देश

राष्ट्रिय लोकमार्गको दुरावस्था: यात्रुलाई सास्ती

सडक छेउमा रहेका घरका भित्तामा हिलो टाँसिएको छ । दैनिक सयौँ गाडी ओहोरदोहोर गर्दा हिलाम्मे सडकमा पैदल यात्रा गर्न निकै सकस हुन्छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे सडकको अवस्था जोखिमयुक्त र हिलाम्मे हुँदा यात्रु र स्थानीयले सास्ती खेप्दै आएका छन् । यहाँका स्थानीय साढे दुई दशकदेखि यही सडक भएर आवतजावत गर्न बाध्य छन् । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यो सडक कालोपत्रका लागि आठ वर्ष अगाडि ठेक्का सम्झौता भएको थियो । २५ किलोमिटर सडक कालोपत्र गर्नका लागि… पुरा पढौ

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री ‘प्रचण्ड’ द्वारा भर्चुअल शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिएका छन । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टोलीसँग भर्चुअल बैठक गर्दै उनले जितका शुभकामना व्यक्त गरेका हुन । प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास र खेलाडीको हितका निम्ति आफूले हमेसा ध्यान दिँदै आएको बताए । बैठकमा नेपाली टोलीका क्याप्टेन रोहित पौडेलले आफ्नो टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले… पुरा पढौ

सुनचाँदीको भाउ बढ्यो , आज कतिमा हुदैँछ ? कारोबार हेर्नुहोस

आज सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणा अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु। एक लाख १२ हजार पाँच सय निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार सात सयमा कारोबार भएका सुनको मूल्य प्रतितोला रु आठ सयले बढेको हो । तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार नौ सय ५० कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार एक सय ५०… पुरा पढौ

गोरखामा उत्साहजनक रुपमा माओवादीका बैठकहरु सम्पन्न

पोखरा, भदौ १२ गोरखा माओवादीको आधार क्षेत्र हो । हरेक चुनावमा माओवादीको ईज्जत गोरखाले धान्दै आएको छ । माओवादीको कमजोर प्रदेश भनेर चिनिने गण्डकीमा गोरखाकै कारण संघ र प्रदेशमा सम्मानजनक उपस्थिति हुने गरेको छ । अझ २०७९ सालको स्थानिय चुनावमा त माओवादी एक्लैले गोरखाका ९ क्षेत्र जितेर गोरखामा पार्टी बलियो रहेको सन्देश दिएको थियो । गोरखा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएको जिल्ला हो । त्यतिमात्र होईन सुशासनको अभियान सञ्चालन गरेको प्रचण्ड नेतृत्वको सरकारको सारथी बनेर भ्रष्टाचारबिरुद्ध र सुशासनको पक्षमा… पुरा पढौ

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ०५ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ अङ्कमा कायम भएको छ । आज दुई सय ७८ कम्पनीको ४० लाख छ हजार सात सय ३९ कित्ता शेयर २९ हजार छ सय ४० पटक खरिदबिक्री हुँदा कारोबार रकम रु ८६ करोड ५१ लाख २० हजार चार सय ५२ मा खुम्चिएको छ । लगानी समूह, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेका… पुरा पढौ

शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि पाँच वर्ष कायम

सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको छ । शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र सीमित अवधिको हुँदा खासगरी विद्यार्थीहरू ठूलो मर्कामा परेका थिए । अब प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि छ महिनाको सट्टा पाँच वर्ष कायम गरिएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रीको सचिवालयका उपसचिव वेदनिधि खनालले सहज बनाउने र त्रुटि भएको सच्याउने समय थप हुनेगरी… पुरा पढौ

एसिया कप क्रिकेट: नेपालले बुधबार पाकिस्तानसँग खेल्ने

एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे हुनेछ । नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खेल्ने तयारीमा जुटेकोछ । नेपाल र पाकिस्तानबीच बुधबार पहिलो भेट हुनेछ । एसिया कप पाकिस्तान र श्रीलङ्काले सञ्चालन गर्दैछन् । गत वैशाखमा सम्पन्न एसिसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको हो । उक्त प्रतियोगिताको फाइनल खेलमा… पुरा पढौ

प्रतिनिधिसभाको बैठक सुरु

सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने सम्भावित कार्यसूची छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी निर्धारित कार्यक्रमका लागि बैठकको पहिलो एक घण्टाको समय निर्धारण गरिएको सभामुख देवराज घिमिरेले जानकारी दिए । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्दा स्पष्टीकरणको व्यवस्था नगरिएको पनि सभामुख घिमिरेले बैठकमा जानकारी गराएका छन… पुरा पढौ

सुनचाँदीको मूल्य बढ्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार सात सय निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार एक सयमा कारोबार भएका सुनको मूल्य आज प्रतितोला रु छ सयले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय ५० कायम भएको छ । यसैगरि, आज चाँदीको मूल्य प्रतितोला रु पाँचले बढेर रु एक… पुरा पढौ

सार्कलाई गतिशील बनाइनेछ : परराष्ट्रमन्त्री साउद

भदौ ११ काठमाण्डौं । परराष्ट्रमन्त्री एनपी साउदले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई गतिशील बनाइने बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले सार्क राष्ट्रका विदेशमन्त्रीको अनौपचारिक बैठक राखेर सार्कलाई गतिशीलता दिनेबारेमा छलफल गरिने बताए । मन्त्री साउदले भने, “केही दिनमा नै संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन नेपाली राष्ट्रिय प्रतिनिधिमण्डल जाँदैछ, सो अवसरमा अनौपचारिक रुपमा भए पनि सार्क राष्ट्रका विदेशमन्त्रीको बैठक राखेर सार्कलाई गतिशीलता तथा पुनः जीवन दिइनेबारेमा छलफल गरिनेछ ।” उनले सीमा र सुरक्षाका… पुरा पढौ