देश

गण्डकीमा माओवादीका जिल्ला र पालिका ईञ्चार्जहरु फेरिए

पोखरा, भदौ ३ जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गरेको नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले गण्डकी प्रदेशका जिल्ला ईञ्चार्जहरु हेरफेर गरेको छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको बैठकले जिल्ला ईञ्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । कमजोर माओवादीलाई सुदृढ र बलियो बनाउनका लागि भन्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले भदौ १६ गतेदेखि तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ । सोहि अभियानलाई सफल बनाउने उद्देश्यले जिल्ला… पुरा पढौ

उपप्रमुखसंग महिला कार्यक्रम बारे महिला जनप्रतिनिधिसंग छलफल

पोखरा । पोखरा महानगरपालिकाले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रमबाट ६१९ जना लाभान्वित भएका छन् ।कार्यक्रमबाट आर्थिक वर्ष २०७९÷८० सम्म ६१९ जनालाई ११ करोड ४९ लाख ४१९ रुपैयाँ लगानी भएको छ । लगानी गरिएका मध्य ऋण चुक्ता गरेको पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाले जनाएको छ । आर्थिक वर्ष २०८०÷८१ को लागि १ करोड ५० लाख विनियोजन भएको छ भने ऋण लगानीबाट फिर्ता आएको १ करोड ७५ लाख ९५ हजार ८ सय रुपैयाँ कोषमा मौजात रहेको छ । चालु आर्थिक वर्षका लागि… पुरा पढौ

प्रतिनिसभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

काठमाडौँ । आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले अपराह्न ३ बजे बैठक स्थगित गरेको सूचना टाँसेको थियो । बैठक भदौ ५ गते दिउँसो ३ बजे बस्ने सूचनामा उल्लेख छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभाको अर्को बैठक यही भदौ ५ गते मङ्गलबारसम्म सारिएको संसदका महासचिवद्वारा जारी सूचनामा उल्लेख छ । संसद्को बैठक सञ्चालन गर्ने सम्बन्धमा संसद्मा प्रतिनिधित्व गर्ने दलको बैठक सिंहदरबारमा आज… पुरा पढौ

नेप्से परिसूचक २१ दशमलव ९९ अङ्कले घट्यो

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २१ दशमलव ९९ अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक दुई हजार ११ दशमलव १४ बिन्दुमा कायम भएको हो । विभिन्न कम्पनीका दुई सय ६९ कम्पनीको ४४ लाख ५९ हजार चार सय ५९ कित्ता शेयर ४३ हजार तीन सय ४६ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ४४ करोड ७४ लाख आठ हजार नौ सय ४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समूहको… पुरा पढौ

तनहुँ मौरी चरन क्षेत्र क्षेत्रका लागि उपयुक्त

तनहुँ । मौरीको चरनका लागि तनहुँमा उपयुक्त तापक्रम भएका कारण यहाँ चरनका लागि मौरी ल्याउने गरिएको छ । मौरीको चरनका लागि २० देखि ३५ डिग्री सेन्टिग्रेडसम्म उपयुक्त मानिन्छ । तराई र मध्यपहाडी क्षेत्रमा कम्तीमा आठदेखि १० महिनासम्म यो अवस्था रहने भएकाले मह उत्पादनका लागि उपयुक्त मानिन्छ । मौरीको चरन पनि लामो समय हुनेहुँदा व्यावसायिक मौरीपालन उपयुक्त मानिएको विज्ञहरु बताउँछन् । नेपालमा विशेषगरी दुई प्रजातिका मौरीपालन गरिन्छ । सेरेना र एपिस मेलिफेरा प्रजातिका मौरी बढी पालिने गरिएको पाइन्छ । तराई क्षेत्रमा… पुरा पढौ

पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध

लमजुङ । पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध भएको छ । आज बिहान लमजुङ र मनाङ जोड्ने यस सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिराले सडक पुनः अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीले भने, “यस सडकअन्र्गत बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिर, मस्र्याङ्दी गाउँपालिका वडा नं ४ स्थित तीन ठाउँमा पहिरो गएको छ ।” उक्त पहिरोमध्ये हवाईडाँडामा ठूलो पहिरो गएको उनको भनाइ छ । सो स्थानमा ठूला–ठूला ढुङ्गासहितको पहिराले… पुरा पढौ

संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत छैन : संविधानसभा अध्यक्ष नेम्वाङ

भदौ २ धुलिखेल । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत नभएको बताएका छन् । सङ्घीय संसद्द्वारा आज यहाँ आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ विषय अन्तक्र्रियामा उनले मुलुकको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध नियमसँग नभएको उल्लेख गरे । नेकपा (एमाले) संसदीय दलका उपनेता नेम्वाङले भने, “संसद् अवरोध नियमसङ्गत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन, राजनीतिकरुपमा गरिने हुनाले यसको पुनःपुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो ।” मुलुकमा पछिल्ला समय विमानस्थल बाहिर बरामद गरिएको सुन… पुरा पढौ

भ्रष्टाचारमा मुछिएकाहरूको भारी बोकिन्न : महामन्त्री थापा

भदौ २ इलाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको भारी आफ्नो पार्टीले बोकेर नहिँड्ने बताएका छन् । ललिता निवास प्रकरणमा संलग्न भनिएकाहरूको फाइल नखोल्ने भनेर बाहिर आएको समाचारप्रति महामन्त्री थापाले गठबन्धनमा रहेर यस्तो निर्णय गर्न नहुने बताए । उनले भने, “अपराध गर्ने मान्छे पर्छ, यसमा कसैले टाउको दुखाउनु हुँदैन ।” नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउन पहल सबै मिलेर गर्नुपर्नेमा जोड दिँदै उनले कांग्रेसको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भएजस्तो अब गठबन्धनको बैठक पनि प्रत्यक्ष जनतामाझ पुर्याउन आँट गर्नुपर्ने… पुरा पढौ

नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाममा उडान गर्दै

भदौ २ काठमाण्डौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौँबाट दमाममा नियमित सिधा उडान गर्ने गरी आजदेखि टिकट बुकिङ खुला गरिएको हो । नेपाल एयरलाइन्सको यो ११औँ अन्तर्राष्ट्रिय उडान गन्तव्य हो । यसअघि निगमले साउदी अरेबियाको रियादमा पनि उडान गरिरहेको थियो । उडान तालिकाअनुसार काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले साताको दुई दिन बुधबार र शनिबार उडान गर्ने र बजारको माग तथा निगमको… पुरा पढौ

उमेरले छेकेन प्रेमकुमारीको पढ्ने रहर

कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा हजुरआमा उमेरकी ६१ वर्षीया प्रेमकुमारी गिरीले ध्यान दिएर पढछिन। बाँकेको कोहलपुर नगरपालिका–११ बगियामा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत गिरी कक्षा कोठाको अघिल्लो लाइनमा बस्छिन । कक्षामा नियमित उपस्थित हुने उनको अरू विद्यार्थीसरह पढाइमै ध्यान केन्द्रित हुन्छ । ज्ञानज्योति माविको कक्षा ६ मा दिनहुँ देखिने यो दृश्यले हिजोआज धेरैलाई आश्चर्यचकित बनाएको छ । यसले सबैलाई खुसी पनि तुल्याएको छ । कोहलपुर–५ एनसिसिएन टोल निवासी गिरी इच्छाशक्ति भए पढाइलाई उमेरले… पुरा पढौ