देश

मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा ७० मठमन्दिर भत्किने

मुग्लिन-पोखरा सडक बिस्तार आयोजना अन्तर्गत तनहुँको पश्चिम खण्डमा करिब ७० वटा मठमन्दिर भत्किने भएका छन् । राजमार्गको सडक मापदण्डभित्र निर्माण गरिएका मठमन्दिरहरु भत्किने भएका आयोजनाले जनाएको छ । तनहुँ खण्डमा मात्रै बाह्र मन्दिर र दुई पार्क भत्किने छन् प्रमुख जिल्ला अधिकारीको संयोकत्वमा गठित मुआब्जा निर्धारण समितिको हालै बसेको बैठकले मन्दिरको क्षतिपूर्तिका लागि मुआब्जा निर्धारण गरिसकेको छ । तनहुँ खण्डका लागि मात्रै रु ३४ लाख मुआब्जा वितरण गर्नुपर्ने देखिएको छ भने कोत्रेदेखि कास्कीको सेतीपुलसम्मको लगत लिने काम भैरहेको रेना आरडिइटी–एस कन्सल्टटेन्सीका… पुरा पढौ

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर दुई हजार ६३ दशमलव ९५ को बिन्दुमा कायम भएको हो । विभिन्न तीन सय पाँच कम्पनीका ९४ लाख ४५ हजार छ सय ९७ कित्ता शेयर ६० हजार १६ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ बराबरको कारोबार भएको छ । कारोबारमा ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ४७ कम्पनीको शेयर मूल्य घटेको… पुरा पढौ

नेपाली क्रिकेट टोलीको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा आयोजना हुने आयरल्यान्ड ‘ए’ सँग र भारतमा हुने फ्रेन्डसिप कपका लागि आज नेपाली टोली घोषणा गरेको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । छनोट हुने नेपाली टोलिमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, करण केसी, सोमपाल कामी, गुलसन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा र आकाश चन्द छन् । नेपालले आयरल्यान्डसँग… पुरा पढौ

एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । चैत १५ गतेदेखि सुरु भई २७ गतेसम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। उनका अनुसार यसवर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । यसवर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको… पुरा पढौ

नेप्से परिसूचकमा छ दशमलव २४ अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७ दशमलव २९ को अङ्कमा कायम भएको हो । आज तीन सय सात कम्पनीक ९४ लाख ७८ हजार नौ सय ३३ कित्ता शेयर ६३ हजार आठ सय एक पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६३ करोड ३९ लाख ३६ हजार पाँच सय ५४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । वित्त समूह दुई दशमलव १०, जीवन बीमा समूह शून्य… पुरा पढौ

प्रतिनिधिसभामा उठेका प्रश्नमाथि प्रधानमन्त्रीद्वारा जवाफ प्रस्तुत (पूर्णपाठ)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलगायतले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा, भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिनालगायतका विषयमा सांसदहरुले उठाएका विषयमा जवाफ पेश गरेका छन । नेपाली कांग्रेसले संसदमा गृहमन्त्री लामिछानेको राजीनामा माग गरिरहेकोमा अनुसन्धानबाट दोषी प्रमाणित भए कारबाही गरिने प्रतिवद्धता प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले व्यक्त गरे । पोखराको सुर्यदर्शन सहकारीका पीडितले दिएको उजुरीको अनुसन्धान सकिसकेको अवस्थामा लामिछानेलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री नियुक्त गर्दा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट )नहुने पनि उनको भनाइ छ । प्रतिनिधिसभामा सांसदहरुले… पुरा पढौ

पूर्वसभामुख महरा अस्पताल भर्ना, आज अस्पतालमै राखिने

चैत ५ काठमाण्डौं । स्वास्थ्य अवस्थाको कारण देखाउँदै काठमाडौँ जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई अस्पतालमा राखेर अनुसन्धान गर्ने भएको छ । चार दिन हिरासतमा राख्न अनुमति दिएको अदालतले म्याद थपेसँगै बिरामीका कारण उल्लेख गर्दै अस्पतालमा राख्न आदेश गरेकाले सोही अनुसार अस्पतालको व्यवस्थापन गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार नेता महरालाई नर्भिक अस्पताल राखिने छ । महराले आफूले आठ प्रकारका… पुरा पढौ

सुन तस्करी प्रकरण : उपाध्यक्ष महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

चैत ५ काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चार दिनको म्याद पाएको छ । काठमाडौँ जिल्ला अदालतले सुन प्रकरणको अनुसन्धान गरिरहेको सिआइबीलाई आज नेता महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद दिएको हो । म्याद थपका लागि उहाँलाई आजै जिल्ला अदालतमा पेश गरिएको थियो । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले म्याद थप भएसँगै थप अनुसन्धानका काम अघि बढाइएको जानकारी दिए । यसअघि सुन प्रकरणमा अनुसन्धान गरेको सिआइबीले महरालाई बयान… पुरा पढौ

सत्ताका अगाडि घुँडा टेके मुख्यमन्त्री पाण्डेले, मनाङे बने चौथो पटक मन्त्री

पोखरा, चैत ५ राजिव गुरुङ उर्फ दीपक मनाङे चौथोपटक मन्त्री भएका छन् । गुण्डा नाईकेको छवी बनाएका मनाङे सोमबार चौथो पटक मन्त्री भएका हुन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रीमा नियुक्त गरेका हुन् । विहान नियुक्त भएका मन्त्री मनाङेले सोमबार दिउँसो सपथ लिए । उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको सपथ खुवाएका हुन् । मनाङ (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मतहुँदै निर्वाचित भई नेकपा एकीकृत समाजवादी प्रवेश गरेका मनाङे यसअघि पृथ्वी सुब्बा… पुरा पढौ

रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान

गुल्मी । रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब सोमबार पनि सोही एयरलाइन्सले उडान भर्न लागेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए । रेसुङ्गा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले यात्रुको चाप बढेकाले नेपाल एयरलाइन्ससँग समन्वयमा एक उडान थप गरिएको बताए । “यात्रुको चाप बढेपछि थप एक उडान सुरु गर्न लागिएको हो । आगामी दिनमा यात्रुको चापका आधारमा थप उडानबारे एयरलाइन्ससँग आवश्यक समन्वय गरिनेछ”,… पुरा पढौ