देश

माओवादी गण्डकी ईञ्चार्ज भन्छन् : कमजोरी स्वीकार्दै सच्चिने प्रण गर्दैछौं

पोखरा, भदौ १६ नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेलले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ विगतका कमजोरी स्वीकार्दै सच्चिनका लागि भएको बताएका छन् । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत पोखरा–२० मा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा पार्टी र नेतृत्वबाट गल्ती कमजोरी भएकाले त्यसलाई स्वीकार्दै आगामी दिनमा सच्चिनका लागि अभियान सञ्चालन गरिएको बताएका हुन् । विगतमा गल्ती कमजोरी भएकै हो,उनले भने,‘पार्टी अलमलमा परेकै हो, अलिअलि हामी नेतृत्व बिग्रिएकै हौं । हुँदाहुँदा दुई तिहाईको जनमत र… पुरा पढौ

जसपामा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था लागू हुने

जनता समाजवादी पार्टी, (जसपा) नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ । पार्टीका कुनै सङ्गठन, विभाग या पदाधिकारीमा पनि एक व्यक्ति एक पदको मान्यतालाई कायम गरिने भएको सो पार्टीले जानकारी दिएको छ । हाल पार्टीले सञ्चालन गरेको तीन महिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको मुख्य कार्य पार्टीलाई वैचारिक र राजनीतिकरूपले सक्षम बनाउनु र पार्टीगत समितिलाई विधानले व्यवस्था गरे बमोजिमको पदाधिकारी र सदस्य सङ्ख्यामा सीमित गरी गठन, पुनर्गठन र रूपान्तरण गर्नु रहेको पार्टीका… पुरा पढौ

सुनचाँदीको मुल्य बढयो आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजार सुनचाँदीको मुल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेको छ । बुधबार तोलाको रु. एक लाख १२ हजार पाँच सय रहेको सुनको मूल्य आज प्रतितोला रु. एक लाख १२ हजार आठ सय निर्धारण गरिएको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख १२ हजार दुई सय ५० कायम भएको छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु. एक लाख ११ हजार नौ सय ५०… पुरा पढौ

सुन प्रकरण: दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि

सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको गृहमन्त्रालयले बनाएको छानबिन टोलीले पुष्टी गरेको छ । गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उक्त विषयमा छानबिन गर्न गत साउन २२ गते गृहमन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिमा गृह मन्त्रालयको… पुरा पढौ

पक्राउ परेकामाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप, पौडेल भन्सारका कर्मचारी भएको खुल्यो

भदौ १३ काठमाण्डौं । सुन तस्करी प्रकरणमा पक्राउ परेकामाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले सिआइबीलाई पाँच दिनको म्याद दिएको छ । आज अदालतमा पेश गरिएका आरोपीमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताएका छन् । उनका अनुसार दुई छुट्टाछुट्टै सुन तस्करी प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । प्रहरीले ६१ किलो सुन तस्करी प्रकरणमा गणेश पौडेल र किशोर बस्नेतलाई पक्राउ गरेको थियो । ६१ किलो सुन तस्करी प्रकरणमा उनीहरूसहित अहिलेसम्म २५… पुरा पढौ

नक्साका सम्बन्धमा कूटनीतिक माध्यमबाट कुरा गर्छौं : सञ्चारमन्त्री शर्मा

भदौ १३ काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनले हालै सार्वजनिक गरेको नक्साका सम्बन्धमा सरकारले कूटनीतिक माध्यमद्वारा कुरा गर्ने प्रतिक्रिया दिएकी छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा उनले चीन सरकारसँग संवाद गरेर सरकारको धारणा सार्वजनिक गर्ने बताइन् । “यसमा कूटनीतिक ढङ्गले नै कुराकानी र पहलकदमी गर्नुपर्ने हुन्छ, हाम्रो आधिकारिक नक्सा चुच्चे नक्सा हो, हामीले संसद्को सर्वसम्मतिबाट उक्त नक्सा जारी गरेका हौँ, यो नक्सामा देशकै सर्वसम्मत छ”, उनले भनिन्, “चीनले कुन सन्दर्भमा… पुरा पढौ

मुलुकमा सामाजिक सद्भाव कायम राख्नुपर्छ : एमाले अध्यक्ष ओली

भदौ १३ मोरङ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा जातीय तथा धार्मिक सद्भाव कायम गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सद्भाव बिथोल्ने कार्य बन्द गरी समाजमा सद्भावका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री ओलीले संसद्बाट पास भएको एमसीसी सम्झौता कार्यान्वयन लैजाने बताउँदै १२ बुँदे व्याख्या झुक्याउने कार्य मात्र भएको स्पष्ट पारे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गठबन्धन दलसँग कोशी प्रदेशमा सरकार निर्माणका लागि कुनै सम्झौता नगरेको जनाउँदै राप्रपाले गठबन्धनलाई… पुरा पढौ

प्रधानमन्त्रीसँग भुटानी शरणार्थीको अधिकार रक्षाका लागि आग्रह

भदौ १३ पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भुटानबाट लखेटिएका नेपाली भाषी र पितृभूमि नेपालमा शरणार्थी बनाइएकाको समस्याको मानवीय समाधानका लागि आवश्यक पहल गरिदिन आग्रह गरिएको छ । भुटानमा जन्मिएका नेपाली मूलका अमेरिकी युवा व्यवसायीको सम्मिलित संस्था इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले प्रधानमन्त्री प्रचण्डलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर भुटानी शरणार्थीको समस्याको समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । सो फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीको संयोजकत्वमा गएको समूहले भुटान फर्किन चाहने, नेपालमा बस्न चाहने वा तेस्रो… पुरा पढौ

राष्ट्रिय लोकमार्गको दुरावस्था: यात्रुलाई सास्ती

सडक छेउमा रहेका घरका भित्तामा हिलो टाँसिएको छ । दैनिक सयौँ गाडी ओहोरदोहोर गर्दा हिलाम्मे सडकमा पैदल यात्रा गर्न निकै सकस हुन्छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे सडकको अवस्था जोखिमयुक्त र हिलाम्मे हुँदा यात्रु र स्थानीयले सास्ती खेप्दै आएका छन् । यहाँका स्थानीय साढे दुई दशकदेखि यही सडक भएर आवतजावत गर्न बाध्य छन् । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यो सडक कालोपत्रका लागि आठ वर्ष अगाडि ठेक्का सम्झौता भएको थियो । २५ किलोमिटर सडक कालोपत्र गर्नका लागि… पुरा पढौ

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री ‘प्रचण्ड’ द्वारा भर्चुअल शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिएका छन । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टोलीसँग भर्चुअल बैठक गर्दै उनले जितका शुभकामना व्यक्त गरेका हुन । प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास र खेलाडीको हितका निम्ति आफूले हमेसा ध्यान दिँदै आएको बताए । बैठकमा नेपाली टोलीका क्याप्टेन रोहित पौडेलले आफ्नो टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले… पुरा पढौ