देश

राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो एनेसले म्यानमारसँग हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन्। नेपाली फुटबल टोलीले फिफा विश्वकप–२०२६ तथा एएफसी एसियन कप–२०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरुप म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । मैत्रीपूर्ण खेल यही भदौ २२ र २५ गते म्यानमारसँग म्यानरमारमै हुनेछ । छनोट हुने नेपाली टोलीको गोलरकिपरमा किरणकुमार लिम्बू, अभिषेक बराल र दिप कार्की छन् । त्यस्तै रक्षकमा सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष… पुरा पढौ

पोखराको सहीदपार्कमा अक्षरयात्राको २०२ औँ शृङ्खला सम्पन्न

गण्डकी । गजल सन्ध्या, पोखरा नेपाल र नवनित साहित्य सागरको संयुक्त आयोजनामा हरेक महिनाको तेस्रो शनिबार सञ्चालन हुने ‘अक्षरयात्रा’ को २०२औँ शृङ्खला पोखराको सहिदचोकस्थित पार्कमा आज सम्पन्न भएको छ । ‘जीवन र जगत्को यथार्थबोधका लागि अक्षरयात्रा’ भन्ने मूलनाराका साथ विभिन्न स्थानमा पुुगेर सो स्थान एवम् परिवेशलाई साहित्यकारहरू आ–आफ्ना रचनामा अधिकांश विषय सहीदको सम्झना, उनीहरूको बलिदानी एवम् समसामयिक विषयलाई उतार्न केन्द्रित थिए । कार्यक्रममा लक्ष्मण थापा, सुरज उपाध्याय, सञ्जीव पौडेल, प्राञ्जल, लाल कार्की ‘अञ्जान’, श्रीराम अधिकारी ‘गोर्जे’, रामजीप्रसाद आचार्य, माधव खतिवडा,… पुरा पढौ

कोदोबालीमा खुम्रे कीराको समस्या,किसान चिन्तित

गलकोट । बागलुङ नगरपालिकाको अधिकांश क्षेत्रमा लगाइएको कोदोबालीमा खुम्रे कीराको समस्या देखिएको छ । खुम्रेकीराका कारण कोदोको डाठ धमाधम सुक्न थालेपछि बागलुङ नगरपालिकाभित्रका किसान चिन्तित बनेका छन् । बागलुङ नगरपालिकाको सिगाना, मालिका, भान्सा, रायडाँडा र सिमलगायत क्षेत्रमा लगाइएको कोदोमा खुम्रे कीराको समस्या देखिएको बागलुङ नगरपालिकाको कृषि शाखाले जनाएको छ । कोदोको जरामा खुम्रे कीरा र डाठमा गबारो देखिएको छ भने धानखेतीमा ढुसीजन्य रोग देखिएपछि अहिले रोग नियन्त्रण, रोकथाम र अनुगमनको कामलाई बागलुङ नगरपालिकाले तीव्रता दिएको छ । बागलुङ नगरपालिका–८ सिगाना,… पुरा पढौ

अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ : मन्त्री डा महत

भदौ १६ काठमाण्डौँ । अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै अर्थमन्त्री डा महतले सरकारले खस्कँदो अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गरिरहेको जानकारी दिए । उनले केही समस्याका बाबजुत आगामी दिनमा अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने विश्वास व्यक्त गर्दै सरकारको कामप्रति सकारात्मक बन्न आग्रह गरे । “अर्थतन्त्रमा केही समस्या आएका छन् । विविध कारणबाट आएका यी समस्याको समाधानको आवश्यकता छ”, अर्थमन्त्री डा… पुरा पढौ

जनतामा ठूलो छटपटी र आक्रोश छ : महामन्त्री थापा

भदौ १६ झापा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामथ्र्य राख्ने बताएका छन् । नेपाली कांग्रेस मेचीनगर समितिको आज धुलाबारीमा आयोजित नगर सम्मेलनमा उनले सबैजसो राजनीतिक दलको नेतृत्वले गलत क्रियाकलाप गर्दा समाजले आत्मविश्वास गुमाएको जनाउँदै कांग्रेसले अब जरैदेखि रुपान्तरित भएर गुमेको आत्मविश्वास फर्काउनुपर्ने बताए । “जनतामा ठूलो छटपटी छ, आक्रोश छ”, उनले भने, “जुन दल सत्तामा पुगे पनि, जुन नेता पुगे पनि आफुलाई बदलेका छन्, देश र जनतालाई… पुरा पढौ

देशभर डेङ्गु सङ्क्रमितको संख्या २१ हजार नाघ्यो

भदौ १६ काठमाण्डौं । नेपालमा डेङ्गु सङ्क्रमण बढिरहेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म डेङ्गु सङ्क्रमण २१ हजार दुई सय छ जनामा पुष्टि भएको छ । महाशाखाले भदौ र असोजमा डेङ्गु सङ्क्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । सङ्क्रमणबाट १३ जनाको निधन भएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले पानी परिरहेकाले डेङ्गु सङ्क्रमण दैनिकरूपमा बढेको बताए । नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २०२२ मा ५४ हजार सात… पुरा पढौ

कम्युनिष्टबीच एकता आवश्यक : उपमहासचिव गुरुङ

भदौ १६ काठमाण्डौँ । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने बताएका छन् । प्रगतिशील शैक्षिक परामर्श व्यवसायी सङ्घको आज पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले कम्युनिष्टबीच नै संयुक्त मोर्चा र कार्यगत एकता हुँदै एकताको आवश्यकता रहेको बताए । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लगायत अन्य साना कम्युनिष्ट पार्टीबीच संयुक्त मोर्चा, कार्यगत एकताहुँदै एकता हुनु आवश्यक रहेकामा उनको जोड थियो । “कम्युनिष्टबीच कार्यनीति, व्यवहारमा फरक भए पनि सबैले समाजवाद भनेका छाँै”, उनले भने, “कम्युनिष्टको मुख्य लक्ष्य समाजवाद हो,… पुरा पढौ

एमालेको लडाइँ विकास र समृद्धिका विरोधीसँग : एमाले अध्यक्ष ओली

भदौ १६ लुम्बिनी । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको लडाइँ सधैँ प्रतिक्रियावादी, विकास र समृद्धिका विरोधीसँग हुने बताएका छन् । उनले एमाले सरकारबाट हटेपछि विकासका सबै काम रोकिएको भन्दै, “रोप्ने बबुलको रुख खोज्ने स्याउ”, उनले भने, “हामीले सुरु गरेका विकासका योजना अहिले सबै अलपत्र छन् ।” अध्यक्ष ओलीले नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको आज बुटवलमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले सुशासन र समृद्धिको लागि नेतृत्व गर्ने, देश र जनताका लागि काम गर्ने सरकार चलाउन चाहने… पुरा पढौ

राष्ट्र र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

भदौ १६ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा अभियान सुरुआत गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र)ले आजदेखि सुरु गरेको रुपान्तरण विशेष अभियानअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ घट्टेडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले हैरानी व्यहोर्नु नपरोस् भनेर सेवा प्रवाहमा सुधार थालिएको बताए । “जनताले दैनिक भोग्दै आएका समस्या समाधान गर्न सरकारले कदम चालेको छ, राहदानी, सवारी चालक अनुमतिपत्र, विदेशमा दुःख पाउने परिस्थितिबाट नेपाली नागरिकलाई सहयोग गरिएको छ”, उनले भने । उनले वैदेशिक… पुरा पढौ

एनजिओ, आईएनजिओलाई कुतत्व भन्दै खनिए विप्लव : जनतामा निराशा फैलाउँदै जातीय, क्षेत्रीय, धार्मिक भड्कावमा लागेको आरोप

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द उर्फ विप्लव सीले विदेशीको हितमा चल्ने गैरसरकारी संस्था (एनजिओ र आईएनजिओ)हरुले जनतामा निराशा छर्दै जनतालाई भड्काईरहेको आरोप लगाएका छन् । समाजवादी मोर्चाको पोखरामा शुक्रबार आयोजित गण्डकी प्रदेश सन्देश सभालाई सम्बोधन गर्दै उनले एनजिओ, आईएनजिओलाई कुतत्व र त्यसका सञ्चालकहरुलाई भरौटेको संज्ञा दिए । विदेशीहरु जो नेपाललाई स्वाधिन बनेको देख्न चाहँदैनन्,उनले भने,‘र ती विदेशी शक्तिहरुका भरौटेहरु । जो जनताको बिरुद्धमा विभिन्न गैरसरकारी संस्था (एनजिओ, आईएनजिओ खडा गरेर जनतालाई भ्रमित पार्दै हिंड्ने कुतत्वहरु । समाजलाई विघटित गर्ने,… पुरा पढौ