देश

उद्योगी व्यवसायी हो भन्दैमा देशलाई लुट्ने छुट दिन सकिदैन : गृहमन्त्री श्रेष्ठ

पोखरा, माघ १९ उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध गर्ने कर्मचारी तथा उद्योगी व्यवसायीलाई कारवाही गर्दा वक्तव्यबाजी र आन्दोलन गर्नेगरेकोप्रति असन्तुष्टी व्यक्त गरेका छन् । पोखरामा शुक्रबारदेखि शुरु भएको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उप–प्रधान तथा गृहमन्त्री श्रेष्ठले अरुण चौधरीलाई पक्राउ गरेलगत्तै उद्योगी व्यवसायीले विरोध गरेकोप्रति लक्षित गर्दै भने,‘गल्ती गर्ने, अपराध गर्ने उद्योगी व्यवसायीलाई कारवाही गर्न थाल्यो भने वक्तव्यबाजी शुरु हुन्छ । दवाब शुरु हुन्छ । उद्योगी व्यवसायीलाई कारवाही हुनु भएन नि ! हामीले कर तिरेका… पुरा पढौ

उच्च पदस्थ राजनीतिक नेतासहित कर्मचारीहरुको एउटा हिस्साले लुटको देश बनाउन खोजे : गृहमन्त्री श्रेष्ठ

पोखरा, माघ १९ उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कपितय निराश भएर नेपाललाई सतीले सरापेको देश भनेर भन्ने गरेकोप्रति असहमति जाहेर गरेका छन् । पोखरामा शुक्रबारदेखि शुरु भएको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उप–प्रधान तथा गृहमन्त्री श्रेष्ठले बरु यो देश केहि सम्पन्नशाली, राजनीतिक दलका नेताहरु, र उच्च पदस्थ राजनीतिक नेतासहित कर्मचारीहरुको एउटा हिस्साले लुटको देश बनाउन खोजेकोचाहिं सत्य भएको बताएका हुन् । ‘तर अब त्यस्तो हुन दिनुहुन्न र दिईन्नपनि’–उनले भने । उनले सम्पन्नशाली, पहुँचवाला, सत्ताको भागिदार, सत्तासँग… पुरा पढौ

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । आसन्न संसद् अधिवेशनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा उनीहरुबीच शान्ति प्रक्रियाका बाँकी कामका साथै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत अन्य विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । यही माघ २२ गतेदेखि सङ्घीय संसद्का दुवै सदनको बैठक हुँदैछ ।रासस पुरा पढौ

नारायणगढ–मुग्लिन सडक दिउँसो तीन साता बन्द हुने

माघ १८ चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ । सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो । आज जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड–(नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उनले अन्तिम पटकका लागि तीन साता सडक बन्द… पुरा पढौ

जनवरीमा आए ७९ हजारभन्दा बढी पर्यटक

काठमाडौँ । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८१ हजार आठ सय ९७ जना बाहिरिएका छन् । जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार एक सय ३९ जना नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा १६ हजार चार… पुरा पढौ

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

माघ १७ काठमाण्डौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बुधबारको निगम सञ्चालक समितिको निर्णयले मध्यरातबाट लागु हुने गरि पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल–मट्टितेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरिएको छ । पोखरामा पेट्रोलको मूल्य १७०, डिजेटल र मट्टितेलको मूल्य १५८ र ग्यासको मूल्य १९१० रुपैयाँ पुगेको छ । इन्डियन आयल कर्पोरेसनबाट बुधवार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको… पुरा पढौ

पोखरा–१९ का वडाध्यक्षको चतुर्याईं : रुख काटि सकेपछि बल्ल सूचना

पोखरा, माघ १७ बाँदर नियन्त्रण गर्ने भन्दै रुख काट्ने अभियान चलाउने पोखरा महानगरपालिका वडा नम्बर–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले जालझेल गरेको खुलेको छ । बाँदर नियन्त्रणका लागि “मेरो रुख म काट्छु” अभियान चलाएका वडाध्यक्ष पाण्डेले सूचना निकाल्नु अघि नै स्थानियलाई रुख काट्न लगाएको तथ्य बाहिरिएको हो । वडाध्यक्ष पाण्डेले बाँदर नियन्त्रणका लागि सो अभियान सञ्चालन गर्ने भन्दै १० दिन भित्र घर वरपरका रुख काट्न सार्वजनिक सूचना निकालेका थिए । वडाले रुख काट्ने अभियान सञ्चालनका लागि सूचना निकालेपछि त्यसबिरुद्ध सामाजिक सञ्जालमा… पुरा पढौ

नेप्से परिसूचकमा गिरावट

काठमाडौँ । यो साता कारोबारको लगातार तीन दिनसम्म उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक आज चौथो दिन भने दोहोरो अङ्कले घटेको छ । आज परिसूचक २१ दशमलव ६७ अङ्कले घटेर दुई हजार ९७ दशमलव ९३ को विन्दुमा कायम भएको हो । आज तीन सय १३ कम्पनीको एक करोड ४७ लाख ७७ हजार एक सय १० कित्ता शेयर ९५ हजार छ सय ४५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ बराबरको कारोबार भएको छ… पुरा पढौ

आजको मौसम: पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात

पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीका कारण आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हिउँदे मौसमको विशेष बुलेटिन निकालेर उक्त प्रणालीका कारण आजदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको जनाएको हो । साथै सुदूरपश्चिम,… पुरा पढौ

राष्ट्रियसभा निर्वाचनबारे सत्तासाझेदार दलविच छलफल

माघ १६ काठमाण्डौं । सत्तासाझेदार दलले यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षा गरेका छन् । प्रधानमन्त्रीको निवासमा आज साँझ भएको बैठकमा उक्त निर्वाचन र प्राप्त नतिजाबारे छलफल भएको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचन र परिणामको विषयमा समीक्षा भएको जानकारी दिए । “गठबन्धनको बैठकमा कोशी प्रदेशमा सत्ता गठबन्धनले सिट गुमाएको विषयलाई लिएर गम्भीर छलफल भएको छ”, उनले भने । बैठकले कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार पराजित हुनु अप्रत्याशित भएको निष्कर्षसमेत… पुरा पढौ