देश

मानव बेचबिखनमा टिकटकको दुरुपयोग बढ्दै

केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन् । मानव बेचबिखनविरुद्ध नेपालगन्जमा क्रियाशील माइती नेपालका संयोजक केशव कोइरालाले भने, “कुनै समय गाउँ–गाउँमा गएर अशिक्षित महिला अथवा किशोरीलाई फकाएर बेचबिखनका लागि भारत तथा तेस्रो मुलुक लैजाने गरिएका घटना निकै सुनिन्थे । अहिले त्यसको स्वरुपमा परिवर्तन आएको छ । ” उनका अनुसार मानव बेचबिखन पहिलेको भन्दा नयाँ स्वरुपमा विकसित भइरहेको छ । अहिले नयाँ… पुरा पढौ

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए । अहिले राजतन्त्र जिन्दावाद भन्दै लगाएको नारा कहिलेकाहीं सुनिने गरेको बताउँदै उनले भने,‘गणतन्त्रमा सुधार गर्नुपर्ने कुराहरु धेरै होलान्, कसैलाई गणतन्त्र मन नपर्नपनि सक्छ तर गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।’ उपमहासचिव गुरुङले रास्वपा र त्यसका अध्यक्ष रवि लामिछानेलाई चटकेको संज्ञा दिए । राजनीतिमा अहिले एउटा कुनचाहिं चटकेवाल चलिराखेका छन्,उनले भने,‘जसको मुलुकप्रति कुनै दर्शन छैन, योजना छैन,कुनै भिजन छैन, नत कुनै नीति नै छ ।’ नीति बिना देशको विकास… पुरा पढौ

जुनसुकै भ्रष्टाचार काण्डका फाईल खोलेपनि जेल जाने भनेको सत्तापक्षकै नेताहरु हो : पोखरेल

पोखरा, असोज १५ नेकपा एमाले महासचिव शंकर पोखरेलले त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा सुन समातिदा सत्तापक्षका अनुहार उदाङ्गिने गरेको टिप्पणी गरेका छन् । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन शत्रलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले भने,‘एयरपोर्टमा जतिबेला सुन समातिने गर्दछ । सत्तापक्षका अनुहारहरु उदाङ्गिने गर्दछन् ।’ एमाले महासचिव पोखरेलले जुनसुकै भ्रष्टाचार काण्डको अनुसन्धान गरेपनि अन्ततोगत्वा सत्तापक्षकै नेताहरु नै जेल जाने दाबी गरेका छन् । जुनसुकै भ्रष्टाचारका घटनाको छानविन गर्न आफूहरु तयार रहेको बताउँदै उनले भने,‘तर हामी एउटै कुरा भन्दछौं ः हरेक… पुरा पढौ

राष्ट्रपति पौडेलसमक्ष अख्तियारद्वारा वार्षिक प्रतिवेदन पेस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ३३औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका प्रमुख आयुक्त प्रेम राईले राष्ट्रपतिको कार्यालयमा आज आयोजित समारोहबीच उनिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन । आयोगका अनुसार गत आर्थिक वर्ष २०७९र८० मा एक सय ६२ मुद्दामा सात सय ६६ जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको छ । प्रतिवादीमध्ये छ सय २२ जना पुरुष र एक सय ३८ महिला छन् । गत आवमा आयोगमा विभिन्न माध्यमबाट कुल २० हजार नौ सय पाँच उजुरी परेको थियो… पुरा पढौ

सुशासनले युवालाई देशमा बस्ने वातावरण बनाउँछ: गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका माध्यमबाट युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्ने बताएका छन । हेटौँडास्थित रेडियो सन्देश, निकास साप्ताहिक र थाहा नेपालको संयुक्त वार्षिकोत्सव आज उद्घाटन गर्दै उनले वर्तमान सरकारले युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने अभियान सुरु गर्ने विश्वास दिलाए । देशलाई भ्रष्टाचारले खोक्रो बनाएका कारण पनि समृद्धिका लागि सुशासन अनिवार्य रहेको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले यस अभियानमा साथ र सहयोग गरिदिन आग्रहसमेत गरे । राजनीतिक परिवर्तनको अभियान खाडीमा रगत पसिना चुहाउनेलाई देशमा फर्काउनु रहेको उनको… पुरा पढौ

बहालवाला सचिवसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेशनल पेमेन्ट गेटबे खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला सचिव, टेलिकमका प्रबन्ध निर्देशकसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मासहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसमेतको मिलेमतो र योजनामा छ वर्षअघि खरिद गरिएको नेशनल पेमेन्ट गेटबे हालसम्म प्रयोगमा आउन नसकेको, आवश्यक पूर्वाधार नै तयार नपारी अस्वाभाविक लागत तयार गरी स्वीकृत गरे गराएर… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनचाँदीको भाउ आज सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोलामा एक सय रुपैयाँले घटेर सुन आज एक लाख सात हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा एक लाख आठ हजार रुपैयाँ थियो । यसैगरि , आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । पुरा पढौ

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज परिसूचक पाँच दशमलव १९ अङ्कले बढेर एक हजार नौ सय ७६ दशमलव २९ अङ्कमा कायम भएको हो । आज दुई सय ८६ कम्पनीको ५७ लाख ७६ हजार आठ सय ९६ कित्ता शेयर ८५ हजार पाँच सय ९१ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ बराबरको कारोबार भएको छ । होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहको उपसूचक घट्दा अरु सबै… पुरा पढौ

पुरुष क्रिकेटमा नेपालले क्वाटरफाइनलमा भारतसित खेल्ने

उन्नाइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले भारतसित खेल्ने भएको छ । नेपालले टि–२० क्रिकेटमा पहिलो पटक भारतसित खेल्न लागेको हो । क्वाटरफाइनलमा नेपाल र भारतबीच मङ्गलबार बिहान प्रतिस्पर्धा हुने भएको छ । अघिल्लो महिना मात्रै नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक एशिया कपमा भारतसँग खेलेको थियो । एकदिवसीय एशिया कपमा श्रीलङ्कामा नेपालले भारतससँग खेलेको थियो । उक्त खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो । रासस पुरा पढौ

पोखरा फुटवेयर बिजनेस सेन्टरमा शुरु भयो ‘दशैं जुत्ता चप्पल मेला’

पोखरा । पोखरा फुटवेयर बिजनेस सेन्टरमा ‘जुत्ता चप्पल मेला’ सुरु भएको छ । पोखरामा जुत्ता चप्पलहरुको संयुक्त शोरुम पोखरा फुटवेयर बिजनेस सेन्टरमा चाँडपर्व लक्षित जुत्ता चप्पल मेला शुरु भएको हो । पोखराको सबैभन्दा ठूलो र सबै कम्पनीका जुत्ता चप्पलहरु पाईने उक्त शोरुममा दशैं, तिहार, नेपाल सम्वत, छठ, ईदलगायतका चाँडपर्वहरु लक्षित गरेर जुत्ता चप्पल मेला शुरु भएको सञ्चालक सबिन कार्कीले जानकारी दिए । चाँडपर्व लक्षित जुत्ता चप्पल मेलामा छुट अफर लागू भएको सञ्चालक कार्कीले बताए । बिजनेस सेन्टरको सृजनाचोक शोरुम र… पुरा पढौ