देश

कर्णालीमा गाडी दुर्घटना: नदीमा बेपत्ताहरुको खोजी गर्न गोताखोर परिचालन

कर्णाली नदीमा खसेको यात्रुवाहक माईक्रो बस र यात्रुको खोजी कार्य आज पनि जारी रहेको छ । बिहिबारदेखि हराएको गाडी र यात्रुको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोरको टोली आजबाटै पुनःपरिचालन भएका छन् । बिहिबार बिहान ८ः०० बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी ११ः३० बजेको समयमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ दैलेखको साङ्गेतडास्थित दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो । बिहीबार पाँच घण्टासम्म गोताखोरले खोजी गर्दा नभेटाएपछि आज… पुरा पढौ

‘टर्बाइन’ बिग्रिएपछि म्याग्दीका दुई गाउँमा अन्धकार

म्याग्दीका सिस्नेरी र खवाङका स्थानीय बासिन्दा दुई दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । पाँच किलोवाट क्षमताको महखोला लघुजलविद्युत् परियोजनाको टर्बाइन बिग्रिएपछि ती बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् । गत सोमबारदेखि बिग्रिएको टर्बाइन आजसम्म मर्मत नहुँदा दुई गाउँका सर्वसाधारणले बिजुली उपभोग गर्न नपाएका खवाङका स्थानीय चामबहादुर पुनले दुखेसो पोखे । नेपाल विद्युत् प्राधिकरणको बेनीस्थित वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बिग्रेको टर्बाइन मर्मतसम्भार वा नयाँ प्रतिस्थापन गरेर ती गाउँमा बत्ती बाल्ने प्रयासमा आफूहरू रहेको जानकारी दिए । पुरा पढौ

पोखरामा लागु औषधसहित ६ जना पक्राउ

पोखराका बिभिन्न स्थानबाट लागु औषधसहित ६ जना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा १० उत्तमचोक घर भई पोखरा १५ मा स्नुकर हाउस संचालन गर्ने जोन नाम गरेका गोविन्द थापा र जीवन भनिने रुमबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, कास्की, वडा प्रहरी कार्यालय रामबजार र लागु औषध नियन्त्रण व्युरो पोखराबाट खट्टिएको टोलीले घर कोठा खान तलासी गर्दा लुकाई छिपाई राखेको १३ ग्रामब्राउन सुगर र स्रोत नखुलेको ६ लाख ७ हजार रुपैयाँ बरामद… पुरा पढौ

नेपालीको बानी : सस्तो कफी पिउने, महङ्गोमा बेच्ने

सन्देश श्रेष्ठपोखरा, असार १९ चियाका लागि प्रख्यात नेपाल पछिल्लो समय कफीको हब बन्दै गएको छ । चिया उत्पादन मात्रै होईन, उपभोगका लागि पनि अगाडि रहेको नेपाल पछिल्लो समय कफीका लागि पनि प्रख्यात बन्दै गएको हो । मूल्य उच्च हुँदै जानु र उत्पादित कफीले सहज रुपमा बजार पाउन थालेपछि कफी उत्पादनमा नेपाली युवाको झुकाव बढ्दै गएको हो । नेपालमा २०८१÷८२ मा ५ हजार ५ सय १ एक हेक्टर जमिनमा कफी लगाउँदा ६ सय ४२ मेट्रिक टन कफी उत्पादन भएको थियो ।… पुरा पढौ

कास्की पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा

कास्कीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्लाको रुपमा घोषणा गरिएको छ। पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरि बिहीवार जिल्ला समन्वय समिति कास्कीमा एक समारोहका बिच सो घोषणा गरिएको हो। यस अघि कास्कीका पाँचवटै पालिकाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भएका थिए। उक्त अवसरमा जिल्ला समन्वय प्रमुख लिलाधर पौडेलले सो अभियानलाई सफल पार्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने सबै पक्षहरूलाई आभार व्यक्त गर्दै सबै तहका जन प्रतिनिधिहरू र आम जनताको साथले नै अभियान सफल भएको बताए । स्वस्थ… पुरा पढौ

पोखराका ६ क्रियाशील युवालाई पोखरा यूथ एक्सेलेन्स अवार्ड २०८३ प्रदान

बिभिन्न क्षेत्रमा क्रियाशील पोखराका ६ जना युवाहरूलाई पोखरा यूथ एक्सेलेन्स अवार्ड २०८३ प्रदान गरिएको छ । नगर युवा परिषद्ले आयोजना गरेको यूथ फेस्टिभलका अवसरमा युवा उद्यमशीलता, सशक्तीकरण र सीप विकासको क्षेत्रमा क्रियाशील युवालाई सम्मान गरेको नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए । सम्मानित हुनेमा पत्रकारिता क्षेत्रमा क्रियाशील दुर्गा राना मगर, पर्यटन तर्फ प्रतीक पहारी, समाज सेवा तर्फ सदिस पुन, युवा उद्यमशीलता, नवप्रवर्द्धन तथा रोजगारी तर्फ नव ज्योति सुवेदी, खेलकुद तर्फ नारायणी भण्डारी र अपाङ्गता क्षेत्रको सशक्तीकरणमा क्रियाशील… पुरा पढौ

देशभर बिचैमा पढाई छाड्ने बालबालिकाको संख्या बढ्दै, आधारभुत तहमा शिक्षक दरवन्द्धी पर्याप्त

शिशिर उजाडपोखरा देशभर बाल विकासमा भर्ना भएका बालबालिका मध्ये अधिकाशंले विचैमा कक्षा छाड्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार बिचैमा पढाई छाड्ने विद्यार्थीको संख्या डर लाग्दो रुपमा बढ्दै गएको हो । केन्द्रले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ मा भर्ना भएका करिब ९ लाख विद्यार्थी मध्ये माध्यमिक शिक्षा परीक्षामा करिब ५ लाख मात्रै विद्यार्थी सहभागि हुने गरेका छन् । यो तथ्यांकलाई हेर्दा करिब ५०… पुरा पढौ

निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि दुई अर्ब

पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३÷८४ मा निर्वाचन क्षेत्र रणनीतिक सडकका अधुरा योजनाका लागि रु दुई अर्ब बजेट छुट्टाएको छ । मन्त्रालयले हालसालै सार्वजनिक गरेको आगामी आवको लागि वार्षिक विकास कार्यक्रमअन्तर्गत अधुरा ३९ जिल्लाका निर्वाचन क्षेत्र रणनीतिक योजनाअन्तर्गत लागि बजेट विनियोजन गरेको हो । मन्त्रालयले निर्वाचन क्षेत्र रणनैतिक सडकका लागि आवश्यकताका आधारमा बजेट छुट्टाएको छ । कञ्जनपुर जिल्लामा रहेको निर्वाचन क्षेत्र रणनीतिक सडकको अधुरो कामका लागि रु १४ करोड ५० लाख बजेट छुट्टाएको छ । अछाम जिल्लाका अधुरा सडकका… पुरा पढौ

सरकारको १०० दिनः सुशासनका लागि सम्पत्ति छानबिन र विचौलिया राजको अन्त्य

सुशासनलाई समृद्ध नेपालको आधारशीला ठानेको वर्तमान सरकारले कानुनी शासन, प्रशासनिक तथा नीतिगत सुधार, सुरक्षाकर्मीको मनोबल अभिवृद्धि र ‘विचौलिया’ राज अन्त्यका लागि महत्वपूर्ण प्रयासको थालनी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा गठन भएको करिब दुई तिहाइ बहुमतको वर्तमान सरकारले पछिल्लो एक सय दिनमा भ्रष्टाचारविरुद्ध शून्यसहनशीलता, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानकै रुपमा अघि बढाएको छ । सरकार गठनलगत्तै जारी शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची कार्यान्वयन भई राष्ट्र र नागरिकले त्यसबाट लाभ पाउन थालिसकेका छन् । गत… पुरा पढौ

राजनीतिक दलमा संलग्न हुने रेडक्रसकर्मिलाई अलग हुन नेपाल रेडक्रस सोसाइटीको आग्रह

नेपाल रेडक्रस सोसाइटीले कुनै पनि तहकोे समितिका पदाधिकारी र सदस्यहरू राजनीतिक दलको भ्रातृ सङ्गठनसमेतको विभिन्न निकायका पदहरूमा बहाल रहेको भए नेपाल रेडक्रसमा रहेको आफ्नो संलग्नताबाट अलग हुन अनुरोध गरेको छ । नेरेसोमा संलग्न स्वयंसेवक तथा कर्मचारीहरूले रेडक्रसका सिद्धान्त, मूल्य र मान्यता अनुकूल कार्य र व्यवहार गरेको सुनिश्चित गर्न नेपाल रेडक्रस सोसाइटीको विधान २०२० अठारौँ संशोधन २०८२ सहितको दफा ७२ को उपदफा ३ मा ‘सक्रिय राजनीतिमा संलग्न भई राजनीतिक सङ्गठन भ्रातृ सङ्गठनसमेत को विभिन्न निकायका पदहरूमा रहेका र राजनीतिक दलबाट सबै… पुरा पढौ