देश

असिनाले पोखराका बिभिन्न वडाका फलफूल र तरकारी बालीमा क्षति

असिनाका कारण पोखराका विभिन्न भू–भागमा तरकारी तथा फलफूल खेतीमा क्षति पुगेको छ । असिनाका कारण पोखरा महानगरपालिका–१३, १४, १९, २६, ३० लगायतका वडामा तरकारी तथा फलफूल खेतीमा क्षति पु¥याएको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । सुन्तला, आँप, लिची जस्ता फूल फुल्न लागेका अवस्थामा आएको असिनाले क्षति बनाएको हो । असिनाले लसुन, प्याज, तरबुजा आदि खेतीमा पनि असर परेको उनले बताए । बर्सेनि क्षति पुग्ने गरेकाले असिना छेक्ने जाली उपलब्ध गराउनुपर्ने किसानको माग छ । पछिल्ला वर्षमा… पुरा पढौ

सनराईज क्लवले मनायो १८ औं स्थापना दिवस

पोखरा महानगरपालिका वडा नम्वर –२६, अर्घौंमा रहेको सनराईज क्लवले वृद्ध तथा वाल आश्रममा खाद्यान्न सामग्री प्रदान गरी १८औं स्थापना दिवस मनाएको छ । क्लवले पोखरा २७, सयलापाखामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर वृद्ध तथा वाल आश्रममा खाद्यान्न, तरकारी, खाजा तथा अन्य सामग्रीहरु सहयोग गरी स्थापना दिवस मनाएको वताईएको छ । कार्यक्रममा बोल्दै वृद्ध तथा वाल आश्रमका संरक्षक कल्याणकुमार कार्कीले आश्रमको ऐतिहासिक पक्ष र वर्तमान अवस्थाका बारेमा जानकारी गराउदै क्लवद्धारा प्रदान गरिएको सहयोगको लागि हार्दिक आभार व्यक्त गरे । कार्यक्रममा संस्थाका वरिष्ट… पुरा पढौ

स्वर्णिम महिला समुहलाई बाद्य बादनका सामाग्री हस्तान्तरण

पोखरा महानगरपालिका सामाजिक शाखाको आर्थिक सहयोगमा पोखरा २६ मा रहेको स्वर्णिम महिला समुहलाई परम्परागत बाद्य बादनका सामाग्री हस्तान्तरण गरिएको छ । स्थानिय स्तरमा धर्म र संस्कृतिका बारेमा जानकारी दिने र परम्परागत खैजेरी,मादल र मुजुराको संरक्षणमा सहयोग पुग्ने हेतुले समुहलाई उत्त सामाग्री प्रदान गरिएको हो । कार्यक्रममा वोल्दै पोखरा २६ का वडा सदस्य तीर्थ वहादुर राजभाटले धार्मिक कार्यमा होस् वा अरु कुनै पनि कार्यक्रम गर्दा मनोरञ्जनका लागि संगित महत्वपुर्ण हुने बताउँदै यहाँहरुको सकारात्मक काममा वडा सरकार साथमै रहेको बताए । सोही… पुरा पढौ

एसईई परीक्षा व्यवस्थित र पारदर्शी बनाउन आवश्यक: मन्त्री थापा

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले माध्यमिक शिक्षा परीक्षा एसईई लाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखाद्वारा आयोजित दुई दिने “माध्यमिक शिक्षा परीक्षा ९एसईई० सञ्चालन तथा व्यवस्थापन सुधार कार्यशाला” कार्यक्रममा उनले विद्यार्थीको भविष्यसँग जोडिएको महत्वपूर्ण राष्ट्रिय परीक्षालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी ढंगले सञ्चालन गर्न कार्यशालाहरू अत्यन्त महत्वपूर्ण हुने बताएका हुन्। मन्त्री थापाले परीक्षा व्यवस्थापनमा संलग्न सरोकारवालाबीच अनुभव आदान–प्रदान, समस्या पहिचान तथा समाधानका उपायबारे… पुरा पढौ

लमजुङमा वृद्ध मृतावस्थामा फेला

लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मस्र्याङ्दी जलविद्युत् आयोजनाको ड्याममा एक वृद्ध मृतावस्थामा फेला परेका छन् । बेसीसहर नगरपालिका–११ चितिका ८७ वर्षीय धनबहादुर सिलवाल सो ड्याममा तैरिरहेको अवस्थामा प्रहरीले आइतबार राति फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले बताए । उनले भने, “मृतक धनबहादुरको छोरा दीपक सिलवालले शवको पहिचान गरेका छन् ।” मृतक सिलवाल गत माघ १७ गतेदेखि हराएको भनेर परिवारले प्रहरीलाई निवेदन परेको प्रहरी निरीक्षक पाण्डेको भनाइ छ । उनका अनुसार सो दिन घरबाट बेसीसहरमा… पुरा पढौ

राजस्वका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीसहित ३ जनाविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ । आज विशेष अदालतमा दायर मुद्दामा अधिकारीले राजस्व अनुसन्धान विभागको महानिर्देशक भएको बेलामा ७० लाख रुपैयाँ घुस लिएको र गैरकानुनी रुपमा सम्पत्ति जोडेको दावी गरिएको छ । १ असार, २०७९ देखि १६ कार्तिक, २०७९ सम्म राजस्व अनुसन्धान विभागमा रहँदा एचके इन्टरप्राइजेजका सञ्चालक श्रीकृष्ण श्रेष्ठ विज्युसँग राजस्व चुहावटसम्बन्धी अनुसन्धानमा सहजीकरण गरिदिने बहानामा ७० लाख रूपैयाँ घुस लिएको पुष्टि भएको अभियोगपत्रमा उल्लेख… पुरा पढौ

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने, रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस, कांग्रेस, राप्रपा सांसद छान्दै

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड तीन प्रतिशत मत पार गरेका छ राजनीतिक दलले आज कार्यालय समयभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम बुझाउँदै छन् । निर्वाचनमा थ्रेसहोल्ड पार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई आज ५ः०० बजेसम्म क्लष्टर मिल्नेगरी निर्वाचित उम्मेदवारको नाम पेस गर्न गत फागुन २८ गते पत्रात्रार गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । रास्वपाले… पुरा पढौ

चैत अन्तिम साता पोखरामा रात्रि दौड प्रतियोगिता हुने

पर्यटनको राजधानि पोखरामा यही चैत २८ गते रात्रि दौड प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक उक्त रात्रि दौड प्रतियोगिता सञ्चालन हुन लागेको हो ।प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँच हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै महिला, विद्यार्थी (यू–१६) र विदेशी सहभागीका लागि छुट्टाछुट्टै विधाका विजेतालाईसमेत प्रोत्साहन पुरस्कार प्रदान गरिने… पुरा पढौ

पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री सुशीला कार्की

मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएका समयमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यभार पूरा गरेकी छन् । निर्वाचन हुने÷नहुने भन्ने संशयकाबीच यही फागुन २१ गते शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएर मतपरिणाम सार्वजनिक भई नयाँ सरकारका गठनको तयारी सुरु भएका बेला प्रधानमन्त्री कार्कीमा एकप्रकारको सन्तोष मिलेको देखिन्छ । निर्वाचन गराउने दायित्व पूरा गर्दा भोग्नुपरेका समस्या, चुनौती र एक पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्दाका अनुभूतिबारे प्रधानमन्त्री कार्कीले राससका समाचारदाता कालिका खड्कासँग खुलेर संवाद गरिन् । प्रधानमन्त्री कार्कीसँगको संवादको… पुरा पढौ

३५ बर्ष विद्यालयको नेतृत्व गरेका पौडेलको विदाई

एउटै विद्यालयमा ३५ वर्ष बिताएका महेन्द्र माध्यमिक विद्यालय, घार्मीका प्रधानाध्यापक बासुदेव पौडेलको सम्मानसहित विदाई गरिएको छ। पौडेलको शुरुको नियुक्ती नै सोही विद्यालयमा भएको निमित्त प्रधानाध्यापक नन्दराज दाहालले जानकारी दिए । उमेर हदका कारण अनिवार्य अवकाश पाएका पौडेलको विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विदाई गरिएको हो। वि सं. २०४८ साल साउनमा अंग्रेजी शिक्षकका रूपमा प्रवेश गरेका पौडेल सोही वर्ष विद्यालयको प्रधानाध्यापकमा नियुक्त भई निरन्तर रूपमा ३५ वर्ष विद्यालयको शैक्षिक तथा भौतिक विकासमा लागेका थिए।लामो समय विद्यालयको शैक्षिक तथा प्रशासनिक नेतृत्व समालेका… पुरा पढौ