाठ्यपुस्तक छपाइ सम्पन्न गरेर उपत्यकाबाहेक सातवटै प्रदेशमा रहेका केन्द्रको नौवटा वितरण केन्द्रबाट चैत १६ गतेदेखि पुस्तक वितरण सुरु गर्ने भएको छ । केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले भने, “हामीले जिम्मेवारी पाएको कक्षा ५ देखि १० सम्मका सम्पूर्ण सेटमै ९५ प्रतिशत पाठ्यपुस्तक छपाइ सकेका छौँ, गत चैत १५ गतेभित्र बाँकी पाँच प्रतिशत पुस्तक पनि… पुरा पढौ

पोखरालाई ‘पर्यटकीय राजधानी सहर’ घोषणा गरिने

पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थितिमा यही चैत ४ गते पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा घोषणा कार्यक्रम गरिने प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले जानकारी दिए । उनका अनुसार घोषणा मूल समारोह अघि वसुन्धरा उद्यानबाट विभिन्न सांस्कृतिक झाँकीसहितको ¥याली निकालिनेछ । घोषणा समारोह फेवाताल किनार बाराही घाटमा हुने आयोजकले जनाएको छ… पुरा पढौ

चार देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

चैत १ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि थाइल्याण्डका आवासीय राजदूत तथा पोर्चुगल, भेनेजुएला र मङ्गोलियाका गैर आवासीय राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित छट्टाछट्टै विशेष समारोहमा थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्न, पोर्चुगलका जोआओ म्यानुएल मेन्डेस रिबेरो डे अल्मेडा, भेनेजुएलाका कापाया रोडरिजगुज गोन्जालेज र मङ्गोलियाका गरआवासीय राजदूत गानबोल्ड डम्बजाभले राष्ट्रपति पौडेलसमक्ष आ–आफनो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । उक्त समारोहमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो । रासस पुरा पढौ

विकासको स्पष्ट प्राथमिकता निर्धारण हुनुपर्छः डा वाग्ले

चैत १ काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष बजेट ल्याउँदा वस्तुगत धरातलमा आधारित भएर विकासको स्पष्ट प्राथमिकता निर्धारण गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले उक्त प्रस्तावमा प्राथमिकता छरिएको र विकासको स्पष्ट सोच नभएको टिप्पणी गर्दै दिगो विकासका लक्ष्यसहित मुलुक निर्माणको स्पष्ट गन्तव्य तर्जुमा हुनुपर्ने माग गरे । सांसद वाग्लेले पुनः औद्योगिककरण र हरित अर्थतन्त्रमा ध्यान दिँदै अर्थतन्त्रमा सुधारका लागि आँट… पुरा पढौ

राष्ट्रिय हितका लागि सबै दल एक ठाउँमा हुनुपर्छ : अध्यक्ष ओली

चैत १ कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दलहरू एक ठाउँमा हुनुपर्ने बताएका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ नं वडा कार्यालय भवनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामलामा सबै दल एक ठाउँमा हुनुपर्ने बताए । “सुशासनका लागि भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी छ”, उनले भने–“विकास निर्माणका काम अगाडि बढाउन देशमा सबैले शान्ति उपभोग गर्न… पुरा पढौ

रुसी सेनामा भर्ना भएका थप ७ नेपालीको मृत्यु

चैत १ काठमाण्डौं । रुसी सेनामा भर्ना भएका सात जना नेपाली नागरिकले ज्यान गुमाएका छन् । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर उक्त जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गङ्गाराम अधिकारी, बागलुङका जीतबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको छ । उक्त मन्त्रालयले परम्परागत रुपमा भएको सम्झौताअन्तर्गत केही मित्र राष्ट्रहरुको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको… पुरा पढौ