देश

पर्यटनको जिम्मा पोखराका गनेसलाई

कास्की क्षेत्र नं. १ बाट निर्वाचित खड्कराज पौडेल गनेसले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन् । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा बन्ने सरकारमा उनलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिईएको हो ।पर्यटकीय राजधानी पोखरा घर भएका उनले गत फागुन २१ को निर्वाचनमा कांग्रेसका तिलक रानाभाट र एमालेका उमेद्वार बैनबहादुर अधिकारी क्षेत्रीलाई ठुलो मतान्तरले पराजित गरेका थिए । योसँगै गण्डकी प्रदेशबाट संघीय सरकारमा तीन जना मन्त्री बन्ने भएका छन्। अर्थ मन्त्रालयको जिम्मेवारी स्वर्णिम वाग्ले ले पाएका छन् भने गृह… पुरा पढौ

‘¥याप आर्टिस्ट’का रूपमा ख्याति कमाएका बालेन प्रधानमन्त्रीमा नियुक्त

नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह ९बालेन० नियुक्तभएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का संसदीय दलका नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा ७६, १ अनुसार बहुमतप्राप्त संसदीय दलको नेताका रुपमा राष्ट्रपति पौडेलले केहीबेरमा शाहलाई पद तथा गोपनीयताको शपथ गराउँदै छन् । नवनियुक्त प्रधानमन्त्री शाह गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ५ बाट निर्वाचित भएका थिए । उनले त्यस निर्वाचनमा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो मतान्तरले… पुरा पढौ

पोखरेली पत्रकारहरुले गरे बालमैत्री सञ्चार अभ्यास गर्ने प्रतिबद्दता

सन्देश श्रेष्ठपोखरा, चैत १२ पोखरेली पत्रकारहरुले बालमैत्री सञ्चार अभ्यास गर्ने प्रतिबद्दता जनाएका छन् । राष्ट्रिय बाल अधिकार परिषद् र गण्डकी प्रदेशका सञ्चारकर्मीहरूबीच विहीबार भएको ‘बालमैत्री सञ्चार निर्देशिका कार्यान्वयन सम्बन्धमा प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रम’ पश्चात बालमैत्री सञ्चार अभ्यास सम्बन्धी पोखरा प्रतिबद्दता पत्र–२०८२ सार्वजनिक गरिएको हो । पोखरेली पत्रकारहरुले बालबालिकाको सर्वोत्तम हित र सञ्चारमाध्यमको उत्तरदायित्वलाई गम्भीरतापूर्वक मनन गर्दै बालमैत्री सञ्चार अभ्यास गर्ने प्रतिबद्दता जनाए । प्रतिबद्दता पत्रमा बालबालिकाको गोपनीयता भंग हुने र उनीहरुको चरित्रमा आघात पर्ने वा आत्मसम्मानमा ठेस पुग्नेगरी सम्बन्धित बालबालिकाको नाम,… पुरा पढौ

भूतपूर्व खेलाडी मञ्चले गर्यो पोखरा म्याराथनको समिक्षा

नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजना गरिएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको २०औँ संस्करणको सफल भएको निष्कर्ष निकालेको छ । मञ्चले बुधवार गरेको समिक्षा बैठकमा विभिन्न उपसमितिका संयोजकहरूले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रमको समग्र मूल्याङ्कन गरेका थिए। बैठकले २०औँ संस्करणका सकारात्मक पक्षलाई निरन्तरता दिँदै देखिएका कमी–कमजोरी सुधार गर्ने निष्कर्ष निकालेको छ। साथै उक्त संस्करण सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोग पु¥याउने संघसंस्था र व्यक्तित्वहरूलाई धन्यवाद व्यक्त गरिएको छ। यस्तै बैठकले २१औँ संस्करणको तयारीमा जुट्ने निर्णय पनि गरेको छ। यस्तै मञ्चले आयोजना… पुरा पढौ

रास्वपा संसदीय दलको नेतामा बालेन्द्र शाह सर्वसम्मत चयन

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र शाह चयन भएका छन् । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो । बैठकमा सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता शाहलाई संसदीय नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिए। शाहलाई दलको नेता चयन गर्दै बैठक सकिएको रास्वपाले जनाएको छ । अब संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बस्ने तयारी गरिएको छ । पुरा पढौ

पोखरा पत्रकारिता सम्मान:बरिष्ठ पत्रकार राजबहादुर र सहारा क्लबलाई

नेपाल पत्रकार महासंघ कास्की शाखाले स्थापना दिवसको अवसर पारेर विभिन्न पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । चैत १६ गते महासंघको ७१ औं स्थापना दिवसको अवसर पारेर कास्की शाखामा स्थापित पोखरा पत्रकारिता सम्मान र स्व जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न लागेको हो । शाखाले बर्सेनि पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने पत्रकार र संस्था गरी आलापालो रुपमा पोखरा पत्रकारिता सम्मान प्रदान गर्दै आएकोमा सम्मान छनौट समितिको सिफारिसमा वर्ष २०८१ बाट बरिष्ठ पत्रकार राजबहादुर गुरुङ र २०८२ बाट सहारा… पुरा पढौ

देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न सांसदलाई अध्यक्ष ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणामबाट निराश नभई देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज शपथ लिएलगत्तै पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफ्ना सांसदलाई जनहित र राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यसअघि पनि पार्टीले देश र जनता पक्षमा काम गरेको स्मरण गराउँदै आगामी दिनमा पनि मुलुकको समृद्धिका पक्षमा काम गर्नुपर्नेमा जोड दिए । उनले… पुरा पढौ

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ । सूर्यनारायण पुरस्कार संस्थाद्वारा आज बेनीमा आयोजित कार्यक्रममा अग्रज कलाकार धनकुमारी थापा र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले संस्कृतिकर्मी श्रेष्ठलाई नगद रु २५ हजार र कदरपत्र प्रदान गर्नाका साथै दोसल्ला ओढाएर सम्मान गरे । समाजसेवी सूर्यनारायण श्रेष्ठको स्मृतिमा उनका परिवारले स्थापना गरेको संस्थाले हरेक दुईरदुई वर्षमा नेपाली लोक संस्कृति, कला र साहित्यको श्रीवृद्धि गर्न योगदान गर्ने म्याग्देलीलाई सो पुरस्कार अर्पण गर्दै आएको छ । विसं २०८२ को पुरस्कार श्रेष्ठलाई प्रदान गरिएको हो… पुरा पढौ

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आज आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।नेपालको संविधानको धारा, ९९ र ९१ को उपधारा, ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको… पुरा पढौ

विराटनगरवासीलाई पोखरा भ्रमणको निम्ता

नेपालको औद्योगिक नगरी विराटनगरका वासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको निम्ता प्रदान गरिएको छ । जाउँ है पोखरा अभियान अन्तर्गत पूर्वी नेपालको भ्रमणमा रहेको होटल संघ पोखरा नेपालको टोलीले विराटनगरवासीलाई पोखरामा हुने फेवा नवबर्ष महोत्सवको निम्ता प्रदान गरेको हो । पर्यटन संस्कृती र खानालाई जोड दिएर यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म यो महोत्सव हुँदै छ । विराटनगरमा आयोजित कार्यक्रममा होटन संघ नेपाल कोशीका अध्यक्ष राजन श्रेष्ठले २५ बर्षदेखी जाउँ है पोखरा अभियानलाई निरन्तर संचालन गर्नु सराहनीय कदम भएको… पुरा पढौ