देश

मुलुकी संहिता प्रभावकारी कार्यान्वयन गरेर जानुपर्छ : प्रधानमन्त्री प्रचण्ड

भदौ १ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकी संहिताको प्रभावकारी कार्यान्वयन गरेर अघि बढनुपर्ने बताएका छन् । संहिता दिवस–२०८० का अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्रालयले प्रधानमन्त्री कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा उनले मुलुकी संहितालगायत अन्य कानूनको प्रभावकारी कार्यान्वयन गरेर जानुपर्ने बताए । “देशमा सुशासन कायम गर्न कानूनको कार्यान्वयन जरुरी छ, कानूनको कार्यान्वयन सुशासनबाटै सम्भव छ”, प्रधानमन्त्री प्रचण्डले भने, “संहितालगायत सबै कानून कार्यान्वयन गरेर मुलुकमा सुशासन कायम गर्ने कार्यमा सहयोग गर्न आग्रह गर्दछु ।”उनले कतिपय कानून समयानुकूल संशोधन गर्दै… पुरा पढौ

हुम्लाबाट आशिष रावत २२ दिन देखि वेपत्ता,मुग्लिनबाट पोखरा आएको आशंका

पोखरा । हुम्लाको सिमकोट वडा नं. ५ का आशिष रावत परिवारको सम्पर्कमा नआएको आज २२ दिन वितिसक्दा पनि अझै फेला परेका छैनन् । गत साउनको १२ देखि नेपालगञ्जबाट उनी वेपत्ता भएका हुन् । भर्खरै मात्रै एसईई दिएका कालो वर्णका १७ वर्षिय रावत ५ फिट ६ ईन्च अग्लो, खैरो व्याग बोकेको, रातो रङको फुटवल जर्सि लगाएको र साईकलको पछाडी फुटवल बोकेको अवस्थामा उनी बेपत्ता भएको उनका काका सुशान्त रावतले जानकारी दिए । उनका काका सुशान्तका अनुसार हुम्लामा एसईई दिएर नेपालगञ्ज आफन्तकोमा… पुरा पढौ

विपद् न्यूनीकरण गर्न जुट्दै तनहुँका स्थानीय तह

तनहुँ । वर्षायाम सुरु भएसँगै तनहुँमा ठूला नदीहरु मादी, सेती र मस्र्याङ्दीको बहावले जमिन कटान र पहिरोको जोखिमले तनहुँका अधिकांश बासिन्दा नराम्ररी प्रभावित बनेका छन् । स्थानीय तहहरुले समेत सास्ती खेप्दै आएका छन् । नदीको कटानलाई न्यूनीकरण गर्न र पहिरो रोकथाममा भएका प्रयास पर्याप्त देखिँदैनन् । यद्यपि, भू तथा जलाधार व्यवस्थापन कार्यालय तथा जिल्लाका १० वटै पालिकाले बाढी र पहिरोको क्षतिलाई न्यूनीकरण गर्ने गरी विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको जनाएका छन् । व्यास नगरपालिका मादी र सेती नदीको कटान क्षेत्रमा पर्दछ… पुरा पढौ

विप्रेषण आप्रवाह रु १२ खर्ब २० अर्ब ५६ करोड पुग्यो

काठमाडौँ । गत आर्थिक वर्ष २०७९÷८० मा विप्रेषण आप्रवाह रु १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवमा विप्रेषण आप्रवाह २१ दशमलव दुई प्रतिशतले बढेको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह चार दशमलव आठ प्रतिशतले बढेको थियो । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२ दशमलव एक प्रतिशतले वृद्धि भई नौ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो… पुरा पढौ

गत आवको मूल्यवृद्धि सात दशमलव ७४ प्रतिशत

गत आर्थिक वर्ष २०७९र८० को औसत वार्षिक मूल्यवृद्धि ७ दशमलव ७४ प्रतिशत रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवका लागि राखिएको मुद्रास्फीतिको वाञ्छित सीमा नाघेको देखिएको हो । गत आवका लागि सरकारले वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकोमा ७ दशमलव ७४ प्रतिशत पुगेको देखिएको हो । अघिल्लो आव यस्तो मुद्रास्फीति छ दशमलव ३२ प्रतिशत थियो । अघिल्लो आवको तुलनामा आवमा खाद्य… पुरा पढौ

प्राधिकरणको संलग्नतामा रणनीतिक महत्वका ठूला आयोजना अगाडि बढाउँछौँः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योग्य र सक्षम जनशक्ति भएको नेपाल विद्युत् प्राधिकरणको संलग्नतामा केही रणनीतिक महत्वका ठूला आयोजना अगाडि बढाउने दृढता व्यक्त गरेका छन । उनले भने, “आगामी दिनमा एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त परियोजना तथा १० हजार आठ सय मेगावाट क्षमताको बहुआयमिक कर्णाली चिसापानीजस्ता ठूला जलविद्युत् आयोजनाको निर्माण अघि बढाउने सोच र योजना साथ सरकार अघि बढिरहेको अवस्था तपाईहरू सामु उजागर गर्न पाउँदा मलाई विशेष हर्ष र गर्वको अनुभूति भएको छ ।” नेपाल विद्युत् प्राधिकरणको… पुरा पढौ

नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगकै कारण

नेपालमा हुने मृत्युमध्ये सबैभन्दा बढी नसर्ने रोगकै कारण भएको एक अध्ययनले देखाएको छ ।नसर्ने रोगको जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि दमकको सरकारी अस्पतालमा सञ्चालन गरिएको ‘पेनप्लस’ कार्यक्रमबारे सरोकारवालाबीच छलफलमा सहभागी स्वास्थ्य अनुसन्धानकर्ताले पछिल्ला बर्ष नेपालमा नसर्ने रोगको जोखिम दिनदिनै बढ्दै गएको औँल्याएका थिए । काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को संयोजनमा भएको छलफलमा किओचका अध्यक्ष प्राध्यापक डाक्टर भगवान् कोइरालाले नेपालमा नसर्ने रोगका कारण अकालमा हुने मृत्युको तथ्याङ्क प्रस्तुत गर्दै नसर्ने रोग भयावह बन्दै गएको बताए । अहिले नेपालमा हुने मृत्युमध्ये… पुरा पढौ

सात सय बङ्गलादेशी पर्यटक नेपाल आउँदै

बङ्गलादेशबाट सात सय पर्यटक नेपाल आउने भएका छन् । उनीहरु जहाज चार्टर्ड गरेर नेपाल आउन लागेका हुन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसरी जहाज चार्टर्ड गरेर नेपाल आउने बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्ने कार्यक्रम रहेको उनले बताए । नेपाल आउने बङ्गलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको छ । उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सिएन पाण्डेका अनुसार… पुरा पढौ

गण्डकी प्रदेशमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले केही दिन मनसुनी वर्षा जारी रहने भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागको केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ… पुरा पढौ

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनवाइ नियमित हुने

साउन ३२ पोखरा । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ गर्नेभएको छ । न्यायाधीश राजकुमार खतिवडाको इजलासले आज सुनुवाइ गर्दै यो मुद्दाको सुनुवाइ निरन्तर हुने जनाएको हो । साथै अदालतले पीडित किशोरी गौशाला–२६ की आमाको जन्ममिति फरक परेको भन्दै प्रमाणीकरणका लागि आदेश दिएको छ । नाबालिगको आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि जन्ममिति प्रमाणिकरण गर्न भनिएको हो । लामिछाने विश्वकप क्रिकेट प्रतियोगिता छनोटका लागि जिम्बावे प्रस्थान गरेपछि मुद्दाले निरन्तरता पाउन सकेको… पुरा पढौ