पोखरा, कात्तिक २२ उच्च अदालत पोखराले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाईड चौविसै घण्टा खोल्न दिन आदेश दिएको छ । उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको बुधबार बसेको एकल इजालासले लेकसाईडमा भएका व्यापार व्यवसाय चौविसै घण्टा खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको हो । व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित स्थानिय देवीकुमारी बरालले दिएको रिट निवेदन उपरमा भएको बहसपछि भट्टराईले यस्तो आदेश दिएका हुन् । यसअघि रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्ता…
पुरा पढौ