देश

राष्ट्रपति पौडेल जाजरकोट अस्पतालमा घाइतेहरूसँग

राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन । उनले आज जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए राष्ट्रपति पौडेलले भूकम्प प्रभावितलाई आवश्यक बसोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपतिको भनाइ उदृत गर्दै सल्लाहकार पोखरेलले भने, “तपाईंहरुका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ… पुरा पढौ

सुनचाँदीको भाउ आज घट्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा सुनचाँदीको भाउ आज घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हो । आज सुनको भाउ तोलामा एक लाख १५ हजार रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ। यसैगरि, चाँदी आज तोलामा एक हजार चार सय ५ रुपैयाँमा किनबेच भइरहेको छ । पुरा पढौ

१९ वर्षीया जमुना, जसले भूकम्पका कारण श्रीमान् र गर्भको शिशु गुमाइन्

जमुना बुढामगर भर्खर १९ वर्षको भइन । केही दिनअघि गएको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्कँदै गरेको आठमहिने शिशुलाई गुमाइन । श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्याइरहन्छिन । भूकम्पबाट घाइते उनी हाल नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत छिन । जाजरकोटको नलगाढ नगरपालिका–६ भारगाउँकी जमुनाकोे गत शुक्रबार राति गएको भूकम्पले संसार नै अँध्यारो बनाइदिएको छ । भूकम्पपीडितको व्यथा एउटै एउटै जस्तो देखिन्छ । तर जमुनालाई भने आफ्नो व्यथा अरुको भन्दा धेरै गहिरो लागेको छ । उनले आफ्नो जीवनसाथी… पुरा पढौ

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको रु ५० लाख सहयोग

नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरुको प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । कांग्रेसले भूकम्पपछिको उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि नौ बुँदे सुझाव पेश गर्दै सरकारको ध्यानाकर्षण पनि गराएको छ । कांग्रेसले भूकम्पपछिको खोज र उद्धारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा पनि गरेको छ । कांग्रेसले राहत र पुनःनिर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको… पुरा पढौ

भाइटीकाको उत्तम साइत बिहान १०ः५१ मा

कार्तिक २० काठमाण्डौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार यस वर्षको टिकाको उत्तम साइत कार्तिक २९ गते बुधबार १० बजेर ५१ मिनेट भाइटीकाको उत्तम साइत रहेको छ । साइत खोज्नेहरुका लागि सो समय उत्तम भएपनि भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहने समितिले जनाएको छ । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिवारदेखि शुरु हुने छ । २५ गते काग तिहार परेको छ । यस्तै… पुरा पढौ

जाजरकोटलाई केन्द्रविन्दु बनाएर फेरि भूकम्प, पोखरामा पनि धक्का महशुस

पोखरा । पोखरामा भूकम्पको धक्का महशुस गरिएको छ । सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का पोखरामा समेत महशुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडालाई केन्द्रविन्दु बनाएर ५.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।यसबारेमा विस्तृत विवरण आउन बाँकी छ । यसअघिपनि गत शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । पुरा पढौ

युरोप भ्रमण स्थगित गरेर राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार विहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति मंगलबार विहान त्यस क्षेत्रमा जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । भूकम्पपछि अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका छन् । प्राकृतिक विपतको बेला राष्ट्रपति विदेश भ्रमण जान अनुपयुक्त हुने आवाज उठेपछि पौडेलले युरोप भ्रमण स्थगित गरेका छन् । पुरा पढौ

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २१.३० अंक बढेर १८४७ विन्दु कायम भएको छ । कुल १९९ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने १२ को स्थिर रह्यो । सोमबार कारोबार खुलेदेखि नै बजार बढेको हो । दिनभर कुल ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि आइतबार ९७ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यस दिन होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ३.७३ प्रतिशत बढ्यो… पुरा पढौ

वित्तीय संस्थाको म्यानेजर छाडेर च्याउ खेतीमा रमाउँदै सन्दीप

पोखराका सन्दीपबहादुर क्षेत्री कालिका माईक्रो फाईनान्समा शाखा म्यानेजर थिए । ससुराले च्याउखेती गरेको देखेर प्रभावित उनले श्रीमतीलाई च्याउ खेतीबारे सिक्न लगाए । श्रीमतीपनि के कम ! श्रीमानको सुझाव अनुसार च्याउ खेतीबारे माईत गएर बुझे । आफ्नै देशमा केहि गरौं भन्ने हुटहुटी बोकेका क्षेत्रीलाई श्रीमतीको साथ पाएपछि आफ्नो हुँदाखाँदाको जागिर छाडेर च्याउ खेतीतर्फ लागे । पाँच वर्षअघि पोखरा–२२ चिसापानीमा चिसापानी च्याउ फर्मबाट च्याउ खेती शुरु गरेका क्षेत्रीले अहिले पोखरा–१९ लामाचौरमा थप दुईवटा फर्म बिस्तार गरेका छन् । सिजन अनुसार फरक÷फरक ठाउँमा… पुरा पढौ

च्याउको मूल्य चार वर्ष यताकै न्यून

पोखरा, कात्तिक १८ पोखरामा च्याउको मूल्य चार वर्ष यताकै न्यून भएको छ । पोखरामा च्याउको उत्पादन बढेपछि मूल्य भने चार वर्ष यताकै न्यून भएको हो । पोखरामा पाँच वर्ष अघि च्याउको मूल्य प्रतिकेजी २ सय ३० रुपैयाँसम्म पुगेको थियो । तर २०७५ सालमा त्यसको मूल्य घटेर ६० रुपैयाँसम्म झरेको थियो । आज चार वर्षपछि फेरी च्याउको मूल्य प्रतिकेजी ६० देखि ७० रुपैयाँमा झरेको किसान सन्दीपबहादुर खत्रीले जानकारी दिए । च्याउको मूल्य अप्रत्याशित रुपमा घटेपछि किसान चिन्तित भएका छन् । लागत… पुरा पढौ