देश

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान, सर्तकता अपनाउन विभागको आग्रह

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मुलुकका साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान गरेको छ । पाँचथर, इलाम, झापा, मोरङ, सप्तरी, सुनसरी, भोजपुर, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासीपूर्व, नवलपरासी पश्चिम, पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलाली र आसपास जिल्लाका साना नदीमा बाढी आउने जेखिम रहेको छ । विभागका बाढीविद् विनोद पराजुलीले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र अन्य आसपास जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको बताए । आज… पुरा पढौ

ढोका थुनेर ऐन, कानून नबनाउन यातायात व्यवसायीको चेतावनी

सन्देश श्रेष्ठ पोखरा, असार २८ सरकारले चर्को जरिवाना शुल्क तोकेर यातायात सञ्चालन सम्बन्धी ऐन बनाउने तयारी गरेपछि यातायात व्यवसायीहरु रुष्ट बनेका छन् । ट्राफिक नियम उलंघनकर्तालाई ५ हजारदेखि एक लाखसम्म जरिवाना शुल्क लिनेगरी यातायात सञ्चालनसम्बन्धी विधेयकको मस्यौदा तयार भएपछि उनीहरु झस्किएका हुन् । त्यसलाई सुधार्नका लागि प्रधानमन्त्री बालेन्द्र साह (बालेन)सँग नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भेट्न गरेको प्रयासले सार्थकता नपाएपछि उनीहरु थप आक्रोषित भएका छन् । महासंघ गण्डकी प्रदेशले आईतबार पोखरामा आयोजना गरेको सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा सहभागी यातायात… पुरा पढौ

बिन्दा पाण्डेका पुस्तकमाथि पोखरामा परिचर्चा

पोखरा, २७ असार ।लेखक तथा अभियान्ता डा विन्दा पाण्डेका पुस्तकहरुका बारेमा पोखरामा शनिबार परिचर्चा गरिएको छ । ¥यान्डम रिडर्स सोसाइटीले आयोजना गरेको कार्यक्रममा पाण्डेका विभिन्न कृति र नेपाली राजनीतिमा महिलाको योगदानबारे बहस भएको हो । कार्यक्रममा विशेष गरी भुइँमान्छेको श्रम र पसिनाबाट निर्मित राजनीतिमा उनीहरुको उपेक्षा भएको विषयले प्राथमिकता पायो ।परिचर्चामा बोल्दै पाण्डेले महिलालाई आधा आकाशको सपना देखाएर अधिकारबाट बञ्चित गरिएको बताइन् । अब लालपूर्जासहितको धर्तीमा महिलाको हिस्सेदारी खोज्नुपर्ने उनको तर्क थियो । ‘आधा आकाश आधा धर्ती भनिए पनि लालपूर्जा… पुरा पढौ

उपभोक्ता मञ्च गण्डकीको अध्यक्षमा दोहोरिए कपिलनाथ कोइराला

पोखरा, २७ असार —। राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेशको अध्यक्षमा कपिलनाथ कोइराला सर्वसम्मत निर्वाचित भएका छन्। शनिबार पोखरामा सम्पन्न मञ्चको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले कोइरालाको नेतृत्वमा नयाँ प्रदेश कार्यसमिति चयन गरेको हो।अधिवेशनबाट अध्यक्षसहित सात सदस्य निर्वाचित भएका छन्। सदस्यमा रमेश पौडेल, गीता आचार्य, हरि खनाल, मीना रानाभाट, गीता लामिछाने, मिलन तिवारी र राजु अधिकारी चयन भए। मञ्चको विधानअनुसार प्रदेश कार्यसमिति १५ सदस्यीय रहने व्यवस्था छ भने बाँकी सात सदस्य अध्यक्षले मनोनयन गर्ने प्रावधान रहेको छ। निर्वाचन समितिका… पुरा पढौ

अभिभावकसँग सहकार्य गर्दै तमु विद्यार्थी समिती कास्की

पोखरा, असार २७ — तमु धिं नेपाल कास्की जिल्ला अन्तर्गत गठित तमु विद्यार्थी समिती कास्कीले शनिबार अभिभावक भेटघाट तथा प्रथम बैठक सम्पन्न गरेको छ।पोखरा–९ नयाँबजारस्थित तमु धिं नेपालको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थीलाई अध्ययनशील बनाउनुका साथै तमु भाषा, कला, संस्कृति, पहिचान, अधिकार, एकता तथा नेतृत्व र क्षमता विकासका लागि आवश्यक वातावरण निर्माण गर्ने उद्देश्यले अभिभावक भेटघाट आयोजना गरिएको समितिका अध्यक्ष सतिश गुरुङले जानकारी दिए।कार्यक्रमका प्रमुख अतिथि तथा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले विद्यार्थीले पहिलो प्राथमिकता शिक्षालाई दिनुपर्ने र त्यससँगै तमु… पुरा पढौ

आत्मदाह प्रयास गरेका बुद्धनगरका आश्विन राउतको पनि निधन

आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका काठमाडौँको बुद्धनगरका व्यवसायी आश्विन राउतको मृत्यु भएको छ। व्यवसायी राउतको शनिबार अपराह्न वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। राउतको शरीरमा ६० प्रतिशत जलन भएको थियो। शनिबार बिहान आफ्नै घरमा ४५ वर्षीय राउतले शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगोले जलेर घाइते भएका राउतलाई प्रहरीले वीर अस्पताल पुर्‍याएको थियो। पारिवारिक विवादका कारण व्यवसायी राउतले आफ्नै शरीरमा आगो लगाएको देखिएको प्रहरीको भनाइ छ। पछिल्लो तीन दिनमा तीन… पुरा पढौ

नेपाल परिवार नियोजन संघ कास्की शाखाको अध्यक्षमा पुनः सिग्देल

पोखरा । नेपाल परिवार नियोजन संघको शनिबार सम्पन्न ४५ औँ वार्षिक शाखा सभाले पुनः नविन सिग्देललाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको छ । समितिको कोषाध्यक्षमा विष्णु प्रसाद दाहाल ‘आभाष’, महिला सदस्यमा डा.लक्ष्मी पौडेल र विशेष सदस्यमा कमल कार्की सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत प्रकाशचन्द्र त्रिपाठीले जानकारी दिए । सभाको उद्घाटन गर्दै प्रमुख अतिथिका पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले परिवार नियोजन, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवाको विस्तारमा नेपाल परिवार नियोजन संघले पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको… पुरा पढौ

२ लाख २२ हजार २ सय २२ राशीको श्रीपती समाज सेवा पुरस्कार मानव सेवा आश्रमलाई

पोखरा, असार २७ यस वर्षको श्रीपती समाज सेवा पुरस्कार मानव सेवामा समर्पित मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ । श्रीपति कोइराला गुठीको २१९ औं जन्मजयन्तीको अवसरमा शनिबार पोखरामा आयोजित कार्यक्रममा पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार २०८२ सो आश्रमलाई अर्पण गर्न लागिएको जानकारी दिइएको हो । पुरस्कारको राशी नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित सम्मान पत्र र पदक रहेको गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाले जानकारी दिए । छनौट समितिको सिफारिसमा मानव सेवामा समर्पित सो… पुरा पढौ

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषद्बाट सिफारिस गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार, प्रमाण वा सूचना भए १० दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो । सूचनाअनुसार प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएका मानबहादुर कार्की मोरङ तथा निर्वाचन आयुक्तहरुमा सिफारिस गरिएका डा राजीव सुब्बा काठमाडौँ र गुरुप्रसाद वाग्ले ओखलढुङ्गा विरुद्ध प्रमाणसहित नेपाली वा अङ्ग्रेजी भाषामा… पुरा पढौ

मानव सेवा आश्रमलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार

यस वर्षको श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ । श्रीपति कोइराला गुठी पोखराले स्थापना गरेको यस पुरस्कार राशि नगद रु दुई लाख २२ हजार २२२ रहेको छ । गुठीले आज श्रीपतिको २१९औँ जन्म दिन पारेर पोखरामा कार्यक्रम आयोजना गरी पुरस्कार घोषणा गरेको हो । गुठीका अध्यक्ष फणीन्द्रराज कोइरालाले मानवीय सेवामा देशभर क्रियाशील रहेको मानव सेवा आश्रमलाई पुरस्कार प्रदान गर्नका लागि छनोट समितिको सिफारिसअनुसार निर्णय गरिएको बताए । उनका अनुसार स्व श्रीपतिको स्मृति र सम्मान… पुरा पढौ