देश

सहमति अनुसार स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायत सेवा सुविधाहरु उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाले एशोसिएशन आफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल अफिन, नेपाल मेडिकल तथा डेण्टल कलेज एशोसिएशनलाई हालै एक पत्र जारी गर्दै सरोकारवाला पक्षहरूसँग गत कात्तिक १५ गते भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेको हो । उक्त सहमतिअनुसार सेवा सुविधा र न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने भए पनि केही संस्थाहरूले कार्यान्वयन नगरेको गुनासो आएपछि मन्त्रालयले… पुरा पढौ

पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा,पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य

नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना हुन लागेको “पोखरा नाइट स्ट्रिट रेस–२०८३” (रात्रिकालीन सडक दौड) को तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा यही चैत २८ गते पोखरामा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको शनिबार पोखराको फिस्टेल ड्रिम पार्कमा आयोजित पत्रकार सम्मेलन जानकारी गराइएको हो । पाँच किलोमिटरको उक्त दौड चैत्र २८ गते बेलुका ७ बजे बाराहीघाटबाट सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो कि.मि., सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा हुँदै महेन्द्रपुलस्थित झण्डा पार्क अगाडि… पुरा पढौ

मतदाता नामावली भालिदेखि सङ्कलन गरिँदै

निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुनः सञ्चालन गर्दै छ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार्यक्रम पुनः थाल्ने निर्णय गरेको हो । राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र नबनाएकाले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रविष्ट गर्नुपर्ने छ । प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट नाम दर्ता गर्न सकिने छ ।… पुरा पढौ

पोखरामा आईसीटी बुट क्याम्प तथा डिजिटल गभर्नेन्स ह्याकाथन सम्पन्न

पोखरालाई सूचना प्रविधिको हब बनाउने लक्ष्यसहित पोखरा महानगरपालिकाले आईसीटी बुट क्याम्प तथा डिजिटल गभर्नेन्स ह्याकाथन कार्यक्रम सञ्चालन गरेको छ । महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रको वार्षिक विकास कार्यक्रम अन्तर्गत “स्वदेशी लगानी, विदेशी कमाई; समृद्ध महानगर, युवामा लगानी” भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो । केन्द्रका प्रमुख नवराज अधिकारीका अनुसार यस पहलले डिजिटल युगमा प्रवेश गर्न तथा सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्याहरू समाधान गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ । “लाइनमा बसेर होइन, अनलाइनबाट सेवा लिन सकिने प्रणाली विकासतर्फ यो… पुरा पढौ

स्वतन्त्र पत्रकार संघ नेपालमा पुनः बास्तोला

स्वतन्त्र पत्रकार संघ नेपालको अध्यक्षमा पुनः कृष्णप्रसाद बास्तोला चयन भएका छन् । संघको गैंडाकोटमा सम्पन्न १४ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले पोखराका अग्रज पत्रकार बास्तोलाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । संघको उपाध्यक्षमा तिर्सनालक्ष्मी गुरुङ, महासचिवमा सुरेश श्रेष्ठ, सचिवमा कल्याण पन्त तथा कोषाध्यक्षमा नमस्कार शाह चयन भए । त्यसैगरी, सदस्यमा युक्तप्रसाद सुवेदी बागलुङ, कृष्णबहादुर रायमाझी कास्की, योगेश खपाङ्गी झापा, प्रेमध्वज लामा ,सुरेशप्रसाद सैंजु भक्तपुर र सागर कार्की कास्की निर्वाचित भएका छन् । यसअघि साधारणसभाको उद्घाटन सत्रमा पोखराका… पुरा पढौ

फेवाताल छेउछाउका अतिक्रमित संरचनामा महानगरको डोजर

पोखरा महानगरपालिकाले फेवाताल छेउछाउका अतिक्रमित क्षेत्रमा डोजर चलाएको छ । त्यस क्षेत्रमा जमिन अतिक्रमण गरी बनाइएका टहरामा पोखरा महानगरले शनिबार बिहान डोजर चलाएपछि स्थानीयवासीले विरोध जनाएका छन्। शनिबार बिहानै महानगरपालिकाले अतिक्रमण हटाउने अभियानअन्तर्गत टहरा भत्काउन सुरु गरेपछि प्रभावित स्थानीयले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन्।विरोधका कारण केहीबेर सडक आवागमनसमेत प्रभावित भएको थियो ।महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले ३२ वटा टहराहरू डोजर लगाएर भत्काइएको जानकारी दिए । फेवाताल संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि महानगरले अभियान चलाएको बताउँदै आएको छ भने… पुरा पढौ

त्रिभुवन विमानस्थलमा रातभर ‘अपरेशन सेफ्टी’,१८ जना समातिए

काठमाडौँ प्रहरीले गए राति ‘अपरेशन सेफ्टी’ सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ भने विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने १८ जना पनि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार प्रहरीले गए राति ‘अपरेसन सेफ्टी काठमाडौँ’ चलाएर बौद्धमा श्याम लामा समूहमा रहेर गुण्डागर्दी गर्दै आएका ‘डिम्पल’ भनिने प्रवीण तामाङलाई पक्राउ गरेको हो । यस्तै काठमाडौँको कलङ्की–बाफल क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा बिर्जु महर्जन, कलङ्कीकै बस टिकट काउन्टर–पेट्रोलपम्प क्षेत्रमा गुण्डागर्दी… पुरा पढौ

गण्डकीमा विज्ञान पढ्ने विद्यार्थीको संख्या करिव ४८ हजार

नेपालको उच्च शिक्षा क्षेत्रमा गहिरो क्षेत्रीय र विषयगत असमानता रहेको तथ्यांक सार्वजनिक भएको छ । पोखरास्थित समाज विज्ञान केन्द्रले शुक्रबार आयोजना गरेको मासिक ‘कचहरी’ कार्यक्रममा संघीय संरचनापछि पनि शैक्षिक पहुँचमा उल्लेख्य सुधार हुन नसकेको सरोकारवालाले बताए । अनुसन्धानकर्ता डा. ढाकाराम भण्डारीले प्रस्तुत गरेको कार्यपत्र अनुसार मुलुकभरका विश्वविद्यालयको वितरण असन्तुलित छ । गण्डकी, राजर्षि जनक, मदन भण्डारी विज्ञान तथा प्रविधि, नेपाल विश्वविद्यालय, नेपाल खुला, मनमोहन प्राविधिक, मधेस कृषि, मधेस र लुम्बिनी प्राविधिक जस्ता संस्था स्थापना भए पनि तिनको पहुँच सबैतिर पुग्न… पुरा पढौ

प्रधानमन्त्री शाह र गण्डकी प्रदेशका प्रत्यक्ष निर्वाचित सांसद बिच छलफल

प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकी प्रदेशका निर्वाचित प्रतिनिधि सभाका सदस्यसँग छलफल गरेका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले गण्डकीका सांसदसँग छलफल गरेका हुन्। गण्डकी प्रदेशका समस्या र विकास निर्माणका विषयमा छलफल भएको जनाएको छ। गण्डकीमा प्रत्यक्ष निर्वाचित १८ जना सांसद मध्ये १५ जना रास्वपाकै छन् । बाँकी ३ जनामा कांग्रेसका २ र म्याग्दीबाट स्वतन्त्र सांसद महाविर पुन छन् । बैठकमा अधिकांस सांसद सहभागि भएको बताईएको छ । यसअघि प्रधानमन्त्री शाहले सुदूरपश्चिम, कर्णाली र कोसी प्रदेशका सांसदसँग छलफल गरेका थिए। पुरा पढौ

तीन जिल्लामा बर्ड फ्लू सङ्क्रमणः ८५ हजार कुखुरा नष्ट

बर्ड फ्लूको समस्या देखिएपछि कोशी प्रदेशका तीन जिल्लामा करिब ८५ हजार कुखुरा नष्ट गरिएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका वरिष्ठ पशु विकास अधिकृत डा गङ्गाराम यादवका अनुसार बर्ड फ्लू एच ५एन १ को सङ्क्रमण पुष्टि भएका तीन जिल्लाका २२ व्यावसायिक फार्ममा कुखुरा नष्ट गरिएको हो । प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा बर्ड फ्लूको सङ्क्रमण फैलिएको छ । वरिष्ठ पशु विकास अधिकृत डा यादवका अनुसार मोरङका आठ, झापाका दुई र सुनसरीका १२ फार्ममा बर्ड फ्लूको सङ्क्रमण… पुरा पढौ