देश

सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मुस्ताङका मतदान केन्द्रहरू

फागुन २१ मा हुने निर्वाचनका लागि मुस्ताङमा कायम भएका कतिपय मतदानस्थल तथा केन्द्रहरू सदरमुकाम जोमसोमदेखि एक सय किलोमिटरभन्दा पनि टाढाका दूरीमा छन् । नेपाल–चीन उत्तरी कोरलानाकास्थित माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा कायम गरिएका मतदानस्थलहरू एक सय किलोमिटरभन्दा बढी दूरीमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । लोमान्थाङ गाउँपालिकामा छवटा मतदानस्थल छन् । जहाँ दुई हजार ११ जना मतदाता छन् । यहाँका सबै मतदानस्थलमा पुग्न सदरमुकाम जोमसोमदेखि सवारीसाधनमार्फत करिब ६÷७ घण्टा समय लाग्ने जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी… पुरा पढौ

पर्वतमा आठवर्षको अवधिमा २१ वटा मोटरवेल पुल निर्माण

पर्वत जिल्लामा पछिल्लो आठ वर्षका अवधिमा २१ मोटरवेल पुलहरुको निर्माण सम्पन्न भएको छ । जिल्लाका विभिन्न स्थानमा ती मोटरवेल पुल बनेका हुन्।सडक सञ्जालले जिल्लाका ६१ वटै वडा, टोल तथा बस्तीसम्म पनि पहुँच पुगेको पर्वतमा ग्रामीण सडकलाई बाह्रैमास सञ्चालन गर्नका लागि पुल निर्माण भएका हुन् । जिल्लामा कूल २१० किलोमिटर ग्रामीण सडक कालोपत्र भएको जिल्लामा मध्यपहाडी लोकमार्गमा दुई, कालीगण्डकी करिडोरमा तीन गरी ग्रामीण सडकसहित कूल २१ मोटरवेल पुलको निर्माण भएका छन् । संसदीय निर्वाचनसँगै प्रदेश तथा स्थानीय तहको निर्वाचनको यो अवधिमा… पुरा पढौ

मतपत्र छपाइको काम आज सकिने

प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेकोे छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ बाँकी रहेका पाँच लाख मतपत्र आज दिनभरमा छपाइ सम्पन्न हुने जनाएको छ । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइ आज सम्पन्न हुने जानकारी दिँदै बागमती प्रदेशका लागि बाँकी पाँच लाख मतपत्र आजै साँझसम्म सम्पन्न हुने जानकारी दिए । उनले भने, “प्रत्यतर्फको मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । प्रत्यक्ष तर्फका दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा बाँकी रहेको पाँच लाख मतपत्र… पुरा पढौ

जाउलाखेल पनि आहा ! रारा पोखरा गोल्डकपको सेमीफाइनलमा

सन्देश श्रेष्ठपोखरा, फागुन ३ जाउलाखेल यूथ क्लव आहा ! रारा पोखरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । जाउलाखेल अपी पावर चर्च ब्वाईजलाई ३–० ले पराजित गर्दै जाउलाखेल सहारा क्लव पोखराले पोखरा रंगशालामा आयोजना गरेको २५ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको अन्तिम चारमा पुगेको हो । पहिलो हाफ गोलरहित भएको खेलमा दोस्रो हाफमा भने जाउलाखेल हाबी भयो । दोस्रो हाफमा आक्रामक रणनीति अप्नाएको जाउलाखेलले दोस्रो हाफ शुरु भएको तेस्रो मिनेटमै गोल गर्दै अग्रता बनाएको थियो । चर्च ब्वाईजका गोलकिपर… पुरा पढौ

कास्कीसहित ६७ जिल्लाको मतपत्र छपाइ सकियो, करिब १२ लाख मतपत्र छाप्न बाँकी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार ती क्षेत्रका मतपत्र प्याकिङ बनाएर ढुवानीका लागि तयारी अवस्थामा राखिएको जनाईएको छ । आजसम्म एक करोड ९१ लाख २४ हजार मतपत्र छपाइ भएर ढुवानी गर्न तयारी अवस्थामा राखिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । बाँकी १० जिल्लाको पनि मतपत्र छपाइ भएको छ भने प्याकिङ बाँकी रहेको उनले बताए । अब ११ लाख ९९ हजार मतपत्रमात्र… पुरा पढौ

पोखरा ५ पस्र्याङमा सन्तानेश्वर मन्दिर पुननिर्माणको शिलान्यास, १ करोड ६५ लाख लाग्ने

पोखरा महानगरपालिका वडा नम्बर ५, प्रस्याङमा रहेको सन्तानेश्वर महादेव मन्दिरको पुनर्निमाणका लागि शिलान्यास भएको छ । शिवरात्रीको अवसर पारेर मन्दिर पुनर्निर्माणको शिलान्यास पोखरा–५ का वडा अध्यक्ष विष्णु प्रसाद बराल गरे । वडा अध्यक्ष बरालले प्रस्याङ पार्कलाई व्यवस्तिथ गर्न गुरु योजना तयार गरिएको बताए । उनले यस पार्कमा रहेको सन्तानेश्वर महादेव मन्दिरलाई पोखरा ५ को प्रमुख धार्मिक स्थल बनाउने बताए । मन्दिरको पुननिर्माण महानगरको योजना र स्थानीयको सहयोगमा गर्ने योजना छ । मन्दिर पुननिर्माण कार्यका लागि १ करोड ६५ लाख रुपैयाँ… पुरा पढौ

शिवरात्रीको अवसरमा लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा

पोखराको लामाचौरमा शिव दर्शन यात्रा गरिएको छ । महाशिवरात्री पर्वको अवसरमा नवआदर्श सामुदायिक विकास समाजले सातौं संस्करणको सो यात्रा गरेको हो । पोखराका वडा नं. १६ र १९ मा रहेका शिव मन्दिरलाई केन्द्रीत गरी भएको यात्रा पवित्र सेती नदी किनारमा अवस्थित गोस्तेघाटको सर्वेश्वर शिव मन्दिरबाट शुरु भई सुरथेश्वर,जलेश्वर,महेन्द्रेश्वर शिवालय हुँदै, कर्णेश्वर शिवालयमा पुगेर सम्पन्न भएको समाजका सहसचिव राजकुमार पौडेलले जानकारी दिए ।समापन कार्यक्रममा समाजका अध्यक्ष दिनेश भण्डारीले शिवयात्रामा सहभागि बिभिन्न धार्मिक संघ संस्थालाई धन्यबाद दिदैं, धार्मिक जागरण र चेतनाले नै… पुरा पढौ

दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

आईसीसी पुरुष टी(२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत नेपालले वेस्ट इन्डिज सामू १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३३ रनको योगफल बनाएको हो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्बाधिक ५८ रनको योगदान दिए । त्यस्तै सोमपाल कामीले २६ रन बनाए । लोकेश बमले १३ रन बनाए भने आसिफ शेख र गुल्शन झाले समान ११÷११ रन जोडे । वेस्ट इन्डिजका… पुरा पढौ

राष्ट्रपतिद्वारा टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६३औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएका छन् । सो अवसरमा उनले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरे । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ । समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेना, सैनिक जनसम्पर्क तथा… पुरा पढौ

आज महाशिवरात्रि पर्व मनाइँदै,देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । आज दिउँसो ४ बजेर ५२ मिनेटसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो ५ बजेर ३५ मिनेटसम्म छ । मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन… पुरा पढौ