देश

राष्ट्र सङ्कटपूर्ण घडीमा उभिएको छ, कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : सभापति देउवा

पुस ७ काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र सङ्कटपूर्ण अवस्थामा उभिएकाले आफू नेतृत्वको पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलन आज उद्घाटन गर्दै सभापति देउवाले भने, “राष्ट्र अहिले दोधारमा उभिएको छ, अहिलेको बेला सबैले मिलेर र खासगरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको छ ।” पूर्वप्रधानमन्त्री देउवाले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्त्वपूर्ण भएको दाबी गर्दै यो व्यवस्था समावेशितामा आधारित व्यवस्था भएको बताए । उनले पार्टीलाई अझै सुदृढ गर्दै… पुरा पढौ

रास्वपा सभापती रबि लामाछिानेमाथि पोखरामा मकैको खोईलाले प्रहार

पोखरा, पुस ७ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रबि लामिछानेमाथि पोखरामा मकैको खोईलाले प्रहार भएको छ । पोखराको अमरसिंहचौरमा रास्वपाले आयोजना गरेको कार्यक्रममा सभापती लामिछानेमाथि ताकेर मकैको खोईला प्रहार भएको हो । लमजुङ्गका सन्तोष रानाभाटले भाषण गरिरहेका लामिछानेलाई ताकेर प्रहार गरेको बताइएको छ । रानाभाट कार चालक भएको बुझिएको छ । ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । अनुसन्धानका क्रममा रानाभाटले आफूले रबिलाई ताकेर प्रहार नगरेको प्रारम्भिक बयान दिएको… पुरा पढौ

‘अङ्गदानका निम्ति सबैले प्रोत्साहित गरौँ’: प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अङ्गदान र प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न अपिल गरेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनलाई सम्बोधन गर्दै धानमन्त्रीले अङ्गदानका लागि प्रेरित गर्नुपर्ने बताए । प्रधानमन्त्रीले भने, “सबै दाजुभाइ दिदीबहिनीमा म आह्वान गर्दछु– अङ्गदान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन् । मानव हुनुको नाताले कलेजो, मिर्गौला, मुटु, फोक्सोलगायत अङ्ग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो… पुरा पढौ

अर्थतन्त्रका अधिकांश सूचकहरूमा राम्रो प्रगति भएको छ : प्रधानमन्त्री प्रचण्ड

पुस ६ विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकमा राम्रो प्रगति देखिएको बताएका छन् । मोरङ व्यापार सङ्घद्वारा आयोजित उद्योग व्यापार मेला (एक्स्पो २०२३)को आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित सरकार अगाडि बढिरहेको बताए । उनले अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्दै समृद्धिको यात्रालाई गति दिन सरकार निरन्तर क्रियाशील रहेको छ भने । प्रधानमन्त्री प्रचण्डले जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला देशको अर्थतन्त्र निकै अप्ठ्यारो परिस्थितिमा रहेको बताउँदै एक वर्षको… पुरा पढौ

सुदन किराँतीलाई जहाँ भेट्यो त्यहीं ठोक्ने नेविसंघको घोषणा

पोखरा, पुस ६ नेपाल विद्यार्थी संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई जहाँ भेट्यो त्यहीं ठोक्ने घोषणा गरेको छ । क्रिश्चियन धर्म नमान्नेलाई जेल कोच्नुपर्छ भनेर विवादास्पद अभिव्यक्ति दिएको विरोधमा नेविसंघ कास्कीले शुक्रबार साँझ पोखरामा आयोजना गरेको विरोध सभामा बोल्दै नेविसंघका नेताहरुले मन्त्री किराँतीलाई जहाँ भेट्यो त्यहिं ठोक्ने चेतावनी दिएका हुन् । कार्यक्रममा बोल्नै नेविसंघ पृथ्वीनारायण क्याम्पसका सभापती सुशील न्यौपानेले मन्त्री न्यौपानेलाई सरकारले नै कारवाही गर्नुपर्ने बताए । मन्त्री किराँतीले नैतिक रुपमा पदबाट राजिनामा दिनुपर्छ, नभए प्रधानमन्त्रीले नै… पुरा पढौ

कांग्रेस बलियो भए मात्रै संविधानको रक्षा हुन्छ : सभापति देउवा

पुस ५ जनकपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस बलियो भएमा मात्रै संविधान र परिवर्तनको रक्षा हुने बताएका छन् । नेपाली कांग्रेस मधेस प्रदेशको आयोजनामा आजदेखि जनकपुरधाममा सुरुभएको प्रथम मधेस प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले सङ्यीयता, समावेशिता र परिछल्ला उपलब्धिमाथिको प्रहार रोक्न पनि कांग्रेस र मधेस बलियो हुनुपर्ने बताए । पूर्व प्रधानमन्त्री देउवाले समावेशी, समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न अपनाइएका निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको एकल सरकार बनाउन नसक्ने हुँदा गठबन्धन गर्नु परेको उल्लेख गरे ।… पुरा पढौ

झोलामा खोलाको स्थिति अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

पुस ५ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको ऊर्जा क्षेत्रको विकासमा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छन् । उनले जलविद्युत् आयोजनाको अनुमतिपत्र होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्नेको लाइसेन्स खारेज गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशनसमेत दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिाचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठक एवं दिशानिर्देशमा प्रधानमन्त्री दाहालले सो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले भने, “झोलामा खोलाको… पुरा पढौ

राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल निर्धारण

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक÷एक मतदानस्थल र सोही मतदानस्थलमा दुई-दुई मतदान केन्द्र रहने गरी सात मतदानस्थल र १४ मतदान केन्द्र तोकेको छ । आयोगले कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधेस प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा, बागमती प्रदेशका लागि भुटनदेवी मावि, प्राविधिक शिक्षालय, हेटौडा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश… पुरा पढौ

अनिच्छित गर्भपतन गर्नपनि हिच्किचाउँछन् नेपाली महिला

पोखरा, मंसिर ५ पोखरा–३ की १७ वर्षिया किशोरी सुहाना (नाम परिवर्तन)को अनिच्छित गर्भ बस्यो । आफ्नो केटा साथी (ब्यायफ्रेण्ड)सँग सहमतिमै सहवास भएपनि बच्चा पाउने उनीहरुको चाहना थिएन । चाहना विपरित अनिच्छित गर्भ बसेपछि उनीहरुले गर्भपतन गर्ने उपाय रोजे । गर्भपतन गर्ने त भने तर गर्भपतन गर्ने ठाउँसम्म जाने हिम्मत गरेनन् । कसैले देख्लान् कि भन्ने डरले उनीहरुलाई खायो । जाउँ कसैले देख्लान् भन्ने डर, नजाउँ जसरीपनि गर्भपतन जसै नगराई नहुने थियो । तर उनीहरु त्यहाँ गएनन् बरु विहे गर्ने विकल्प… पुरा पढौ

माओवादीको विधान सम्मेलन फागुनमा,पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन

नेकपा (माओवादी केन्द्र)ले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज भएको केन्द्रीय पदाधिकारी बैठकले विधान सम्मेलन अगाडि स्थायी समिति र केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो । स्थायी समिति बैठक यही पुस महिनाको अन्तिममा बस्ने भएको छ । बैठकले सात सदस्यीय विधान मस्यौदा समितिसमेत गठन गरेको पार्टी सचिव गणेश साहले राससलाई जानकारी दिए । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा… पुरा पढौ