देश

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

साउन ३२ काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ लगानीकर्तासमक्ष नेपालमा थप लगानी गर्न आग्रह गरेका छन् । चीन साउथ एसिया बिजनेस फोरमका तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना ९युनान० नेपाल इन्डस्ट्रियल को–अपरेसन प्रमोसन एन्ड इन्टरप्राइजेज बैठकलाई सम्बोधन गर्दै उनले प्राकृतिक स्रोत साधन, दक्ष जनशक्ति, बजार पहुँच र चीन तथा भारतसँग भएका सहुलियतपूर्ण व्यापार सम्झौताले नेपाल लगानी गन्तव्यका रूपमा विकसित भइरहेको बताउनुभएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । अध्यक्ष ढकालले युनान र नेपालको मिल्दोजुल्दो भौगोलिक अवस्था… पुरा पढौ

गठबन्धन सरकार पूरा समय रहन्छ : अर्थमन्त्री महत

साउन ३२ सिरहा । अर्थमन्त्री डा प्रकाशशरण महतले अहिलेको कांग्रेस–माओवादीसहितको गठबन्धन सरकार पूरा समय रहने बताएका छन् ।आज सिरहाको गोलबजारमा नेपाली कांग्रसको जिल्लास्तरीय कार्यकर्ता भेलाको समापन समारोहमा उहाँले निर्वाचनमा पनि गठबन्धन बनाएर लडेकाले पूरा समय गठबन्धन सरकार चल्ने विश्वास व्यक्त गरे । “निर्वाचन अगाडि हामी एउटै गठबन्धन बनाएर लडेका थियौँ । बीचमा केही गडबड भयो । फेरि सँगसँगै आएका छाँै र सरकारले जनतामा उत्साह ल्याउने गरी राम्रो काम गरिरहेको छ”, मन्त्री महतले भन्नुभयो, “मलाई पूरा विश्वास छ, यो सरकारले पूरा… पुरा पढौ

‘हेलिकोप्टर चढेर जाने खर्चले बाढी पीडितलाई आवश्यक सामान किनेर पठाएँ’

पोखरा, साउन ३२ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई सरकारविहीन छु भन्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाएका छन् । गण्डकी प्रदेश सभामा ‘बाढीपहिरोले पु¥याएको क्षेती सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्ताव’माथिको छलफलमा प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नहरुको विहीबार जवाफ दिने क्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशका जनतलाई सरकारविहीन छु भन्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाएका हुन् । प्रदेशबासीको हर समस्याको समाधानका लागि सरकार लागिरहेको भन्दै उनले भने,‘सरकार छैन, म एक्लो छु । वा जनतालाई सरकार विहीन छु भन्ने अवस्था आउन दिने छैन… पुरा पढौ

पानीको जार र बोतलमा तोकेभन्दा बढी मूल्य नलिन आग्रह

नेपाल बोटल वाटर उद्योग सङ्घले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह गरेको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गरेको हो । सङ्घका अध्यक्ष धुव्र गौतमले विचौलियाका कारण आम उपभोक्तालाई पानीको मूल्य सरकारले तोकेभन्दा बढी परेको जनाउँदै सङ्घले बजार अनुगमलाई तीव्रता पार्न खोजेको बताए । “उपत्यकाभित्र जारको पानीमा बढीमा ४५ देखि ४७ रुपैँयासम्म र बोतलको पानीमा प्रतिबोतल १६ रुपैँयासम्म र उपत्यका… पुरा पढौ

सुनचाँदीको मूल्य घट्यो , आज कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८०० रुपैयाँले घटेको हो । सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज तोलामा ५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम रहेको जनाएको छ । जो बुधबार चाँदीको मूल्य तोलामा १३ सय ७५… पुरा पढौ

कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी र बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो र राति ती दुई प्रदेशमा मात्र भारी वर्षाको अनुमान गरिएको छ । अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिकै रहे पनि जलवाष्पयुक्त वायु कमजोर बनेको कारण न्यूनचापीय रेखाको प्रभाव कम देखिएको छ । अहिले गण्डकीका कतिपय स्थान, कोशी, बागमती र कर्णाली प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका… पुरा पढौ

उत्कृष्ट कार्यसम्पादनका लागि प्रहरी थप सक्रिय हुनुपर्छ : प्रहरी महानिरीक्षक

साउन ३१ काठमाण्डौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उत्कृष्ट कार्यसम्पादनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने बताएका छन् । हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लाग्नुभएका प्रहरी अधिकृतलाई आज प्रहरी प्रधान कार्यालयमा सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारीमा खरोरूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृत थप सक्रिय हुनुपर्ने बताए । प्रहरी महानिरीक्षक कुँवरले सङ्गठनलाई सुधार्न, थप सुदृढ एवं बलियो बनाउन तथा श्रीवृद्धि गर्नका लागि सबैको साथ सहयोग आवश्यक रहेको उल्लेख गरे । “व्यावसायिक स्वार्थलाई आत्मसात् गरी निष्ठावान, इमान्दार एवं सिर्जनशील भई… पुरा पढौ

सन् २०२६ सम्ममा दादुरा निवारणका लागि खोप ल्याउन गाभीलाई पत्र

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा यसै आर्थिक वर्षमा दादुरा–रुवेला रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । दादुरा रोगलाई सन् २०२६ सम्ममा निवारण गर्ने लक्ष्यका साथ मन्त्रालयले यसै आर्थिक वर्षभित्र देशभरिका बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप लगाउन अभियान सञ्चालनको तयारी गरेको हो । खोप अभियानका लागि स्वास्थ्य सेवा विभागअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाले ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ लाई गत साउन– २ गते औपचारिक रुपमा पत्र पठाइ दादुरा–रुवेलाविरुद्धको खोप माग गरेको छ । खोप शाखा प्रमुख… पुरा पढौ

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने

लेखनाथ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने अभियानमा आफू लागेको बताए । नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको १५औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनलाई आज सम्बोधन गर्दै प्रमुख आचार्यले उक्त अभियान सुरु गरेको बताए । “पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरेका छाँै”, आचार्यले भने, “नेपाल सरकारले बेवास्ता गरी आनाकानी गरेमा सन् २०२३ भित्र गण्डकी प्रदेश सरकारले भए पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने छ ।” मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि केन्द्र सरकारलाई… पुरा पढौ

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता गरेका हुन । भेटमा उनीहरुका बीचमा समसामयिक राजनीति र संसद्को गतिरोधबारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। उनका अनुसार भेटमा राष्ट्रपति पौडेलले संसद् बैठक अवरुद्धहुँदा जनतामा निराशा बढ्ने र संसद्प्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएको जनाइएको छ । राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलबीच विश्वासको वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव… पुरा पढौ