देश

संसद् नियमित सञ्चालन हुनुपर्छ : सभापति लामिछाने

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् नियमित सञ्चालन हुनुपर्ने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले संसद् अवरुद्ध गरेर राजनीतिक निकाश ननिस्कने बताएका छन् । उनले भने, “पछिल्ला घटनाका विषयमा संसद्मा प्रर्याप्त छलफल हुनुपर्छ, सरकार र गृहमन्त्रीले दिने जवाफ चित्त बुझ्दो नभए निकास खोज्नुपर्छ ।” उनले सुन प्रकरणका विषयमा आवश्यकताका आधारमा उच्चस्तरीय छानबिन समिति र संसदीय समिति बनाउन सकिने बताए । रास्वपाले संसद्को बैठकमार्फत सरकारलाई प्रश्न गर्न चाहेको भन्दै उनले सबै कुरा संसद्मै छलफल… पुरा पढौ

मन्त्रिपरिषद् बैठक : सङ्घीय शिक्षा विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृत

काठमाण्डौं । सरकारले बहुप्रतिक्षीत सङ्घीय शिक्षा विधेयक सङ्घीय संसद्मा पेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले शिक्षा क्षेत्रको समग्र सुधारका लागि सो विधेयक संसद्मा पेश गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ । सङ्घीय प्रणालीअनुसार नै शिक्षा क्षेत्रलाई अगाडि बढाउने योजनाअनुसार सो विधेयक ल्याइएको सरकारको भनाइ छ । मन्त्रिपरिषद्को बैठकपछि सचारकर्मीसँग कुराकानी गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को विधेयक समितिले आवश्यक छलफलपश्चात् सो विधेयक अगाडि बढाउने निर्णय गरिएको जानकारी दिइन् । प्रधानमन्त्री पुष्पकमल… पुरा पढौ

इन्धनको मूल्य समायोजन : पेट्रोल र डिजेलको मूल्य बढ्यो, खाना पकाउने ग्याँसको मूल्य घट्यो

साउन १६ पोखरा ।नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले मंगलबार मध्यराती १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो । यस्तै खाना पकाउने एलपी ग्याँसको मूल्य भने घटाएको आज साँझ एक विज्ञप्ती जारी गर्दै जनाएको छ । भारतबाट नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको हो । मूल्य समायोजनसँगै पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढेको छ । यस्तै त्यस्तै खाना पकाउने एलपी… पुरा पढौ

सरकारले विश्वासको मत प्राप्त गर्छ : नवनियुक्त मुख्यमन्त्री थापा

मोरङ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले वर्तमान सरकारलाई बहुमत सदस्यको समर्थन रहेकाले विश्वासको मत प्राप्त हुने बताएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङबाट मुख्यमन्त्रीको नियुक्ति पत्र प्राप्त भएपछि आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले सदनमा विश्वासको मतका लागि कुनै समस्या नहुने बताए । मुख्यमन्त्री थापाले विश्वासको मतका लागि कुनै शङ्का उपशङ्का नगर्न आग्रहसमेत गरे । उनले सभामुखले राजीनामा दिएपछि प्रदेशसभा उपसभामुखले सञ्चालन गर्ने भएकाले बहुमत सदस्यको समर्थन आफूलाई रहेको प्रष्ट पारे । उनले वर्तमान गठबन्धन सरकार चार वर्ष… पुरा पढौ

मुग्लिन नारायणगढ खण्डको वैकल्पिक पक्की पुल एक दशकदेखि अधुरै

एक दशक वित्दा पनि मुग्लिन नारायणगढ खण्डको वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेमा निर्माण गर्न लागिएको पक्की पुल अधुरै छ । दश वर्षको अवधिमा ३५ प्रतिशत मात्र काम सकिएको छ । तनहुँ र चितवन जोड्न त्रिशूली नदीमाथि घुमाउनेमा पुल निर्माण थालिएकामा दश वर्षको अवधिमा भौतिक प्रगति ३५ प्रतिशत मात्रै छ । एक सय पाँच मिटर लम्बाइ सिङ्गल आर्क ब्रिज निर्माणका लागि २०७० असार २८ गते मृत सञ्जीवनी निर्माण सेवा मकवानपुरसँग सम्झौता भएको थियो । सम्झौताअनुसार २०७३ असार… पुरा पढौ

राष्ट्रपति पौडेललाई कोप-२८ मा निमन्त्रणा

राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन (कोप-२८) मा निमन्त्रणा गरिएको छ । संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा हुँदैछ । नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले आज राष्ट्रपतिसँग भेट गरी सो निमन्त्रणा गरेको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा. सुरेश चालिसेले राससलाई जानकारी दिए । विश्व जलवायु कार्य शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले पठाउनुभएको पत्र… पुरा पढौ

उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्दै प्राधिकरण

मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ । यसका लागि प्राधिकरणको उड्डयन सेवा निर्देशनालयले मनसुनको समयमा हवाई उडान सुरक्षा सर्तकता अपनाउने लगायत विविध उड्डयन सेवा सुधार र कार्यप्रणालीको योजना ल्याएको हो । निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरको उपस्थितिमा प्राधिकरणकै उड्डायन तथा हवाई सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक नविना कर्माचार्यलगायत विभागीय प्रमुखहरुको बैठकले उडान सुरक्षासम्बन्धी व्यवस्था कडाइका साथ लागू गर्ने निष्कर्ष निकालेको छ । नागरिक उड्डयन नियमावली २०५८ को व्यवस्था कडाइका साथ लागू गर्न… पुरा पढौ

पाँच वर्षभित्र स्वास्थ्य सेवा निःशुल्क गर्ने आधार तयार गर्छु: मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी पाँच वर्षभित्र संविधानमा उल्लेख भएको स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयन गर्नेगरी सबै नेपालीलाई निःशुल्क स्वास्थ्य सेवा दिने आधार तयार पार्ने बताएका छन। उनले आगामी दुई वर्षमा न्यूनआय भएका गरिब, विपन्न र निमुखा जनतालाई सबै किसिमका स्वास्थ्य सेवा निःशुल्क गराउने समेत स्पष्ट पारे । राष्ट्रिय समाचार समिति (रासस) मङ्गलबार मन्त्रालयमा कुरा गर्दै उनले स्वास्थ्य सेवा निःशुल्क गर्न आवश्यक रकम धूमपान, मध्यपान, सुर्तिजन्य पदार्थ, गुलियो पेयपदार्थ र जङ्क फुडजस्ता खाद्य तथा पेयपदार्थमा कर बढाएर जुटाइने बताए ।… पुरा पढौ

पाँच वर्षभित्र स्वास्थ्य सेवा निःशुल्क गर्ने आधार तयार गर्छु: मन्त्री बस्नेत

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी पाँच वर्षभित्र संविधानमा उल्लेख भएको स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयन गर्नेगरी सबै नेपालीलाई निःशुल्क स्वास्थ्य सेवा दिने आधार तयार पार्ने बताए। उनले आगामी दुई वर्षमा न्यूनआय भएका गरिब, विपन्न र निमुखा जनतालाई सबै किसिमका स्वास्थ्य सेवा निःशुल्क गराउने समेत स्पष्ट पारे । मङ्गलबार मन्त्रालयमा पत्रकारसंग कुरा गर्दै उनले स्वास्थ्य सेवा निःशुल्क गर्न आवश्यक रकम धूमपान, मध्यपान, सुर्तिजन्य पदार्थ, गुलियो पेयपदार्थ र जङ्क फुडजस्ता खाद्य तथा पेयपदार्थमा कर बढाएर जुटाइने बताए । मन्त्री बस्नेतले… पुरा पढौ

नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ को बिन्दुमा कायम भएको हो । नेप्सेका अनुसार आज विभिन्न दुई सय ६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता शेयर ४० हजार आठ सय ३७ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ९२ करोड ४४ लाख ३४ हजार नौ सय बराबरको कारोबार भएको छ । आजको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०५ अङ्कले बढेको… पुरा पढौ