देश

कर्म-कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट हितानमगर र गुरुङ सम्मानित

पोखरा, असार २९ गते नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा संचालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार बाट वरिष्ठ पत्रकार रुद्रबहादुर हितानमगर र पत्रकार इन्दिरा गुरुङ सम्मानित हुनुभएको छ । पुरस्कारअन्तर्गत पत्रकार हितानमगरलाई २०८२ सालको तथा पत्रकार गुरुङलाई २०८३ सालको पुरस्कार प्रदान गरिएको हो । गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारी र पुरस्कारदाता कर्म गुरुङले सम्मानपत्र, भाङ्ग्रा, घलेक तथा जनही १० हजार रुपैयाँ नगदसहित पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा प्रेस रजिस्ट्रार भण्डारीले पत्रकारिता क्षेत्रमा समर्पित व्यक्तित्वको सम्मानले नयाँ पुस्ताका… पुरा पढौ

टल्कने क्रिस्टल भन्दै १० लाख ठगेर थप २० लाख माग्ने ६ जना पक्राउ

पोखरा, असार २९ — टल्कने क्रिस्टललाई बहुमूल्य वस्तु भन्दै करोडौं रुपैयाँमा बिक्री गरिदिने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्ने गिरोहका ६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ परेकाहरूले आफूहरूसँग रहेको टल्कने क्रिस्टललाई विशेष प्रकारको बहुमूल्य पदार्थ भएको दाबी गर्दै उज्यालो बनाउने, पानीलाई जमाउने तथा फूलको कोपिलालाई तुरुन्तै फूल बनाउने जस्ता झुटा प्रदर्शन गरेर विश्वास दिलाउने गरेका थिए। त्यसपछि उक्त क्रिस्टलको मूल्य अर्बौं पर्ने शुरुमा १० लाख रुपैयाँ ठगेर लग्नुका साथै थप २० लाख मागेका थिए… पुरा पढौ

पोखरामा असोज ९ गतेदेखि नोम्याड्स बेसक्याम्प फेस्टिभल आयोजना हुने

पोखरा, असार २९ पोखरामा नोम्याड्स बेसक्याम्प फेस्टिभल आयोजना हुने भएको छ । साराङ सर्भिसेज र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा आगामी असोज ९ गतेदेखि ११ गते (सेप्टेम्बर २५–२७)सम्म पोखरामा नोम्याड्स बेसक्याम्प फेस्टिभल हुने भएको हो । फेष्टिभल आयोजना गर्न यी दुई संस्थाबीच आईतबार साँझ पोखरामा औपचारिक सम्झौता भएको छ । फेष्टिभलमा पोखरालाई डिजिटल नोम्याड्स, रिमोट वर्कर, उद्यमी, सिर्जनशील व्यक्तित्व तथा नवप्रवर्तनकर्ताहरूको गन्तव्यका रूपमा प्रवद्र्धन गरिने आयोजक मध्यको एक पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । त्रिदिवसीय रुपमा हुने… पुरा पढौ

सडक चौपायाको व्यवस्थापनमा पोखरा महानगरको सक्रियता

सडकमा छाडा छोडिएका ३२० चौपायाको व्यवस्थापन गरिएको छ । पोखरा महानगरपालिकाले बेवारिसेपूर्वक स्वतन्त्र छोडिएका जनावरको उचित संरक्षण गरेको हो । सडक दुर्घटना हुनबाट जोगाउन जनावरलाई ‘पुष्करणी परोपकार गोकुलधाम’ मार्फत हेरचाह गरिएको छ । प्राप्त दूध र कम्पोष्ट मल बिक्री गरी गोकुलधामले रचनात्मक काम सुरु गरेको छ । महानगरको जनावर उद्धार वाहनमार्फत चौपायालाई पोखरा–१४ बाच्छिवुडुवामा पु¥याइएको नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए । उनले भने, “सडकमा बेवारिसे भेटिएका चौपायालाई उद्धार गरी गौशालासम्म पु¥याउने गरेका छौँ ।” गाईगोरुको संरक्षण भएसँगै उक्त… पुरा पढौ

मोदी खोलाले सडक बगाउँदा, विदा मनाउन घान्द्रुक पुगेका पर्यटक अलपत्र

मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ र १० को सीमा स्याउलीबजार नजिक मोदी खोलाले सडक बगाएपछि अहिले नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकमा यातायात बन्द भएको छ ।अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला थुनिपछि आएको बाढीका कारण उर्लिएको मोदी खोलाले सडक बगाउँदा ग्रामीण पर्यटको केन्द्र घान्द्रुकसँगको सडक सम्पर्क टुटेको थियो । सडक बन्द हुँदा घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् । पैदल यात्राका लागि समस्या नभए… पुरा पढौ

सातै प्रदेशमा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन

प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न सङ्घ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिए । उनले गुणस्तरीय, प्रभावकारी तथा नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको… पुरा पढौ

आज आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती, विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । आचार्य विक्रम संवत १८७१ असार २९ गते र निधन १९२५ साल असोज ६ गते तनहुँकै सतीघाटमा भएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रतिनिधिसभाका सभामुख डीपी अर्यालको उपस्थितिमा २१३औं भानु जयन्ती मनाएको छ । यस अवसरमा काठमाडौँमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।पोखरामा पनि बिभिन्न साहित्यिक संघ संस्थाले भानु जयन्तीको अवसरमा कार्यक्रम गरिरहेका छन् ।जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान, पोखराले विशेष कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा… पुरा पढौ

विकास आयोजनाका काममा ढिलासुस्ती स्वीकार्य छैनः गण्डकीका मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विकास आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताएका छन् । भानु नगरपालिका–१ र बन्दीपुर गाउँपालिका–४ जोड्ने चुँदी खोलामाथि निर्माण सम्पन्न भएको पुलको आज उद्घाटन गर्दै उनले विकास आयोजनामा ढिलासुस्ती स्वीकार्य नहुने पनि बताए । प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय, तनहुँमार्फत निर्माण सम्पन्न भएको उक्त पुल निर्धारित समयभन्दा करिब सात महिना अगाडि सम्पन्न हुनु विकास निर्माणको क्षेत्रमा सकारात्मक सन्देश भएको बताए । “यो पुल गुणस्तरीय र समयमै विकास आयोजना सम्पन्न गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण बनेको छ,” मुख्यमन्त्री… पुरा पढौ

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा आज बिहान लेदोसहितको पहिरो झरेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको छ । पहिरोबाट सडकमा क्षति पुगेकाले त्यस क्षेत्रमा यातायात सञ्चालन समेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । पहिरो सडक क्षति भएको सडक खुलाउने प्रयास भइरहेको उनले बताए । पहिलोका कारण सडक पूर्ण रुपमा अवरुद्ध हुँदा बागलुङको दक्षिण क्षेत्रमा चल्ने यातायात ठप्प छ । लेदोसहितको पहिरो बगिरहेको हुँदा सडक खुलाउन समस्या भइरहेको नायव उपरीक्षक… पुरा पढौ

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान, सर्तकता अपनाउन विभागको आग्रह

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मुलुकका साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान गरेको छ । पाँचथर, इलाम, झापा, मोरङ, सप्तरी, सुनसरी, भोजपुर, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासीपूर्व, नवलपरासी पश्चिम, पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलाली र आसपास जिल्लाका साना नदीमा बाढी आउने जेखिम रहेको छ । विभागका बाढीविद् विनोद पराजुलीले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र अन्य आसपास जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको बताए । आज… पुरा पढौ