देश

राष्ट्रिय हितका लागि सबै दल एक ठाउँमा हुनुपर्छ : अध्यक्ष ओली

चैत १ कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दलहरू एक ठाउँमा हुनुपर्ने बताएका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ नं वडा कार्यालय भवनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामलामा सबै दल एक ठाउँमा हुनुपर्ने बताए । “सुशासनका लागि भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी छ”, उनले भने–“विकास निर्माणका काम अगाडि बढाउन देशमा सबैले शान्ति उपभोग गर्न… पुरा पढौ

रुसी सेनामा भर्ना भएका थप ७ नेपालीको मृत्यु

चैत १ काठमाण्डौं । रुसी सेनामा भर्ना भएका सात जना नेपाली नागरिकले ज्यान गुमाएका छन् । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर उक्त जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गङ्गाराम अधिकारी, बागलुङका जीतबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको छ । उक्त मन्त्रालयले परम्परागत रुपमा भएको सम्झौताअन्तर्गत केही मित्र राष्ट्रहरुको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको… पुरा पढौ

पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण क्षेत्रमा बढ्न थाले पर्यटक

गण्डकी । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा पर्यटकको आउजाउ बाक्लिन थालेको छ । गत पुस–माघमा उक्त क्षेत्रमा भित्रने विदेशी पर्यटकको सङ्ख्या घटेकामा फागुनयता भने विस्तारै बढिरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले जनाएको छ । आयोजनाका प्रमुख डा रविन कडरियाका अनुसार गत फागनमा १५ हजार तीन सय ६९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका छन् । पर्यटनका लागि ‘अफसिजन’ मानिने पुसमा आठ हजार चार सय ९२ र माघमा जम्मा छ हजार एक सय ७९ पर्यटकले… पुरा पढौ

मालढुङ्गा–बेनी सडक निर्माण तीव्र

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माण तीव्र गतिमा भइरहेको छ । निर्माण अवधि सकिएर पटकपटक म्याद थप गर्दासमेत कामको प्रगति नदेखिएपछि गत माघ दोस्रो साता सम्झौता रद्द गर्ने चेतावनी आयोजनाले दिएको थियो । चेतावनीपछि मुख्य ठेकेदार कम्पनीनै काममा फर्किएर निर्माणलाई तीव्रता दिएको हो । सडक निर्माणको जिम्मा लिएको एपेक्स–खड्का जेभी कन्स्ट्रक्सनले काम सम्हालेको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमले जनाएको छ । यसअघि उक्त कम्पनीले सहायक ठेकेदार कम्पनी ओमकारेश्वर कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो ।… पुरा पढौ

सुन-चाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु आठ सय बढेर प्रतितोला रु एक लाख २५ हजार आठ सय कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार थियो । त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला रु आठ सयले वृद्धि भई प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला रु एक… पुरा पढौ

आज ‘विश्व मिर्गौला दिवस‘ , नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदै

आज ‘विश्व मिर्गौला दिवस‘ मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ आज विश्व मिर्गौला दिवस मनाइँदै छ । विभिन्न कार्यक्रम गरी बर्सेनि मार्च १४ गते यो दिवस मनाइँदै आएको छ । यो वर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाइँदै छ । सामान्यतया खानपानका कारणले मिर्गौला खराब हुने चिकित्सकहरूले बताएका छन् । पानी कम खानु, मद्यपान, धूम्रपान, दुखाई कम गर्ने औषधिको प्रयोग बढी गर्नले मिर्गौला खराब हुने जोखिम बढ्छ । यस्तै, यो रोग… पुरा पढौ

प्रतिनिधिसभा बैठकः गृहमन्त्रीको नियुक्तिमा प्रधानमन्त्रीबाट जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग गरेको छ । आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिएका थिए । सांसद पाण्डेले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गरे। उनले सो विषयमा निष्पक्ष छानबिन हुनेमा आशङ्का व्यक्त गरे। सांसद पाण्डेले सो विषयमा प्रधानमन्त्री दाहालबाट यथाशीघ्र जवाफ दिन सभामुखसँग रुलिङको माग… पुरा पढौ

एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयलको निर्देशन

फागुन ३० काठमाण्डौं । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को “झ’मा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृति लिनुपर्नेमा व्यवस्था भएबमोजिम एन्फाले सो प्रक्रिया पूरा नगरी विदेश गएकाले मन्त्रालयले एन्फालाई कारबाही गर्ने राखेपलाई निर्देशन दिएको हो ।विश्वकप छनोटको तयारीमा रहेको नेपालले आगामी चैत २ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि नेपाली टोलीले आगामी चैत ८ र १३ गते… पुरा पढौ

गण्डकीसहित तीन प्रदेश प्रमुख पदमुक्त

फागुन ३० काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को यही फागुन २८ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड ‘ख’ बमोजिम मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई पदमुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस पुरा पढौ

प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत र विपक्षमा एक सय १० मत प्राप्त भएको छ । बैठकमा दुई सय ६८ सांसद उपस्थित हुनुहुन्थ्यो भने सात सांसद अनुपस्थित भएका थिए। कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि एक सय ३८ मत आवश्यक पर्छ । विश्वासको मतसम्बन्धी प्रस्तावलाई मत विभाजनको प्रक्रियामा लगिएको थियो । सभामुख देवराज घिमिरेले… पुरा पढौ