देश

समतामूलक समृद्ध विश्व स्थापनामा ‘नाम’ले निर्णायक भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

माघ ५ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम)ले समतामूलक समृद्ध विश्वको स्थापना गर्न निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिए । युगाण्डाको काम्पलामा आयोजित नामको १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उनले संयुक्त राष्ट्रसङ्घपछिको सबैभन्दा प्रतिनिधि संस्थाका रूपमा नामले स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘नाम’का निरन्तरको मूल्य, मान्यता र सिद्धान्त हाम्रा लागि पवित्र रहेका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसको पालनाले शान्तिमय, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको स्पष्ट पारे । “नाम आफैँमा… पुरा पढौ

स्कुल बसले ठक्कर दिदा सोहि विद्यालयमा अध्ययनरत पोखरा–२४ कास्कीकोटका बालकको मृत्यू

माघ ५ पोखरा । पोखरामा स्कुल बसले ठक्कर दिदा सोहि स्कुलमा अध्ययनरत विद्यार्थीको शुक्रबार मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–२४ स्थित बाल प्रतिभा बोर्डिङ स्कुलको ग.१ क.४०८२ नम्बरको बसले पोखरा–२४ काउलेमा शुक्रबार दिउँसो २ः४५ बजे ठक्कर दिदा सोहि विद्यालयको कक्षा नर्सरीमा अध्ययनरत ३ वर्षिय समिर कार्कीको मृत्यू भएको हो । बसबाट झरेर घर जान लागेका उनलाई सोहि बसले ठक्कर दिदा गम्भीर घाइते भएपछि उद्धार गरेर उपचारका लागि मेट्रोसिटी अस्पताल ल्याइएपनि उपचारका क्रममा दिउँसो ४ बजे मृत्यू भएको कास्की… पुरा पढौ

पोखरा महोत्सवमा आज एलिना चौहान र मन्त्र ब्याण्ड गुञ्जिदै

पोखराको अमरसिंह खेल मैदानमा जारी बाह्र्रौँ संस्करणको पोखरा महोत्सवमा आज एलिना चौहान र मन्त्र व्याण्डले प्रस्तुती दिदैछन् । ‘युवाको जाँंगर राष्ट्र निर्माणको आधार’ भन्ने नारासहित युनाइटेड क्लव पोखराको आयोजनामापुस २६ गतेदेखि शुरु महोत्सवमा आज दिउँसो एलिना चौहान र साँझ मन्त्र व्याण्डले प्रस्तुती दिने क्लवका महासचिव दीनेश सुनारले जानकारी दिए । महोत्सवमा आज एलिनासंगै जीवन दाहाल, शिवहरी ढुंगाना, निश्चल दवाडी, सबिना गुरुङ, शान्ता बर्देवा, माधव चाँपागाई, कमला गैरे, बिनिता क्षेत्री, सुरेश भुर्तेल लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ ब्याण्ड तर्फ मन्त्र… पुरा पढौ

एमडिएमएस र टेरामक्ससम्बन्धी कागजात एक साताभित्र बुझाउन समितिको निर्देशन

माघ ४ काठमाण्डौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले सो सम्बन्धमा सुरुदेखि भएका नीतिगत निर्णय खरिद प्रक्रिया भुक्तानी र कार्यान्वयनको औचित्यलगायतका विषयका कागजात यथाशक्य चाँडो बुझाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । सञ्चारमन्त्री रेखा शर्मा, सचिव रामकृष्ण सुवेदीलगायत अधिकारीसँगको छलफलपछि समितिले ती विषयमा भएका मन्त्रालयगत छानबिनको प्रतिवेदन र त्यससम्बन्धमा अदालतबाट भएका… पुरा पढौ

आसन्न निर्वाचनलाई ध्यानमा राख्दै शान्ति सुरक्षा चुस्त बनाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

माघ ४ काठमाण्डौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आज मुलुकको समग्र सुरक्षास्थितिबारे छलफल गरेका छन् । आज रक्षा मन्त्रालयमा भएको छलफलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकसँग कार्यवाह प्रधानमन्त्री खड्काले मुलुकको सुरक्षास्थितिबारे छलफल गरेका हुन् । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्कालाई सहभागी पदाधिकारीहरूले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सुरक्षा तयारी र देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी… पुरा पढौ

दुर्गा प्रसाईंलाई प्रशासनले पृथ्वीचोकमा कार्यक्रम गर्न दिएन

पोखरा, माघ ४ राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान लिएर देश दौडाहामा हिंडेका दुर्गा प्रसाईंलाई प्रशासनले पोखराको पृथ्वीचोकमा कार्यक्रम गर्न रोकेको छ । प्रसाईंले शुक्रबार पृथ्वीचोकमा कार्यक्रम गर्ने तयारी गरेका थिए । तर प्रशासनले सो क्षेत्रमा कार्यक्रम गर्न अनुमति नदिएको प्रसाईंले जानकारी दिए । पृथ्वीचोकमा कार्यक्रम गर्न नदिएपछि प्रसाईंले शु क्रबार पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रमा गर्ने तयारी गरेको छ । ‘पृथ्वीचोकमा गर्न नदिनेपछि हामीले नयाबजारको प्रदर्शनी केन्द्रमा कार्यक्रम गर्ने तयारी गरेका छौं’–उनले भने । कार्यक्रमलाई राप्रपाले समर्थन गरेको… पुरा पढौ

टाइगर कप भलिबल : महिलातर्फ न्यू–डायमण्ड र एपिएफबीच उपाधि भिडन्त पक्का

माघ ४ पोखरा । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लव र चन्द्रागिरी न्यू–डायमण्ड एकेडेमीबीच उपाधि भिडन्त हुने भएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरामा जारी प्रतियोगितामा विहीबार भएको सेमीफाइनल खेलमा एपिएफले नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र न्यू–डायमण्ड एकेडेमीले नेपाल पुलिस क्लवलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । उपाधि भिडन्त शनिबार हुने आयोजक टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । प्रतियोगिता अन्तर्गत विहीबार भएको पहिलो सेमीफाइनल खेलमा… पुरा पढौ

पोखरा महोत्सवमा आज बद्री पंगेनी र सविन राईले दर्शक नचाउने

पोखराको अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा आज बद्री पंगेनी र सबिन राईको प्रस्तुती रहने भएको छ । महोत्सवको आठौँ दिन बिहीबार चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुती रहनेछ भने सांझको लाइभ ब्याण्ड तर्फ सबिन राई एण्ड द फेरोहको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । बद्री पंगेनी संगै जीवन दाहाल, शिवहरी ढुंगाना, नेत्र खड्का, नवराज अधिकारी, टस गुरुङ, नेत्रपाणी बास्तोला, रमा राना, पुजा गुरुङको प्रस्तुती रहने छ । महोत्सव सातौ दिनमा आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिती रहेको छभने… पुरा पढौ

मधेस प्रदेश सरकारका एक वर्षे उपलब्धि सार्वजनिक

माघ ३ जनकपुरधाम । मधेस प्रदेश सरकार गठनको एक वर्षमा भएका उपलब्धि सार्वजनिक गरिएका छन् । मधेस प्रदेश नामाङ्कन र प्रदेश राजधानी जनकपुर तोकिएको दिनलाई स्वाभिमान दिवसका रुपमा मनाउन आज जनकपुरधाममा आयोजित कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवले सरकार गठनको एक वर्षमा भएका उपलब्धि सार्वजनिक गरेका हुन् । प्रदेशसभाको दोस्रो निर्वाचनपश्चात् विसं २०७९ पुस २९ गते जनता समाजवादी पार्टी (जसपा) प्रदेशसभा संसदीय दलका नेता यादवको नेतृत्वमा सरकार गठन भएको थियो । सरकारका उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री यादवले प्रदेश सरकार गठन हुँदा प्रादेशिक… पुरा पढौ

विश्वविद्यालयमा अध्यापन हुने सबै विषयलाई रोजगारीसँग जोडौँ : मन्त्री शर्मा

माघ ३ काठमाण्डौं । सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले विश्वविद्यालयका सबै शैक्षिक कार्यक्रमलाई थप प्रयोगात्मक बनाउँदै तिनलाई उद्योग वा रोजगार बजारसँग सिधै जोड्नुपर्ने बताएकी छन् । सूचना प्रविधिका विद्यार्थीलाई सम्बन्धित उद्योगका लागि तयार गराउने उद्देश्यले त्रिभुवन विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग र डिजिटल इम्पावरमेन्ट सोसाइटीबीच आज समझदारीपत्र हस्ताक्षर भएपछि मन्त्री शर्माले सूचना प्रविधिको अहिलेको युगमा आर्थिक समृद्धि हासिल गर्न ‘आइटी’ क्षेत्रको भूमिका महत्वपूर्ण भएको बताएकी छन् । सूचना प्रविधिमा स्नातकोत्तर तह अध्ययनरत विद्यार्थीलाई माइक्रोसफ्ट कम्पनीस्तरको तालिम… पुरा पढौ