देश

कर्णाली र सुदुरपश्चिम प्रदेश सरकार संकटमा, कर्णालीमा कांग्रेसका मन्त्रीको सामुहिक राजिनामा, सुदुरपश्चिममा एमालेका मन्त्री नै बर्खास्त

कर्णाली र सुदुर पश्चिम प्रदेशको सत्ता गठबन्धन संकटमा परेको छ । नेपाली कांग्रेस र एमाले बिच भएको सत्ता गठबन्धन पछिल्लो समयमा आएर संकटमा परेको हो ।कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका पछि सरकार नै धर्रमराएको छ । आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण सुरेश अधिकारीले आज राजीनामा दिएका हुन् । बिहान बोलाइएको क्याबिनेट बैठकमा चारैजनाले राजीनामा पत्र मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको अधिकारीले जानकारी दिए… पुरा पढौ

मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ्दै जाने पूर्वानुमान गरेका छन् । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले सोमबार र मङ्गलबारको तुलनामा बुधबार वर्षामा केही कमी आए पनि बिहीबारदेखि भने मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्ने पूर्वानुमान रहेको बताए । विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ । मनसुनको न्यूनचापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फको तराई नजिक तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले मध्य र पश्चिम क्षेत्रमा… पुरा पढौ

रौतहटमा आत्मदाह प्रयास गरेका युवाको काठमाण्डौँमा उपचार हुँदैं

एक हप्ताको बिचमा आत्मदाहबाट ३ जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै, रौतहटमा फेरि एक युवाले आत्मदाहको प्रयास गरेका छन् । रौतहटको गरुडाका २८ वर्षीय गौतमकुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । गम्हरियाका २८ वर्षीय सहनीले मङ्गलवार राति करिब १ बजे शरीरमा आगो लगाएका थिए। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शङ्करप्रसाद आचार्यका अनुसार केही दिनयता मानसिक तनावमा रहेका सहनीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्केर आगो लगाएका थिए । घटनालगत्तै उनलाई परिवारका सदस्यले गरुडास्थित बेटर नेपाल… पुरा पढौ

गण्डकीको बजेट खर्च ६४.२ प्रतिशतमा खुम्चियो

सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ मा कुल बजेटको ६४.२६ प्रतिशत बजेट खर्च गरेको हो । यो अघिल्लो वर्षको तुलनामा ५.२८ प्रतिशतले कम हो । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१÷८२ मा ६९.५४ प्रतिशत बजेट खर्च भएको थियो । गण्डकी प्रदेशमा यस वर्ष भएको बजेट खर्च संघीयतापछिको सबैभन्दा कम हो । गण्डकीमा आर्थिक वर्ष ०७७÷७८ मा सबैभन्दा कम ६६ प्रतिशतमा खुम्चिएको बजेट… पुरा पढौ

आत्मदाह प्रयास गरेका सर्लाहीका मण्डलको पनि निधन

आत्मदाह प्रयास गरेका सर्लाही गोडैता नगरपालिकाका विवेक मण्डलको उपचारका क्रममा आज निधन भएको छ । गत शुक्रबार सर्लाहीमा आत्मदाहको प्रयास गरेका मण्डलको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत अवस्थामा आज बिहान २ः०५ बजे निधन भएको जिल्ला प्रहरी परिसर काठमडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए। २५ वर्षीय मण्डललाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका मण्डलको शरीरको ८० प्रतिशत बढी भाग जलेको थियो । मण्डलले गत शुक्रबार आत्मदाहको प्रयास किन… पुरा पढौ

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१ खर्ब २० अर्ब ८० करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार’ समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३८।२ प्रतिशतले वृद्धि भएर २१ खर्ब २० अर्ब ८० करोड पुगेको हो । राष्ट्र बैंकका अनुसार चालु आवको जेठमा मात्रै रु दुई खर्ब तीन अर्ब ८९ करोड रकम रेमिट्यान्सबापत भित्रिएको छ । जबकि गत आवको जेठमा भने विप्रेषण आप्रवाह रु… पुरा पढौ

आङ्गिक क्याम्पसहरूमा १० प्रतिशत पुर्ण छात्रवृत्ति सुनिश्चित गर्न ६ वटा विश्वविद्यालयको पत्राचार

विभिन्न विश्वविद्यालय तथा त्यसअन्तर्गतका सम्पूर्ण आङ्गिक क्याम्पसहरूमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सुनिश्चित हुने भएको छ । विभिन्न सात विश्वविद्यालयले सूचना प्रकाशन गरेर कम्तीमा १० प्रतिशत छात्रवृत्तिका लागि प्रक्रिया अगाडि बढाइएको जनाएका छन् । त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षिजनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले छुट्टाछुट्टै सूचना प्रकाशित गरी आफ्ना आङ्गिक क्याम्पसहरूमा छात्रवृत्तिको सुनिश्चितताका लागि पत्राचार गरिएको उल्लेख गरिएको छ । विश्वविद्यालयको परिपत्रअनुसार सम्बन्धित क्याम्पसहरूले शैक्षित्रसत्र २०८३÷८४ का लागि विश्वविद्यालयबाट स्वीकृत कार्यक्रममा विद्यार्थी… पुरा पढौ

कास्कीसहित ५ जिल्लामा बाढीको उच्च जोखिम,अविरल वर्षाले रुपामा घर भत्कियो,

देशका बिभिन्न भागमा आज राति पनि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगको थोरै ठाउँमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भेगको एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेग तथा कोशी प्रदेशको तराई भेगका एक, दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलि… पुरा पढौ

गण्डकीसहित चार प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

काठमाडौं, ३० असार — मौसम पूर्वानुमान महाशाखाले गण्डकीसहित देशका विभिन्न क्षेत्रमा आगामी २४ घण्टाभित्र भारी वर्षाको सम्भावना औँल्याउँदै बाढी, पहिरो र गेग्रान बहावको जोखिमबाट सतर्क रहन आग्रह गरेको छ।महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा कोशी, बागमती र गण्डकीका तराई क्षेत्र र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ। कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थान विशेष जोखिममा रहेको विभागले जनाएको छ।आज राति देशभर सामान्यदेखि पूर्ण बदली… पुरा पढौ

अन्नपूर्ण पदमार्गमा बाढी-पहिरोको उच्च जोखिम, जोखिम मोलेर यात्रा नगर्न र गएकालाई उच्च सतर्कता अपनाउन टान गण्डकीको अपिल

पोखरा — लगातारको वर्षापछि अन्नपूर्ण पदमार्ग क्षेत्रमा बाढी–पहिरोको जोखिम बढेको भन्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले पर्यटक, पदयात्री, गाइड तथा पर्यटन व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले आइतबार जारी गरेको अपिलमा कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ अन्तर्गत पर्ने कुम्रुङ खोला र मोदी नदीमा आएको बाढीले पदमार्गमा क्षति पुर्‍याएको उल्लेख गरिएको छ। बाढीले घुर्जुङ तर्ने झोलुङ्गे पुल, अन्नपूर्ण आधार शिविर जाने मुख्य पदमार्ग र स्याउली बजार क्षेत्रमा क्षति पुर्‍याउनुकाब साथै वनठाटीमा समेत पहिरोले दुईवटा… पुरा पढौ