देश

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा प्रहरी नियन्त्रणमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुन तस्करी प्रकरणमा नाम जोडिएका कारण अनुसन्धानका लागि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले आज बिहान कपिलवस्तुबाट पूर्वसभामुख महरालाई नियन्त्रणमा लिएको जानकारी दिए। नेता महरालाई कपिलवस्तुबाट अहिले काठमाडौँ ल्याइएको प्रवक्ता ढकालले जानकारी दिए । यसअघि सोही प्रकरणमा महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बयान लिइ कागज गरी छाडेको थियो । यसैबीच सर्वोच्च अदालतका पूर्वन्यायाधीश… पुरा पढौ

मनकामना केबलकार एक दिनका लागि बन्द हुने

मुग्लिन । चितवनको मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही चैत ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने सेवा चैत ८ गते बिहीबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी विसं २०५५… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घटेर दुई हजार ७० दशमलव २५ को बिन्दुमा कायम भएको छ । आज तीन सय चार कम्पनीको ८४ लाख छ हजार ७६ कित्ता शेयर ६३ हजार नौ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ३८ करोड ७९ लाख ८० हजार तीन सय ८४ बराबरको कारोबार भएको छ । आज विकास बैंक समूह शून्य दशमलव ८२, वित्त… पुरा पढौ

नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन औषधि उत्पादन गर्दै

काठमाडौँ । नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको जानकारी दिए । तीनै वटा औषधि ट्याबेलटमा छन् । एउटा औषधि दैनिक डेढलाख ट्याबलेट उत्पादन गर्ने उनको भनाइ छ । यसअघि लिमिटेडले जीवनजल, सिटामोल, फोलिक एसिड, हेमाडायलासिसका दुई प्रकार ९झोल र प्याकेटमा०, ग्लिसिरिन, डिस्ट्रिल वाटर र स्यानिटाइजरलगायत उत्पादन गरिरहेको थियो । “सरकारले आर्थिक सहयोग गरेको खण्डमा हामी थप अरु औषधि पनि… पुरा पढौ

राष्ट्रिय भलिबल प्रतियोगिताः कर्णाली प्रदेश पुलिस क्लवसंग पराजित

काठमाडौँ । नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषद् (राखेप)को कभर्डहलमा आज भएको दोस्रो खेलमा पुलिसले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो । पुलिसले कर्णालीमाथि पहिलो सेट २५-१२ ले जित्यो भने खेलको दोस्रो सेट २५-७ तथा तेस्रो सेट २५-८ ले आफ्नो पक्षमा पार्‍यो । त्यस्तै आजै भएको पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले मधेस प्रदेशलाई ३-० को सोझो सेट पराजित गरेको… पुरा पढौ

प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामथ्र्य प्रयोग गर्नुपर्छ : राष्ट्रपति पौडेल

चैत ३ सिरहा । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वपरिवेश अनुरूपको प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामथ्र्य प्रयोग गर्न आग्रह गरेका छन् । पशुपति आदर्श माध्यमिक विद्यालय लहान मटियर्वा सिरहाको हीरक जयन्ती समारोहको आज उद्घाटन गर्दै उनले शिक्षा व्यक्ति, समाज र देशको सर्वाङ्गीण विकासमात्र होइन चेतना, ज्ञान, अनुशासन, संस्कार र सभ्यता निर्माणको आधार पनि भएकाले सोहीअनुसार नीति, पाठ्यक्रम तथा पठनपाठन पद्धति विकास गर्नुपर्नेमा जोड दिए । “सरकारको नीति, बजेट र योजना समयअनुसारको शिक्षा दिने तथा राष्ट्र निर्माण र राष्ट्रिय… पुरा पढौ

माओवादी केन्द्र र समाजवादी बीच एकता गर्ने सहमति

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता गर्ने सहमति भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्र र समाजवादी पार्टी केन्द्रीय समितिको एकता संयोजन समितिको बैठकले उक्त निर्णय गरेको हो । नेपाल समाजवादी पार्टीका महासचिव रमेशप्रसाद यादव र नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले बैठकपछि संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिअनुसार एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुङ्गो लगाउने निर्णय भएको छ । पार्टी… पुरा पढौ

निगमले घटायो पेट्रोल र डिजेलको मूल्य

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले राती १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य घटेको हो । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो । पुरा पढौ

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् निर्णय

चैत २ काठमाण्डौं । सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमक्ष आफ्नो प्रतिवेदन प्रस्तुत गरेको थियो । उक्त प्रतिवेदन अध्ययन गरी तत्काल कार्यान्वयनमा लैजाने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिइन् । त्यसैगरी बैठकले दुई जना प्रहरी अतिरिक्त महानिरीक्षकको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ… पुरा पढौ

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं अधिवेशन शुरु

काठमाण्डौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सुनचाँदा तथा रत्न आभुषण व्यवसायीहरुको गुनासो सुन्न मन्त्रालयको ढोका सधै खुल्ला रहने बताएका छन् । काठमाडौंमा आज देखि सुरु भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री गिरीले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले व्यवसायीको समस्या र गुनासो सुन्नका लागि आफ्नो मन्त्रालय सधै तयार रहेको बताए । ‘चुनौतीपूर्ण क्षेत्रबाट सुनचाँदी व्यवसायी तथा आभुषण महासंघ अगाडि बढिरहेको छ’, मन्त्री गिरीले भने, ‘अहिले व्यवसायीहरुको गुनासो धेरै छन्, व्यवसायीहरुको… पुरा पढौ